अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहसहित ६ जनाविरुद्ध पक्राउ पुर्जी जारी

Abhiyanpost Abhiyanpost
|
सोमबार, माघ ८, २०८०
|
|
५८ पटक हेरिएको
Shares
अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहसहित ६ जनाविरुद्ध पक्राउ पुर्जी जारी

सारांश

  • काठमाडौं।
  • नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहसहित ६ जनाविरुद्ध पक्राउ पूर्जी जारी भएको छ ।
  • सिंहसहित ६ जना विरुद्ध जिल्ला अदालत सुर्खेतबाट पक्राउ पुर्जी जारी भएको हो।

काठमाडौं। नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहसहित ६ जनाविरुद्ध पक्राउ पूर्जी जारी भएको छ ।सिंहसहित ६ जना विरुद्ध जिल्ला अदालत सुर्खेतबाट पक्राउ पुर्जी जारी भएको हो।

०६५ फागुन २६ गते कालीकोटका राजबहादुर मल्लको  हत्या आरोपमा जाहेरी परेपछि जिल्ला अदालतले सिंहसहित ६ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको अदालतका सूचना अधिकारी उज्ज्वलदेव रावलले जानकारी दिए ।

कालीकोटका राजबहादुर मल्लको हत्या आरोपमा जाहेरी परेपछि कालीकोटको महावै गाउँपालिकाकी सिंह, पदमबहादुर रावत, बालकृष्ण सिंह, टंकबहादुर सिंह, वीरबहादुर मल्ल र अलि कार्कीविरुद्ध पक्राउ पूर्जी जारी भएको हो।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?