टी ट्वेन्टी क्रिकेट अपडेट : केन्याले नेपाललाई दियो १३१ रनको लक्ष्य
सारांश
- काठमाडौ ९ भदौ ।
- पहिलो अन्तर्राष्ट्रिय टी ट्वेन्टी क्रिकेटमा केन्याले नेपाललाई १ सय ३१ रनको लक्ष्य दिएको छ।
- जिमखाना क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङमा तानिएको घरेलु टोली केन्याले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ३० रन बनाएको हो ।
काठमाडौ ९ भदौ । पहिलो अन्तर्राष्ट्रिय टी ट्वेन्टी क्रिकेटमा केन्याले नेपाललाई १ सय ३१ रनको लक्ष्य दिएको छ।
जिमखाना क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङमा तानिएको घरेलु टोली केन्याले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ३० रन बनाएको हो ।
उसका लागि इरफान कार्मीले ३४ रन बनाए भने लुकास ओलुच ३१ रनमा अविजित रहे। नेपालका सोमपाल कामीले ३, सन्दीप लामिछाने २, अदिल अन्सारी र दीपेन्द्रसिंह ऐरीले एकरएक विकेट हात पारे।
अहिले नेपालले जवाफी ब्याटिङ सुरु गरेको छ। नेपाल पाँच खेलको टी–ट्वान्टी सिरिजका लागि सोमबार केन्या प्रस्थान गरेको हो ।
यो प्रतियोगिता नेपाली राष्ट्रिय क्रिकेट टोलीका नवनियुक्त मुख्य प्रशिक्षक मनोज प्रभाकरको पहिलो खेल समेत हो । पाँच खेलको सिरिज भदौ १४ गतेसम्म चल्ने छ । टी–ट्वेन्टी सिरिजपछि नेपालले भदौ १७ गतेदेखि २० गतेसम्म एकदिवसीय सिरिज खेल्नेछ ।
प्रतिक्रिया