उम्मेदवारी फिर्ता लिदै निरज आचार्यले भने– केपी ओलीले दिएको टिकट उनैलाई फिर्ता

Abhiyanpost Abhiyanpost
|
बुधबार, कार्तिक ८, २०७४
|
|
५० पटक हेरिएको
Shares
उम्मेदवारी फिर्ता लिदै निरज आचार्यले भने– केपी ओलीले दिएको टिकट उनैलाई फिर्ता

सारांश

  • ८ कात्तिक, जाजरकोट ।
  • जाजरकोटको प्रदेश सभा ‘क’ बाट नेकपा एमालेका उम्मेदवार बनेका निरज आचार्यले पार्टीको निर्देशनपछि उम्मेदवारी फिर्ता लिएका छन्।
  • बुधवार विहान सदरमुकाम खलंगामा पत्रकार सम्मेलन गरी आचार्यले अध्यक्ष केपी शर्मा ओलीप्रति आक्रोश व्यक्त गर्दै उम्मेदवारी फिर्ता लिएको घोषणा गरे।

८ कात्तिक, जाजरकोट । जाजरकोटको प्रदेश सभा ‘क’ बाट नेकपा एमालेका उम्मेदवार बनेका निरज आचार्यले पार्टीको निर्देशनपछि उम्मेदवारी फिर्ता लिएका छन्। बुधवार विहान सदरमुकाम खलंगामा पत्रकार सम्मेलन गरी आचार्यले अध्यक्ष केपी शर्मा ओलीप्रति आक्रोश व्यक्त गर्दै उम्मेदवारी फिर्ता लिएको घोषणा गरे। पत्रकार सम्मेलनमा आचार्यले भने– मैले पार्टी स्थायी कमिटी बैठकबाट टिकट पाएर उम्मेदवारी दिएँ । तर, मेरै कारण वामपन्थी गठबन्धन भत्किन नदिन पार्टीको निर्देशन शिरोपर गर्नुपर्या । अध्यक्षले निरंकुश शैलीमा मेरै टिकट खोस्नुभयो, त्यसैले ओलीको टिकट ओलीलाई नै फिर्ता भयो।’

एमाले माओवादी सिट बाँडफाँटका क्रममा जाजरकोटको प्रतिनिधिसभा माओवादीलाई र प्रदेशसभा दुवै एमालेको भागमा परेको थियो।  तर, उम्मेदवारी मनोयनका दिन हुम्लामा एक सिट माओवादीले पाउने भएपछि जाजरकोट एमालेले एउटा छाड्ने सहमति केन्द्रमा भयो । तर त्यतिबेलासम्म जाजरकोट क मा आचार्य र ख मा एमालेकै करवीर शाहीले मनोनयन दर्ता गरिसकेका थिए । माओवादीका गणेशप्रसाद सिंहले पनि आचार्यकै क्षेत्रमा उम्मेदवारी दर्ता गराएपछि विवाद भएको थियो ।

प्रदेश ‘ख’ मा पनि माओवादीका नरबहादुर कार्कीले उम्मेदवारी दिएका छन् ।

आचार्यको उम्मेदवारी फिर्तासँगै माओवादीका सिंह प्रदेश ‘क’ मा वाम गठबन्धनको आधिकारिक उम्मेदवार बनेका छन् ।

प्रतिनिधिसभामा स्वतन्त्र उम्मेदवारी दिएका एमालेका गोविन्दविक्रम शाहले पनि उम्मेदवारी फिर्ता लिने तयारी गरेका छन् ।

उम्मेदवारी फिर्ता लिन शाहले राष्ट्रियसभा सदस्य वा प्रदेश तथा प्रतिनिधिसभाको समानुपातिकतर्फ आफ्नो स्थान सुरक्षित गर्नुपर्ने माग गर्दै आएका छन्। उनले पार्टीले आफूलाई अन्याय गरेको भन्दै सम्मानजनक स्थानको माग गरेका छन् ।

एमाले नेताहरुले जाजरकोटमा स्थानीय चुनाव परिणामले एमाले पहिलो पार्टी भए पनि सिट बाँडफाँटमा माओवादीलाई बढी दिइएकोमा केन्द्रीय नेतृत्वप्रति आक्रोश पोखेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाल टेलिकमको सबै प्रिपेड मोबाइलमा अन्तर्राष्ट्रिय रोमिङ सेवा
नेपाल टेलिकमको सबै प्रिपेड मोबाइलमा अन्तर्राष्ट्रिय रोमिङ सेवा
संसदीय समितिद्वारा काठमाडौंका बाढी प्रभावित क्षेत्रको निरीक्षण, राहतको व्यवस्था मिलाइ दिन पीडितको आग्रह
संसदीय समितिद्वारा काठमाडौंका बाढी प्रभावित क्षेत्रको निरीक्षण, राहतको व्यवस्था मिलाइ दिन पीडितको आग्रह
चलचित्र पत्रकार संघ दाङको स्थापना दिवसमा मेयरद्वारा कला नगरीको घोषणा
चलचित्र पत्रकार संघ दाङको स्थापना दिवसमा मेयरद्वारा कला नगरीको घोषणा
भारतबाट आयातीत बिजुलीको भाउ बढेको बढ्यै, पावर एक्सचेञ्ज कमिटी निस्क्रिय
भारतबाट आयातीत बिजुलीको भाउ बढेको बढ्यै, पावर एक्सचेञ्ज कमिटी निस्क्रिय
संविधान संशोधन देश र जनताविरुद्ध : नेकपा (एमाले)
संविधान संशोधन देश र जनताविरुद्ध : नेकपा (एमाले)
इजरायलमा मारिएका साहका परिवारलाई मधेस प्रदेश सरकारले राहतस्वरुप पाँच लाख दिने
इजरायलमा मारिएका साहका परिवारलाई मधेस प्रदेश सरकारले राहतस्वरुप पाँच लाख दिने
श्रम स्वीकृतिका लागि नक्कली कागजात बनाउने पक्राउ
श्रम स्वीकृतिका लागि नक्कली कागजात बनाउने पक्राउ
ओलीको नेतृत्वमा चुनाव परिचालन कमिटि
ओलीको नेतृत्वमा चुनाव परिचालन कमिटि
घरेलु र सामाजिक हिसांमा बाँच्दै एकल महिला
घरेलु र सामाजिक हिसांमा बाँच्दै एकल महिला
Esha Gupta joins the cast of ‘Total Dhamaal’
Esha Gupta joins the cast of ‘Total Dhamaal’

तपाईंले छुटाउनुभयो कि?