चिनियाँ राष्ट्रपतिले मनोनित गरे उच्च सैन्य अधिकारीहरु

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, कार्तिक १७, २०७४
|
|
५६ पटक हेरिएको
Shares
चिनियाँ राष्ट्रपतिले मनोनित गरे उच्च सैन्य अधिकारीहरु

सारांश

  • १७ कात्तिक, बेइजिङ ।
  • चिनियाँ राष्ट्रपति सी जिनपिङले जनमुक्ति सेनामा केही उच्च अधिकारीलाई बढुवा गरेका छन् ।
  • राष्ट्रपति सी प्रमुख रहेको केन्द्रीय सैन्य आयोग (सीएमसी)ले चाङ सेङमिनलाई चिनियाँ सेनाको उच्च अधिकारी ‘जर्नेल’ तोकेको छ ।

१७ कात्तिक, बेइजिङ । चिनियाँ राष्ट्रपति सी जिनपिङले जनमुक्ति सेनामा केही उच्च अधिकारीलाई बढुवा गरेका छन् ।

राष्ट्रपति सी प्रमुख रहेको केन्द्रीय सैन्य आयोग (सीएमसी)ले चाङ सेङमिनलाई चिनियाँ सेनाको उच्च अधिकारी ‘जर्नेल’ तोकेको छ । उनी सशस्त्र फौजको भ्रष्टाचारविरोधी एकाइका प्रमुख थिए ।

५९ वषर्ीय चाङलाई जनमुक्ति सेनाका एड्मिरलसँग काम गर्ने जिम्मेवारी सुम्पिइएको छ । उनी हालै सीएमसी अनुशासन निरीक्षण आयोगका प्रमुख बनाइएका थिए । उक्त आयोगका बर्दीधारी सदस्यहरुमा सु क्वि-लियाङ, चाङ युसिया, वेई फेंगे, ली चुओचेङ र मियाओ हुआ मनोनित भएका छन् ।

नवनियुक्त जर्नेल चाङले यसअघि जनमुक्ति सेनाको रकेट फोर्समा १० वर्ष बिताएका थिए । रकेट फोर्सलाई जनमुक्ति सेनाको दोस्रो वरियताको आर्टिलरी अंग मानिन्छ । त्यहाँका कमान्डर राजनीतिक कमिसार पनि हुन्, जनमुक्ति सेनाभित्र । र, उनी मातहतमा सेनाको राजनीतिक विद्यालय पनि रहन्छ ।

सन् २०१२ मा सत्तामा आएपछि राष्ट्रपति सीले सशस्त्र सुरक्षा फौजमा समेत भ्रष्टाचारविरुद्ध अभियान चलाएका छन् । त्यसक्रममा सु काइहोउ र गुओ बोक्सियोङलगायत एक सय वरिष्ठ सैन्य अधिकारी भ्रष्टाचार, दूराचारलगायत अभियोगमा सजायका भागिदार बनिसकेका छन् । २६ अक्टोबरमा उच्च सैन्य अधिकारीहरुसँग भएको बैठकमा राष्ट्रपति सीले कडा अनुशासनको घेरा नतोड्न निर्देशन दिएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सांसदको भूमिका प्रभावकारी हुनसकेको छैन : सांसद तामाङ
सांसदको भूमिका प्रभावकारी हुनसकेको छैन : सांसद तामाङ
के दर्शकले चलचित्र हेर्न छाेडेकै हुन् त ?
के दर्शकले चलचित्र हेर्न छाेडेकै हुन् त ?
सरकारले सहिद घोषणा गरेपछि बाबुरामले सोधे, “जनयुद्ध”का कमाण्डर प्रचण्ड के भन्नुहुन्छ?
सरकारले सहिद घोषणा गरेपछि बाबुरामले सोधे, “जनयुद्ध”का कमाण्डर प्रचण्ड के भन्नुहुन्छ?
पोखरा फेवातालको बिच भागमा रहेको तालबराही मन्दिरमा दर्शनार्थीको भिड (फाेटाे फिचर सहित)
पोखरा फेवातालको बिच भागमा रहेको तालबराही मन्दिरमा दर्शनार्थीको भिड (फाेटाे फिचर सहित)
कोमल वलीलाई अझै छोडेन गीतले, दाङमा घन्कियो बाँझो खेतमा…
कोमल वलीलाई अझै छोडेन गीतले, दाङमा घन्कियो बाँझो खेतमा…
द भ्वाइस अफ नेपाल सिजन–२ साउन ३१ गतेबाट हिमालय टीभीमा प्रसारण हुँदै
द भ्वाइस अफ नेपाल सिजन–२ साउन ३१ गतेबाट हिमालय टीभीमा प्रसारण हुँदै
अवतरणका क्रममा विमानको ढोका खुलेपछि…
अवतरणका क्रममा विमानको ढोका खुलेपछि…
चिनियाँ नागरिक विमानस्थलबाट पक्राउ !
चिनियाँ नागरिक विमानस्थलबाट पक्राउ !
विश्वकप जितेको जर्मनी मेक्सीकोसँग १ गोलले पराजित
विश्वकप जितेको जर्मनी मेक्सीकोसँग १ गोलले पराजित
सिटिइभिटीले सातै प्रदेशबाट ट्रान्सक्रिप्ट उपलब्ध गराउने
सिटिइभिटीले सातै प्रदेशबाट ट्रान्सक्रिप्ट उपलब्ध गराउने

तपाईंले छुटाउनुभयो कि?