तीन करोडको मह उत्पादन

Abhiyanpost Abhiyanpost
|
बिहिबार, भाद्र १५, २०७४
|
|
५८ पटक हेरिएको
Shares
तीन करोडको मह उत्पादन

सारांश

  • बागलुङ, १५ भदौ ।
  • जिल्लामा आर्थिक वर्ष २०७३÷७४ मा ३० टन मह उत्पादन भएको छ ।
  • जिल्ला कृषि विकास कार्यालयका अनुसार किसानले करिब रु तीन करोडको मह बिक्री गरेका छन् ।

बागलुङ, १५ भदौ । जिल्लामा आर्थिक वर्ष २०७३÷७४ मा ३० टन मह उत्पादन भएको छ ।

जिल्ला कृषि विकास कार्यालयका अनुसार किसानले करिब रु तीन करोडको मह बिक्री गरेका छन् । व्यावसायिक मौरीपालन बढेसँगै मह उत्पादनमा वर्षेनी वृद्धि हुँदै गएको छ ।

अघिल्लो आवको तुलनामा गत आवमा मह उत्पादन पाँच टन बढेको छ । मह प्रतिकिलो रु ९०० देखि रु एक हजारसम्ममा बिक्री हुन्छ । दुई वर्षअघि २० जना व्यावसायिक मौरीपालक किसानले रु एक लाख ८० हजारका दरले सरकारी अनुदान पाएका थिए । युवा लक्षित कार्यक्रमअन्तर्गत अनुदान पाएपछि किसानले मौरीपालनलाई विस्तार गरेका हुन् ।

हरेक वर्ष जिल्ला कृषि विकास कार्यालयले अनुदानमा मौरीका घार वितरण गर्दै आएको छ । कृषि प्रसार अधिकृत विप्लवप्रसाद अधिकारीका अनुसार जिल्लाभर करिब चार हजार उन्नत घारमा मौरीपालन भइरहेको छ । परम्परागत घारमा मौरी पाल्ने किसानको संख्या पनि उत्तिकै छ ।

“कार्यालयबाट वितरण भएका उन्नत घारमात्रै चार हजारभन्दा बढी छन्, स्थानीय घारको संख्या यकिन छैन”, उहाँले भन्नुभयो । गत आवमा उत्पादन भएको ३० हजार किलो महमध्ये अधिकांश जिल्लाभित्रै खपत भएको थियो ।

अनुदान पाएपछि माहुरीपालनलाई किसानले उद्यमको रुपमा अघि बढाएका छन् । कम लगानीमा मनग्य आम्दानी हुनथालेछि किसान मौरीपालनतर्फ आकर्षित हँुदै गएका छन् । अनुदानले किसान उत्साहित छन् । जिल्ला कृषि विकास कार्यालयले २५ प्रतिशत अनुदानमा यस वर्ष ५५० वटा घार वितरण गरिसकेको छ । किसानले रु दुई हजार ६०० पर्ने घार अनुदान सहयोगमा रु एक हजार ९५० मा प्राप्त गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एमसीसी परियोजना कार्यान्वयन हुँदै गएकोमा अमेरिकी सहायक विदेशमन्त्री लु खुसी
एमसीसी परियोजना कार्यान्वयन हुँदै गएकोमा अमेरिकी सहायक विदेशमन्त्री लु खुसी
४० दिनसम्म दराजमा थन्क्याउनु हाँसउठ्दो कुरो : नेम्वाङ
४० दिनसम्म दराजमा थन्क्याउनु हाँसउठ्दो कुरो : नेम्वाङ
बाढीपीडितको उद्दारमा लाग्न नेपाल जेसिजका राष्ट्रिय अध्यक्षको आग्रह
बाढीपीडितको उद्दारमा लाग्न नेपाल जेसिजका राष्ट्रिय अध्यक्षको आग्रह
गण्डक-नारायणी जलमार्गको सम्भावना : अध्यक्ष प्रचण्ड
नयाँ प्रविधियुक्त संचार तालिम मंगलबार निर्देशनालयमा आयोजित एक समारोहबीच सम्पन्न
प्रचण्ड चितवनबाट नलडने हल्ला ‘सुनियोजीत दुष्प्रचार’
प्रचण्ड चितवनबाट नलडने हल्ला ‘सुनियोजीत दुष्प्रचार’
यी हुन् विश्वकप फुटबल २०१८ का हेर्नलायक केही तस्वीरहरु
यी हुन् विश्वकप फुटबल २०१८ का हेर्नलायक केही तस्वीरहरु
ज्योति विकास बैँकका ग्राहकलाई दराजमा विशेष छुट
ज्योति विकास बैँकका ग्राहकलाई दराजमा विशेष छुट
चार ट्राफिक प्रहरी बर्खास्त, ५० जना पुरस्कृत
चार ट्राफिक प्रहरी बर्खास्त, ५० जना पुरस्कृत
क्यानडा बसेर नपालकाे सरकारी तलब पचाउने यी प्रधानाध्यापक !
क्यानडा बसेर नपालकाे सरकारी तलब पचाउने यी प्रधानाध्यापक !

तपाईंले छुटाउनुभयो कि?