हत्या गरी फरार रहेका अभियुक्त जीवन पक्राउ

Abhiyanpost Abhiyanpost
|
आइतबार, फाल्गुन १, २०७३
|
|
२७६ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं,१ फागुन १८ बर्ष अघि हत्या गरी फरार रहेका कास्की सिद्ध–७ का नारायण बहादुर अधिकारी भन्ने जीवन बहादुर अधिकारीलाई प्रहरीले साउदी अरबबाट पक्राउ गरेको छ ।
  • सितादेवी थापा सुयल समेतको जाहेरीले बादी नेपाल सरकार प्रतिवादी अधिकारीलाई कर्तव्यज्यान मुद्धामा कास्की जिल्ला अदालतको २०५७ बैशाख १९ गतेको फैसलाले सर्वश्व सहित जन्म कैदको सजाय हुने गरी फैसला भएको थियो ।
  • नेपाली सेनामा कार्यरत अधिकारी र वैदेशिक रोजगारको लागि साउदी अरबमा गएका जिवन बहादुर अधिकारी एकै ब्यक्ति भएको तथ्यको आधारमा कास्की जिल्ला अदालतबाट २०७३ जेठ १६ गते जारी भएको पक्राउ पूर्जि अनुसार निजलाई साउदी अरबबाट पक्राउ गरी २०७३ माघ २९ गते नेपाल ल्याईएको हो ।

काठमाडौं,१ फागुन
१८ बर्ष अघि हत्या गरी फरार रहेका कास्की सिद्ध–७ का नारायण बहादुर अधिकारी भन्ने जीवन बहादुर अधिकारीलाई प्रहरीले साउदी अरबबाट पक्राउ गरेको छ ।
सितादेवी थापा सुयल समेतको जाहेरीले बादी नेपाल सरकार प्रतिवादी अधिकारीलाई कर्तव्यज्यान मुद्धामा कास्की जिल्ला अदालतको २०५७ बैशाख १९ गतेको फैसलाले सर्वश्व सहित जन्म कैदको सजाय हुने गरी फैसला भएको थियो । नेपाली सेनामा कार्यरत अधिकारी र वैदेशिक रोजगारको लागि साउदी अरबमा गएका जिवन बहादुर अधिकारी एकै ब्यक्ति भएको तथ्यको आधारमा कास्की जिल्ला अदालतबाट २०७३ जेठ १६ गते जारी भएको पक्राउ पूर्जि अनुसार निजलाई साउदी अरबबाट पक्राउ गरी २०७३ माघ २९ गते नेपाल ल्याईएको हो ।
निज अधिकारीले २०५५ कार्तिक ११ गते जिल्ला कास्की सिद्ध –७ बस्ने शिबराज थापा सुयललाई खुर्पा प्रहार गरी हत्या गरेका थिए । सोही घटनाका सम्बन्धमा सेनाको हिरासतमा रहेका बखत २०५६फागुन २७ गते भागी फरार भएका प्रतिबादी नारायण अधिकारीले आफ्नो नाम परिवर्तन गरी जिवन बहादुर अधिकारीको नाममा वैदेशिक रोजगारीको लागि साउदी अरब गएको जानकारीका आधारमा केन्द्रीय अनुसन्धान ब्यूरोको पहलमा २०७३ जेठ २४ गते निजको नामको रेड कर्नर नोटीस जारी भएकोमा साउदी अरब प्रहरीको सहयोगमा सोही मुलुकबाट प्रहरीले पक्राउ गरेको थियो ।
निजलाई मिति २०७३ फागुन १ गते काठमाडौं जिल्ला अदालतमा पेश गरेकोमा अदालतको आदेशले कैद भुक्तानको लागि केन्द्रिय कारागार कार्यालय सुन्धारामा पठाईएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लोक सेवा आयोगलाई नयाँ चुनौतीसँग सामना गर्नेगरी सुधार गर्नु आवश्यक छ : राष्ट्रपति
लोक सेवा आयोगलाई नयाँ चुनौतीसँग सामना गर्नेगरी सुधार गर्नु आवश्यक छ : राष्ट्रपति
राष्ट्रसङ्घको ७४औँ महासभा आजदेखि, स्वास्थ्य सरोकार र जलवायु परिवर्तन मूल मुद्दा
राष्ट्रसङ्घको ७४औँ महासभा आजदेखि, स्वास्थ्य सरोकार र जलवायु परिवर्तन मूल मुद्दा
बाहिर जति हल्ला छ त्यस्तो बिवाद युवासंघमा छैन ,अमित लामा  केन्द्रीय सचिवालय सदस्य …
बाहिर जति हल्ला छ त्यस्तो बिवाद युवासंघमा छैन ,अमित लामा केन्द्रीय सचिवालय सदस्य …
प्रचण्डले चितवनमा दुई वटा रेल गुड्ने बताए
नेपाल चिकित्सक संघद्वारा सरकारलाई ७२ घन्टे अल्टिमेटम
नेपाल चिकित्सक संघद्वारा सरकारलाई ७२ घन्टे अल्टिमेटम
विल बिनाको सुनचाँदीका गरगहनासहित ज्वेलर्सका संचालक पक्राउ
विल बिनाको सुनचाँदीका गरगहनासहित ज्वेलर्सका संचालक पक्राउ
संविधान कार्यान्वयनको ठोस आधार तयारः नेम्वाङ
संविधान कार्यान्वयनको ठोस आधार तयारः नेम्वाङ
तीन दिन राष्ट्रिय शोक घोषणा
तीन दिन राष्ट्रिय शोक घोषणा
‘भाजपाबाट प्रभावित भएर’ नेपालमा हिन्दुवादी दल खुल्दै
‘भाजपाबाट प्रभावित भएर’ नेपालमा हिन्दुवादी दल खुल्दै
डिजिटल प्रविधिले बदल्दै स्वास्थ्य सेवा: नागरिक एपमा थपियो जीवनरक्षक ‘रक्त सूचना’ पोर्टल
डिजिटल प्रविधिले बदल्दै स्वास्थ्य सेवा: नागरिक एपमा थपियो जीवनरक्षक ‘रक्त सूचना’ पोर्टल

तपाईंले छुटाउनुभयो कि?