प्रतिवादीले इजलासमै मर्ने अभिव्यक्ति दिएपछि…

Abhiyanpost Abhiyanpost
|
बुधबार, पौष १७, २०८१
|
१
|
५५ पटक हेरिएको
Shares
प्रतिवादीले इजलासमै मर्ने अभिव्यक्ति दिएपछि…

सारांश

  • पोखरा ।
  • कास्की जिल्ला अदालत इजलासमा मंगलबार थुनछेक बहस चल्दै गर्दा प्रतिवादी एक्कासि रुन थालेपछि कार्यालय समयअगावै बहस स्थगित गरिएको छ ।
  • पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन अभियोगमा हिरासतमा रहेका ८० वर्षीय प्रतिवादी कृष्णबहादुर गुरुङले आफू ‘यहीँ मर्न सक्ने’ अभिव्यक्ति दिए ।

पोखरा । कास्की जिल्ला अदालत इजलासमा मंगलबार थुनछेक बहस चल्दै गर्दा प्रतिवादी एक्कासि रुन थालेपछि कार्यालय समयअगावै बहस स्थगित गरिएको छ ।

पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन अभियोगमा हिरासतमा रहेका ८० वर्षीय प्रतिवादी कृष्णबहादुर गुरुङले आफू ‘यहीँ मर्न सक्ने’ अभिव्यक्ति दिए । सोक्रममा उनकी छोरी पूर्वसांसद मीना गुरुङसमेत रुन थालिन् । वातावरणमा सन्नाटा छायो र बहस स्थगित भयो ।

पोखरा महानगरपालिका–१२ रानीपौवा निवासी कृष्णबहादुर बेलायती पूर्वसैनिक हुन् । कृष्णबहादुर र मीना गुरुङ दुवैलाई सहकारी ठगी अभियोगमा प्रतिवादी बनाइएपछि उनीहरू कास्की प्रहरी हिरासतमा छन् ।

हाल हिरासतमा रहेका सात जना प्रतिवादीमध्ये सूर्यदर्शन सहकारीकी पूर्वकोषाध्यक्ष आरती गुरुङको मात्र बयान बाँकी रहेकामा मंगलबार उनको बयान लिइएको थियो । दिउँसो २ बजेसम्म उनको बयान सकिएपछि खाजापछि थुनछेक बहस सुरु भयो ।

यत्तिकैमा जिल्ला सरकारी वकिल कार्यालय कास्कीका जिल्ला सहायक न्यायाधिवक्ता शान्तिदेवी शर्माले प्रतिवादीहरूको नाम लिनेक्रममा कृष्णबहादुर गुरुङको पनि नाम आयो । बिनाकारण आफूलाई प्रतिवादी बनाइएपछि ८० वर्षीय ज्येष्ठ नागरिक कृष्णबहादुरले आँसु झार्दै आफू निर्दोष रहेको बिनौला गरे । उनले आफू इजलासमै मर्न सक्ने बताए । बाबु–छोरी एक्कासि रुवावासी गर्न थालेपछि कार्यालय समय नसकिँदै प्रतिवादीहरूका तर्फबाट थुनछेक बहस स्थगित गरिएको थियो ।

मुटुका बिरामी कृष्णबहादुर अस्पतालमा उपचाररत छन् । उनकी छोरी ६३ वर्षीया मीना गुरुङ २०७४ सालको प्रदेशसभा निर्वाचनमा एमालेबाट समानुपातिक सांसद हुन् । भूपू गोर्खाको परिवारमा हुर्के बढेकी वरिष्ठ सौन्दर्यकर्मीसमेत रहेकी मीना सहकारीकी पूर्वउपाध्यक्ष हुन् । उनलाई गत ९ पुसमा कास्की प्रहरीले उनकै निवास पोखरा महानगरपालिका–१२ रानीपौवाबाट नियन्त्रणमा लिएको थियो । हालै मात्रै बेलायतबाट पोखरा आएका उनका बाबु त्यसअघि नै पक्राउ परिसकेका थिए ।

२०६५ सालमा पोखरामा सूर्यदर्शन सहकारी खोल्दा ज्ञानबहादुर बमजनलगायतको अनुरोधमा तदर्थ समितिमा रहेकी मीना पछि उपाध्यक्षको भूमिकामा थिइन् । सो सहकारीमा पछि जोडिएका गीतेन्द्रबाबु (जीबी) राईलगायतका व्यक्तिहरूले रकम खाने पचाउने नियत राखेपछि उनले तत्कालै सहकारी रजिस्ट्रार कार्यालयमा राजीनामा बुझाएर बाहिरिएकी थिइन् ।

सूर्यदर्शन सहकारीको ठगी प्रकरणमा प्रतिवादी बनाइएका उनीसहित ज्ञानबहादुर बमजन, सूर्यध्वज न्यौपाने, आरती गुरुङ, पेशलकुमार राई, कृष्णबहादुर गुरुङ, लीलाबहादुर गुरुङ, शकुन्तला गुरुङ, मिश्रकुमारी गुरुङ र रीतु गुरुङको प्रहरी अनुसन्धानमा ५३ लाख ७६ हजार रुपैयाँ दायित्व कायम हुने देखाइएको छ ।

