फेरि फुट्यो लिम्बुवान

Abhiyanpost Abhiyanpost
|
सोमबार, माघ १०, २०७३
|
|
२५६ पटक हेरिएको
Shares
फेरि फुट्यो लिम्बुवान

सारांश

  • अरुणपूर्वका नौ जिल्लालाई ऐतिहासिक पृष्ठभूमिका आधारमा लिम्बुवान राज्य माग गर्दै आएको संघीय लिम्बुवान पार्टी नेपाल फुटाएर कमल छाराहाङले शनिबार नयाँ लिम्बुवान पार्टी घोषणा गरेका छन् ।
  • झापाको दमकमा कार्यक्रमको आयोजना गरी छाराहाङले आफ्नै नेतृत्वमा मुक्तिमोर्चा (संघीयवादी) पार्टी घोषणा गरेका हुन् ।
  • आजको अन्नपूर्ण पोष्टमा खबर छ ।

अरुणपूर्वका नौ जिल्लालाई ऐतिहासिक पृष्ठभूमिका आधारमा लिम्बुवान राज्य माग गर्दै आएको संघीय लिम्बुवान पार्टी नेपाल फुटाएर कमल छाराहाङले शनिबार नयाँ लिम्बुवान पार्टी घोषणा गरेका छन् । झापाको दमकमा कार्यक्रमको आयोजना गरी छाराहाङले आफ्नै नेतृत्वमा मुक्तिमोर्चा (संघीयवादी) पार्टी घोषणा गरेका हुन् । आजको अन्नपूर्ण पोष्टमा खबर छ ।

लिम्बुवान राज्यप्राप्तिका लागि शान्तिपूर्ण आन्दोलन गर्ने घोषणासँगै पूर्वमा लिम्बुवान राज्यको माग गर्ने पार्टी तीनवटा भएका छन् । छाराहाङले संघीय लिम्बुवान पार्टी नेपालको असोज ४ देखि ८ गतेसम्म दमकमा भएको पहिलो एकताको महाधिवेशनबाट असन्तुष्टि जनाउँदै पार्टी परित्यागको घोषणा गरेका थिए ।

संघीय लिम्बुवान पार्टी नेपाल आफ्नो ऐजेन्डा बिर्सिएर मधेसीसँग साँठगाँठमा लागेको र विधानविपरीत चलेको भन्दै उनले पार्टी परित्याग गरेका थिए । आफ्नो नयाँ पार्टीमा अन्य पार्टी तथा संघीय लिम्बुवान पार्टीमा असन्तुष्ट पक्षलाई समेत समावेश गर्ने उनको भनाइ छ । २०७१ साल असोज १९ गते धनकुटाको भेडेटारमा पाँच लिम्बुवानवादी दलबीच भएको एकतापछि लिम्बुवान तीनपटक फुटिसकेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

खुल्ला प्रतिस्पर्धाबाट उम्मेदबार छान्ने हो भने पैसा र शक्तीकेन्द्रको पछि लाग्नु पर्दैन : नीकिता पौडेल
खुल्ला प्रतिस्पर्धाबाट उम्मेदबार छान्ने हो भने पैसा र शक्तीकेन्द्रको पछि लाग्नु पर्दैन : नीकिता पौडेल
आलुको बोरा भित्रबाट ठुलो परिणाममा बन्दुकको गोली
आलुको बोरा भित्रबाट ठुलो परिणाममा बन्दुकको गोली
पुनः मतदानमा कांग्रेस सहभागी नहुने
पुनः मतदानमा कांग्रेस सहभागी नहुने
मुख्यमन्त्रीमा शाही नियुक्त भएसँगै सरकारको ढोका खुल्यो
मुख्यमन्त्रीमा शाही नियुक्त भएसँगै सरकारको ढोका खुल्यो
भगवान बुद्धको मूर्तीमा बसेपछि आयुष्मान खुरानाकी श्रीमती भएकी थिइन् ट्रोल, मागिन् माफी !
भगवान बुद्धको मूर्तीमा बसेपछि आयुष्मान खुरानाकी श्रीमती भएकी थिइन् ट्रोल, मागिन् माफी !
किन बाहिरिए राष्ट्रपतिका विज्ञ सल्लाहकार प्याकुरेल ?
किन बाहिरिए राष्ट्रपतिका विज्ञ सल्लाहकार प्याकुरेल ?
नयाँ शक्ति विद्यार्थी युनियनद्वारा बुढीगण्डकी सम्झौता खारेजको माग गर्दै विरोध प्रर्दशन
नयाँ शक्ति विद्यार्थी युनियनद्वारा बुढीगण्डकी सम्झौता खारेजको माग गर्दै विरोध प्रर्दशन
खप्तड गोल्डकपको उपाधि नेपाल पुलिसलाई
राजेश हमाल पहिरोको बिचमा  अलपत्र !
राजेश हमाल पहिरोको बिचमा अलपत्र !
गलत सूचना र भम्रलाई सरकारले पत्यायो र मेरो चाहनालाई प्रभावित गर्ने कार्य गरेको छ: शंकराचार्य गिरी
गलत सूचना र भम्रलाई सरकारले पत्यायो र मेरो चाहनालाई प्रभावित गर्ने कार्य गरेको छ: शंकराचार्य गिरी

तपाईंले छुटाउनुभयो कि?