माधब नेपालकोटोपिमा सुर्य देख्ने निर्वाचनअायोगले निधिको गम्छामा रुखचिन्ह देखेन्

Abhiyanpost Abhiyanpost
|
बुधबार, भाद्र २८, २०७४
|
१२
|
५४ पटक हेरिएको
Shares
माधब नेपालकोटोपिमा सुर्य देख्ने निर्वाचनअायोगले निधिको गम्छामा रुखचिन्ह देखेन्

सारांश

  • काठमाडौं ।
  • नेकपा एमालेका नेता माधवकुमार नेपाल, उपप्रधानमन्त्री बिजयकुमार गच्छदार र उपसभामुख गंगाप्रसाद यादवलाई आचारसंहित उलंघन गरेको आरोपमा निर्वाचन आयोगले २४ घण्टे स्पष्टीकरण सोधिसकेको छ ।
  • तर प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका नेताहरुले जति आचारसंहिता उलंघन गरेपनि आयोगले स्पष्टीकरण सोध्ने आँट गरेको छैन ।

काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपाल, उपप्रधानमन्त्री बिजयकुमार गच्छदार र उपसभामुख गंगाप्रसाद यादवलाई आचारसंहित उलंघन गरेको आरोपमा निर्वाचन आयोगले २४ घण्टे स्पष्टीकरण सोधिसकेको छ । तर प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका नेताहरुले जति आचारसंहिता उलंघन गरेपनि आयोगले स्पष्टीकरण सोध्ने आँट गरेको छैन ।

केही समयअघि सूर्य चिन्ह भएको टोपी लगाएकै कारण एमाले नेता माधवकुमार नेपाललाई आयोगले २४ घण्टे स्पष्टीकरण सोध्यो । आयोगले स्पष्टीकरण सोधेको केही सातापछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रौतहटमा १ हजार थान सिलिण्डर र ग्याँस चुलो वितरण गरे तर आयोग केही बोल्न सकेन ।

केही दिनअघि उपप्रधानमन्त्री बिजयकुमार गच्छदारले वीरगन्जमा गाडी र साइकल र्याली गरेको थियो । साइकिल र्याली गरेकै कारण उनीलाई पनि आयोगले स्पष्टीकरण सोध्यो । तर धनुषामा नेपाली कांग्रेसका नेता बिमलेन्द्र निधिले रुख चिन्ह भएको गम्छा लगाएर सार्वजनिक स्थलमा भाषण ठोके । तर आयोगले स्पष्टीकरण सोध्ने आँट गरेको छैन ।

२ नम्वर प्रदेशको स्थानीय तह निर्वाचनमा प्रतिपक्षभन्दा सत्तापक्षका दुई ठुला दल नेपाली कांग्रेस र नेकपा माओवादीबाट निर्वाचन आचारसंहित बढि उलंघन भएका छन् । सरकारका मन्त्रीहरु सरकारी सवारी साधन प्रयोग गरी भोट माग्न हिडेका छन् । आयोगले मन्त्रीहरुलाई रोक्ने आँट नगरेपनि जनताले केही मन्त्रीलाई नियन्त्रणमा लिएर प्रहरीलाई समेत बुझाएका छन् ।

प्रतिक्रिया

12 कमेन्ट

    Comment Author

    Netra Ilameli

    अनि तिमिहरुको तिरुपाको गोरु जुधाई हेर्न बस्या ?

    Comment Author

    Krishna Thakuri

    त्यसतै हो नेपालको कानुन दैबले जानुन भनेको

    Comment Author

    Uttam Das Shrestha

    Yo aayog ko pani kun din biyog dekhnuparne ho.

    Comment Author

    Shambhu Shrestha

    निर्बाचन अायोग प्रमुखलाई रुखसंङ्ग भित्री मनमा लभपरेको जस्तोछ तेसैईले सुर्य देखेकि एलार्जी महसुस भएको हुनुपर्छ

    Comment Author

    Dev Bdr Maharjan

    आफनो सरकार केको डर । होईन निधि जी ?

    Comment Author

    Dhan Bisht

    Aajvholi chunau ko parchhar prasar ko awadhi ho.

    Comment Author

    Laxman Gyawali

    निर्वाचन आयोग काङ्ग्रेस समर्थक हो किन गरोस् कार्बाहि!

    Comment Author

    Ram Rungmahang Rai

    yo dhoti pani kangress kai puchhar ho ni

    Comment Author

    Lakpa Sherpa

    Chasmako pour kam bayar po Ho ki ?

    Comment Author

    LB Shrestha

    Thik Ho

    Comment Author

    Debendra Kharel

    निवाचन अायाेगकाे अाखा बन्द कि नदेखेकाे हाे ।

    Comment Author

    Dushansanbogati Dushansanbogati

    केको निर बाचन ऑयोग मावबादी
    र काँग्रेशको पच्छेदार हो

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 12
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?