प्रजातन्त्र दिवसलाई लक्षित गरेर ‘मेरो देश’ प्रदर्शनमा

Abhiyanpost Abhiyanpost
|
बुधबार, माघ २६, २०७३
|
|
३२२ पटक हेरिएको
Shares

सारांश

  • प्रजातन्त्र दिवसलाई लक्षित गरेर  प्रदर्शनमा आउनलागेको  फिल्म ‘मेरो देश’  टिमले मंगलबार प्रेसमिट गर्दै फिल्मबारे थप जानकारी दिएको छ ।
  • निर्देशक देब नेपाल, नायक आयुष रिजाल र नायिका निशा अधिकारीले फिल्मबारे आ आफ्नो भनाई राखे ।
  • निर्देशक नेपालले भने, ‘मेरो देशमा भ्रष्ट, अपारदर्शी राजनीतिका कारण देश र जनताले भोगिरहेका प्रतिनिधिमुलक समस्याहरु केलाएउने प्रयास गरेका छौं ।

प्रजातन्त्र दिवसलाई लक्षित गरेर  प्रदर्शनमा आउनलागेको  फिल्म ‘मेरो देश’  टिमले मंगलबार प्रेसमिट गर्दै फिल्मबारे थप जानकारी दिएको छ । निर्देशक देब नेपाल, नायक आयुष रिजाल र नायिका निशा अधिकारीले फिल्मबारे आ आफ्नो भनाई राखे । निर्देशक नेपालले भने, ‘मेरो देशमा भ्रष्ट, अपारदर्शी राजनीतिका कारण देश र जनताले भोगिरहेका प्रतिनिधिमुलक समस्याहरु केलाएउने प्रयास गरेका छौं । दिन दुगुना रात चौगुना रुपमा मौलाई रहेको भ्रष्टचार र अपारदर्शीतालाई न्युनिकरण गरी देशलाई समुन्नतीको दिशातर्फ लैजान आजका शिक्षित युवाहरुको प्रयास र आधुनिक प्रबिधिको प्रयोगलाई फिल्मले मुख्य बिषय बनाएका छौं ।’

यस्तै अधिकारीले फिल्मबारे भनिन्, ‘मेरो देशमा हाम्रै देश भित्रको कथा छ । देश भित्रको समस्यालाई उजागर गर्न खोजिएको छ ।’ आफुले अहिलेसम्म गरेका फिल्महरु भन्दा ‘मेरो देश’ फरक खाले फिल्म रहेको निशाले बताइन् । सञ्चारकर्मीको भूमिका निभाएका नायक आयुष रिजालले पनि ‘मेरो देश’ ले देशको समस्यालाई उजागर गर्ने बताए । उनले भने, ‘पत्रकार भएर समस्यासँग जुधेको छ । मैंले पत्रकारिता गरेकाले पनि फिल्ममा काम गर्न सहज भयो ।’

फिल्मका निर्माता उदय सापकोटा सुरेनले फिल्म ‘मेरो देश’ सरल र सहज तरिकाले आम नेपालीको माया पिरतीको कथा समेटेर बनाएको बताए । राजनीतिमा आफुले भोगेका समस्याहरुलाई फिल्म मार्फत दर्शकहरुलाई जानकार गराउन आफुले लगानी गरेको समेत निर्माता सापकोटाले बताए । फिल्ममा प्रभाकर सापकोटा र पार्वती मैनालीको पनि लगानी रहेको छ ।

कार्यक्रमका प्रमुख अतिथी चलचित्र पत्रकार संघका अध्यक्ष शान्तिप्रियले फिल्म ‘मेरो देश’ टाईटल जस्तै राष्ट्टियताको बिषयमा बनेको आभास गरेको बताए । देब नेपालकै लेखन् निर्देशन फिल्म ‘मेरो देश’ निशा र आयुषसँगै प्रज्वल गिरी, निर शाह, धु्रब कोईरालासँगै पुष्पा पाण्डे, एकराज थापा, कृष्ण सिबाकोटी, किशोर झा, एमीश्री, दिपा थापा, एलिजा प्रधान लगायतका कलाकारहरुले अभिनय गरेका छन । विवि अनुरागीको संगीत, रामजी लामिछाने र एलिजा प्रधानको कोरीयोग्राफी, राजु किरातको द्धन्द्ध, किरणराज थापाको समपादन रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अ्मेरिका बस्ने समाजसेवी   अनिल बस्नेतको रु १०००० सहयोग,
अ्मेरिका बस्ने समाजसेवी अनिल बस्नेतको रु १०००० सहयोग,
नवराज सिलवाललाई भगाउन प्रहरीबाटै गोप्य सूचना
नवराज सिलवाललाई भगाउन प्रहरीबाटै गोप्य सूचना
सप्तरीको अस्पतालमा निर्माणाधीन प्रसूति गृहको ठेक्का रद्द गरिँदै
सप्तरीको अस्पतालमा निर्माणाधीन प्रसूति गृहको ठेक्का रद्द गरिँदै
सगरमाथा शीर हाम्रो कन्चनजङ्घा काध, उठिदिन्छ सधै हिमाल बनी देसको साध…
सगरमाथा शीर हाम्रो कन्चनजङ्घा काध, उठिदिन्छ सधै हिमाल बनी देसको साध…
कोरोनाले बेरोजगारी बढेकै समय दोब्बर महंगीयो भान्सा
कोरोनाले बेरोजगारी बढेकै समय दोब्बर महंगीयो भान्सा
देउवालक्षित शशांकको अभिव्यक्तिः आफ्नै बारेमा चिन्ता गर्नुहुन्छ भने त्यस्तो राजनीति चल्दैन
देउवालक्षित शशांकको अभिव्यक्तिः आफ्नै बारेमा चिन्ता गर्नुहुन्छ भने त्यस्तो राजनीति चल्दैन
संचारकर्मी वेल्वासेको अभियान ले ब्लड क्यानसर पिडित समिरालाई सहयोग
संचारकर्मी वेल्वासेको अभियान ले ब्लड क्यानसर पिडित समिरालाई सहयोग
विप्लव समूहको आक्रमणबाट नेकपा नेता घाइते
विप्लव समूहको आक्रमणबाट नेकपा नेता घाइते
सरकारले भन्यो ‘लकडाउन सकियो’
सरकारले भन्यो ‘लकडाउन सकियो’
कीर्तिपुर मैदानमा नेतादेखि दर्शकसम्मको भीड (तस्बिरहरू)
कीर्तिपुर मैदानमा नेतादेखि दर्शकसम्मको भीड (तस्बिरहरू)

तपाईंले छुटाउनुभयो कि?