आइतबार छापावाल सुनको मूल्य ३ लाख नाघ्यो
सारांश
- नेपाली बजारमा सुनचाँदीको मूल्यले आइतबार पहिलोपटक प्रतितोला ३ लाख रुपैयाँ नाघेको छ।
- नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार साताको पहिलो कारोबार दिनमै वृद्धि भएपछि स्थानीय बजारमा बहुमूल्य धातुको कारोबार रकम उच्च विन्दुमा पुगेको हो।
- अन्तर्राष्ट्रिय बजारको उतारचढाव र आन्तरिक मागका कारण मूल्यमा व्यापक उकालो लागेपछि आइतबार छापावाल सुन प्रतितोला ३ लाख १ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ।
नेपाली बजारमा सुनचाँदीको मूल्यले आइतबार पहिलोपटक प्रतितोला ३ लाख रुपैयाँ नाघेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार साताको पहिलो कारोबार दिनमै वृद्धि भएपछि स्थानीय बजारमा बहुमूल्य धातुको कारोबार रकम उच्च विन्दुमा पुगेको हो।
अन्तर्राष्ट्रिय बजारको उतारचढाव र आन्तरिक मागका कारण मूल्यमा व्यापक उकालो लागेपछि आइतबार छापावाल सुन प्रतितोला ३ लाख १ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ। गत शुक्रबारको तुलनामा एकैदिन ४ हजार ८ सय रुपैयाँले बढेको हो।
महासङ्घले सार्वजनिक गरेको अद्यावधिक तथ्याङ्कअनुसार १० ग्राम सुनको मूल्य पनि बढेर २ लाख ५८ हजार ६ सय रुपैयाँ कायम भएको छ। अघिल्लो कारोबार दिन शुक्रबार भने प्रतितोला सुन २ लाख ९६ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।
यसैगरी,अघिल्लो मूल्यको तुलनामा प्रतितोला ६५ रुपैयाँले उकालो लागेपछि आइतबार चाँदीको कारोबार मूल्य ४ हजार ६ सय ४५ रुपैयाँ पुगेको छ।
प्रतिक्रिया