त्यसो त, सहकारी ठगीसहित संगठित अपराध र सम्पत्ति शुद्धीकरणसमेतका मुद्दामा हालसम्म कुल ६३ प्रतिवादी कायम गरिएको छ । तीनवटै मुद्दा खेपिरहेका पूर्वगृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछाने गत २ कात्तिक र गोर्खा मिडियाका पूर्वसञ्चालक पूर्वडीआईजी छविलाल जोशी गत ६ असोजमा पक्राउ परेका हुन् ।

रवि, जीबीसमेत गुल्मी मुसिकोट नगरपालिका–४ की लीला पछाईं, रामबहादुर खनाल, कृष्णबहादुर गुरुङ, पूर्वसांसद मीना गुरुङ र आरती गुरुङ गरी सात जना प्रतिवादीको बयान मंगलबार सकिएपछि थुनछेक बहस सुरु भएको छ ।

अब यही शुक्रबारसम्म थुनछेक बहस सक्ने कास्की जिल्ला अदालतको तयारी छ । यससँगै प्रतिवादीहरूलाई तीनमध्ये एक आदेश हुनेछ । न्यायाधीश नीतिज राईको इजलासले प्रतिवादीहरूलाई पुर्पक्षका लागि थुनामा पठाउने, धरौटी वा साधारण तारेखमा रिहामध्ये एक आदेश दिनेछ ।

गत वर्ष १८ असोजमा सूर्यदर्शन सहकारीका संस्थापक अध्यक्ष जीबी राईसमेत १९ जनालाई प्रतिवादी बनाएर कास्की जिल्ला अदालतमा सहकारी ठगी मुद्दा दायर भएको थियो ।

कास्की प्रहरीको पछिल्लो अनुसन्धान प्रतिवेदनसँगै जिल्ला सरकारी वकिल कार्यालय कास्कीले सोही मूल मुद्दामा थप प्रतिवादी बनाई पूरक अभियोगपत्र दायर गरेको हो । दायर पूरक अभियोगपत्रमा रास्वपा सभापति लामिछाने, पूर्वडीआईजी जोशीसहित ४४ जनालाई प्रतिवादी बनाइएको छ । तीमध्ये ३१ जना व्यक्ति, ८ कम्पनी छन् । अन्य ५ जनाको सम्पत्ति जफत गर्न थप अभियोजन दर्ता गरिएको छ । उनीहरूविरुद्ध १ अर्ब ५१ करोड ४० लाख १९ हजार १ सय ९४ रुपैयाँ ३ पैसा बिगो माग दाबी कायम गरिएको छ ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    influencersginewuld

    My brother suggested I might like this blog He was totally right This post actually made my day You can not imagine simply how much time I had spent for this info Thanks

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नयाँ पदयात्राको खोजी गर्न गुरिल्ला पदमार्गमा पदयात्रा
नयाँ पदयात्राको खोजी गर्न गुरिल्ला पदमार्गमा पदयात्रा
पार्टी अध्यक्ष माधव नेपाल र प्रधानमन्त्री ईश्वर पोखरेललाई बनाऔं-योगेश भट्टराई
पार्टी अध्यक्ष माधव नेपाल र प्रधानमन्त्री ईश्वर पोखरेललाई बनाऔं-योगेश भट्टराई
जिल्ला निर्वाचन कार्यालय खारेज गर्न खोजिएको होइन : प्रधानमन्त्री दाहाल
जिल्ला निर्वाचन कार्यालय खारेज गर्न खोजिएको होइन : प्रधानमन्त्री दाहाल
युक्रेनमा अहिलेसम्मकै ठूलो बमबारी, ३० जनाको मृत्यु, १६० बढी घाइते
युक्रेनमा अहिलेसम्मकै ठूलो बमबारी, ३० जनाको मृत्यु, १६० बढी घाइते
सुधारोन्मुख मातृशिशु स्वास्थ्य
सुधारोन्मुख मातृशिशु स्वास्थ्य
चितवन प्रहरीकाे अर्काे फड्काे, तिन महिनामा २४ चोरीका मोटरसाईकल नियन्त्रणमा !
चितवन प्रहरीकाे अर्काे फड्काे, तिन महिनामा २४ चोरीका मोटरसाईकल नियन्त्रणमा !
यस्तो छ नयाँ मर्यादाक्रम, प्रदेशप्रमुख साताैंमा, मुख्यमन्त्री नवौं स्थानमा
यस्तो छ नयाँ मर्यादाक्रम, प्रदेशप्रमुख साताैंमा, मुख्यमन्त्री नवौं स्थानमा
‘नेपाल भ्रमण वर्ष २०२०’ सफल बनाउन जुट्यो कामपा
‘नेपाल भ्रमण वर्ष २०२०’ सफल बनाउन जुट्यो कामपा
सत्ता गठबन्धनकाको निष्कर्षः अहिले विश्वासको मत लिनु पर्दैन
सत्ता गठबन्धनकाको निष्कर्षः अहिले विश्वासको मत लिनु पर्दैन
किन भाँडियो राप्रपा एकता ?
किन भाँडियो राप्रपा एकता ?

तपाईंले छुटाउनुभयो कि?