ऐतिहासिक मकवानपुरगढीमा पूर्वाधार विस्तार, पर्यटन प्रवर्द्धनमा जोड

Asmita-Newsdesk Asmita-Newsdesk
|
सोमबार, भाद्र ८, २०८३
|
|
५ पटक हेरिएको
Shares
ऐतिहासिक मकवानपुरगढीमा पूर्वाधार विस्तार, पर्यटन प्रवर्द्धनमा जोड

सारांश

  • नेपालको एकीकरण इतिहासमा विशिष्ट पहिचान बनाएको मकवानपुरगढी हाल ऐतिहासिक सम्पदा संरक्षण र पर्यटकीय प्रवर्द्धनको नयाँ मोडमा पुगेको छ।
  • बागमती प्रदेशको राजधानी हेटौँडाबाट १६ किलोमिटर पूर्वमा अवस्थित यो ऐतिहासिक गढीलाई स्थानीय सरकारले पूर्वाधार विकास गर्दै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा अघि बढाएको छ।
  • वि.
नेपालको एकीकरण इतिहासमा विशिष्ट पहिचान बनाएको मकवानपुरगढी हाल ऐतिहासिक सम्पदा संरक्षण र पर्यटकीय प्रवर्द्धनको नयाँ मोडमा पुगेको छ। बागमती प्रदेशको राजधानी हेटौँडाबाट १६ किलोमिटर पूर्वमा अवस्थित यो ऐतिहासिक गढीलाई स्थानीय सरकारले पूर्वाधार विकास गर्दै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा अघि बढाएको छ।
वि.सं. १६२२ मा तत्कालीन सेनवंशी राजा लुहाङले राज्य सुरक्षाको रणनीतिक उद्देश्यले निर्माण गरेको यो किल्ला नेपालकै सबैभन्दा ठूलो गढी मानिन्छ। सन् १७६३ मा गोर्खाली फौजले मिरकासिमका २५ सय मुगल सेनालाई परास्त गरी पहिलो वैदेशिक युद्ध जितेको ऐतिहासिक स्थल पनि यही नै हो।
इतिहास र सांस्कृतिक वैभवको संरक्षण गर्ने क्रममा गाउँपालिकाले हालसम्म करिब आठ करोड रुपैयाँ पूर्वाधारमा लगानी गरिसकेको छ। क्षेत्रलाई तारबार गरी व्यवस्थित बनाउनुका साथै आन्तरिक पर्यटकका लागि सातवटा पिकनिक सेड र सिँढी मार्ग निर्माण गरिएका छन्।
यस गढीभित्र फलामे साङ्लोले बाँधिएको कृष्ण मूर्ति रहेको प्राचीन वंशगोपाल मन्दिर, शिव मन्दिर, ऐतिहासिक दरबार र सुरक्षा संरचनाहरू मुख्य आकर्षणका रूपमा रहेका छन्। यी धार्मिक तथा ऐतिहासिक धरोहरहरूले अध्येता, कलाप्रेमी र साहित्यकारहरूलाई निरन्तर आकर्षित गर्दै आएका छन्।
स्थानीय तहले प्राचीन सामग्री सङ्कलन गरी सङ्ग्रहालय निर्माण गर्ने योजना अघि बढाएको जनाएको छ। पूर्वाधार विकाससँगै मकवानपुरगढीलाई ऐतिहासिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने काम भइरहेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सरकारलाई दुई तिहाइको घमण्ड नदेखाउन अध्यक्ष प्रचण्डको चेतावनी
सरकारलाई दुई तिहाइको घमण्ड नदेखाउन अध्यक्ष प्रचण्डको चेतावनी
बाबुरामलार्इ देवेन्द्र पाैडेलसहितका नेताले दिए स्पष्टिकरणको यस्तो जवाफ
बाबुरामलार्इ देवेन्द्र पाैडेलसहितका नेताले दिए स्पष्टिकरणको यस्तो जवाफ
कोरोनाले फुर्सदिला बने नेताहरु, दलका कार्यक्रम सबै स्थगित
कोरोनाले फुर्सदिला बने नेताहरु, दलका कार्यक्रम सबै स्थगित
AbRam Khan recreates dad SRK’s DDLJ pigeon scene on the street of France!
AbRam Khan recreates dad SRK’s DDLJ pigeon scene on the street of France!
४ लेनको बाटोमा घण्टौँ जाम, कारण – ट्राफिक प्रमुखदेखि भान्छेसम्मको सरुवा !
४ लेनको बाटोमा घण्टौँ जाम, कारण – ट्राफिक प्रमुखदेखि भान्छेसम्मको सरुवा !
समानुपातिकमा कांग्रेसको अग्रता, एमाले दोस्रो, माओवादी तेस्रो, विवेकशील साझाको १ मत
समानुपातिकमा कांग्रेसको अग्रता, एमाले दोस्रो, माओवादी तेस्रो, विवेकशील साझाको १ मत
एमालेका कार्यकर्ताको हत्याको योजना बनेको छ : संयोजक मण्डल
एमालेका कार्यकर्ताको हत्याको योजना बनेको छ : संयोजक मण्डल
दशै आगमनसँगै तरकारीको मूल्य मनपरी
दशै आगमनसँगै तरकारीको मूल्य मनपरी
को हुने मुख्यमन्त्री ? एमालेमा रडाको, पाँच नम्बरमा शंकर पोख्रेललाई हाइसञ्चो
पेट्रोलियम ढुवानी व्यवसायीको आन्दोलन फिर्ता
पेट्रोलियम ढुवानी व्यवसायीको आन्दोलन फिर्ता