सलाम ठोक्नेबाट सलाम लिने हैसियतमा पुगे नवराज सिलवाल

Abhiyanpost Abhiyanpost
|
आइतबार, मंसिर २४, २०७४
|
|
५५ पटक हेरिएको
Shares
सलाम ठोक्नेबाट सलाम लिने हैसियतमा पुगे नवराज सिलवाल

सारांश

  • काठमाडौं, मंसिर २४ – नेपाल प्रहरीको प्रमुख पदमा बढुवा नभएपछि सरकारले आफूलाई विभेद गरेको भन्दै पहिले अदालत र पछि राजीनामा गरि एमाले प्रवेश गरेका नवराज सिलवालले चुनाव जित्दा केही अनौठा संयोगहरु उपस्थित हुँदैछन् ।
  • चुनाव जितेपछि नवराज सिलवाल अब कुनै दिन यो देशको गृहमन्त्री हुने बाटो खुलेको छ ।
  •  नवराजको अवस्था फेरिदा उनलाई हटाउने निर्णय गर्ने, उनकै कारण अदालत र न्यायाधिशको हुर्मत लिने शेरबहादुर देउवाले नवराजसित हात मिलाउनु पर्ने अवस्था छ ।

काठमाडौं, मंसिर २४ – नेपाल प्रहरीको प्रमुख पदमा बढुवा नभएपछि सरकारले आफूलाई विभेद गरेको भन्दै पहिले अदालत र पछि राजीनामा गरि एमाले प्रवेश गरेका नवराज सिलवालले चुनाव जित्दा केही अनौठा संयोगहरु उपस्थित हुँदैछन् ।

चुनाव जितेपछि नवराज सिलवाल अब कुनै दिन यो देशको गृहमन्त्री हुने बाटो खुलेको छ । नवराजको अवस्था फेरिदा उनलाई हटाउने निर्णय गर्ने, उनकै कारण अदालत र न्यायाधिशको हुर्मत लिने शेरबहादुर देउवाले नवराजसित हात मिलाउनु पर्ने अवस्था छ ।

हिजोसम्मका आफ्ना प्रतिस्पद्धि नवराजसित अहिलेका प्रहरी प्रमुख प्रकाश अर्यालले सांसदका रुपमा नवराज सिलवाललाई सलाम ठोक्नु पर्नेछ । उनी गृहमन्त्री भए भने पछि लाग्नु त अर्यालको बाध्यता नै हुनेछ ।

त्यो बेला कतिपय अवस्थामा देउवा र कांग्रेसका कतिपय हस्ती नवराजसित सहयोगको हात फैलाउन समेत बाध्य हुनेछन् ।  हालका प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले प्रहरी प्रमुख (आइजीपी) नियुक्ति गर्दा आफूभन्दा कनिष्टलाई नियुक्ति गरेको भन्दै सिलवालले राजीनामा दिनुभयो ।

प्रहरी प्रमुख नियुक्तिको समय नेपालमा नवराज र अरु डिआईजीका नाममा यतिधेरै राजनीति भयो मानौ आईजीपी पद प्रधानमन्त्रीभन्दा ठूलो हो । सरकार, मन्त्री, दल, राजनीतिक पार्टी सबै यस बिषयमा बाडिए । तत्कालिन प्रधान न्यायाधिश शुशीला कार्की बिरुध्द छापामार शैलीमा महाअभियोग प्रस्ताव दर्ता भयो तत्कालिन संसदमा ।

प्रहरी प्रमुख प्रकरणमा कांग्रेसले राजनीति गरेको बुझेपछि त्यसबेलाको बिपक्षी दल एमालेले सिलवाललाई आफ्नो पार्टीमा भित्र्यायो र ललितपुरको कांग्रेसको सबैभन्दा बलियो मानिएको क्षेत्रमा चुनाव लड्ने टिकट समेत दियो ।

नवराज कांग्रेसका उदय शम्शेरलाई हराएर हिजोदेखि सभासद भैसकेका छन् । अब उनी कुनै पनि बेला मन्त्री हुन सक्छन् । नवराजको बिजयपछि नेपाली कांग्रेसका नेता देउवालाई थप दुईटा तनाव थपिएका छन् । एक नवराजको जीत र दोस्रो छँदाखाँदाको पुननिर्माण प्राधिकरणका सिईओ गोविन्द पोखरेलको अवश्यम्भावी हार ।

अर्को रमाइलो पक्ष यो चुनावबाट के आएको छ भने, डडेल्धुराबाट निर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवा र आफूले नै प्रहरी प्रमुख हुनबाट रोकेका नवराज सिलवाल एउटै संसदमा बराबरी सांसदको हैसियतमा हुनेछन् । प्रहरी प्रमुख बनाएको भए शेरबहादुर देउवाले अहिले पनि नवराज सिलवालले ठोकेको सलाम खान पाईरहन्थे ।

तर अब परिस्थिति यसरी फेरिएको छ कि काग्रेसका नेताले अब नवराजलाई हिजोको नवराज सम्झेर व्यवहार गर्न मिल्दैन । किनकि सुरक्षा मामलामा राम्रो अनुभव भएका र के.पी. शर्मा ओलीले रुचाएका नवराज कुनै दिन यो देशको गृहमन्त्री हुन सक्छन् । कुरा त ढिलो र छिटोको मात्रै हो । 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पूर्व राष्ट्रपति, प्रधानमन्त्री लगायतले अब यति धेरै विलासी सुविधा पाउने
पूर्व राष्ट्रपति, प्रधानमन्त्री लगायतले अब यति धेरै विलासी सुविधा पाउने
भारतमा भेटिएका रेशम चौधरीले भने : अब चाँडै स्वदेश फर्किन्छु
भारतमा भेटिएका रेशम चौधरीले भने : अब चाँडै स्वदेश फर्किन्छु
काठमाडौं क्षेत्र  ३ बाट दिनेश खनाल द्वारा स्वतन्त्र उमेदवारी दर्ता
काठमाडौं क्षेत्र ३ बाट दिनेश खनाल द्वारा स्वतन्त्र उमेदवारी दर्ता
लुक्लामा दश दिनदेखि हवाई उडान ठप्प, पर्यटक मर्कामा
लुक्लामा दश दिनदेखि हवाई उडान ठप्प, पर्यटक मर्कामा
कपिलवस्तुमा बलदेव अघिअघि, दीपकुमार पछिपछि
कपिलवस्तुमा बलदेव अघिअघि, दीपकुमार पछिपछि
मकवानपुरमा कृष्ण दाहालको अग्रता बढ्दा कमल थापालाई टेन्सन
मकवानपुरमा कृष्ण दाहालको अग्रता बढ्दा कमल थापालाई टेन्सन
शैक्षिक क्षेत्रको सुधारका लागि सरकारले कुनै कसर बाँकी राख्दैन : प्रधानमन्त्री
शैक्षिक क्षेत्रको सुधारका लागि सरकारले कुनै कसर बाँकी राख्दैन : प्रधानमन्त्री
सङ्घीयता खारेज गर्न एउटा पक्ष लागिरहेको छ : जसपा अध्यक्ष यादव
सङ्घीयता खारेज गर्न एउटा पक्ष लागिरहेको छ : जसपा अध्यक्ष यादव
अमृत प्रधान स्मृति कप शनिबारदेखि
अमृत प्रधान स्मृति कप शनिबारदेखि
काठमाडौँमा रोबोटले खाना टक्राउने रेष्टुरेन्ट
काठमाडौँमा रोबोटले खाना टक्राउने रेष्टुरेन्ट

तपाईंले छुटाउनुभयो कि?