नवराज सिलवाल पक्राउ गर्ने, तत्काल पक्राउ गर्न प्रहरी प्रमुख अर्यालको निर्देशन ललितपुर प्रहरीलाई

Abhiyanpost Abhiyanpost
|
आइतबार, पौष ९, २०७४
|
|
५२ पटक हेरिएको
Shares

सारांश

  • ९ पुस, काठमाण्डौ ।
  • नेपाल प्रहरीले पूर्वडिआइजी तथा सासंद नवराज सिलवालाई पक्राउ गर्ने भएको छ ।
  • किर्ते गरेको आरोपमा मुद्दा दायर भइसकेकाले प्रक्राउ गर्नुपर्ने निष्कर्षमा प्रहरी पुगेको हो ।

९ पुस, काठमाण्डौ । नेपाल प्रहरीले पूर्वडिआइजी तथा सासंद नवराज सिलवालाई पक्राउ गर्ने भएको छ । किर्ते गरेको आरोपमा मुद्दा दायर भइसकेकाले प्रक्राउ गर्नुपर्ने निष्कर्षमा प्रहरी पुगेको हो ।

प्रहरी प्रमुख प्रकाश अर्यालले सिलवाललाई पक्राउ गर्न निर्देशन दिइसकेका छन् । अर्यालले ललितपुर प्रहरीलाई तत्काल सिलवाललाई पक्राउ गर्न निर्देशन दिएका हुन् ।

सर्वोच्च अदालतको आदेश अनुसार आफूहरु सिलवाललाई पक्राउ गरेर अनुसन्धान गर्न बाध्य भएको अर्यालको तर्क छ ।
मुद्दा दर्ता भइसकेकाले पक्राउ गरेर अनुसन्धान गर्नुको विकल्प नभएको भन्दै अर्यालले पक्राउका लागि निर्देशन दिएको बुझिएको छ ।

प्रहरीले पूर्वडीआईजी एवं ललितपुर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित नवराज सिलवालमाथि कीर्ते मुद्दामा अनुसन्धान सुुरु गरेको हो ।
सिलवालविरुद्ध महानगरीय प्रहरी परिसर काठमाडौंमा जाहेरी दार्ता भएको छ ।

सरकारले जयबहादुर चन्दलाई प्रहरी प्रमुख बनाएपछि तत्कालीन डीआईजी सिलवाल आफूलाई आईजीपी बनाउन माग गर्दै सर्वोच्च अदालतमा गएका थिए ।
तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको पूर्ण इजलासले चन्दको नियुक्ति बदर गर्नुका साथै कार्यसम्पादन मूल्यांकनमा धेरै अंक ल्याउनेलाई प्रहरी प्रमुख बनाउन आदेश दियो । आदेश अनुसार सरकारले प्रकाश अर्याललाई प्रहरी प्रमुख बनायो ।

त्यसमा पनि असन्तुष्ट सिलवाल फेरि सर्वोच्च गए । तर, प्रधानन्यायाधीश गोपालप्रसाद पराजुली नेतृत्वको पूर्ण इजलासले उनको मागदाबी अस्वीकार र्गयो ।

आईजीपी बन्न नपाएपछि एमाले प्रवेश गरेका सिलवाल ललितपुर १ बाट चुनाव जितेर सासंद बनेका छन् । तर सासंद पदको सपथ ग्रहण नहुँदै उनीविरुद्ध अनुसन्धान सुरु भएको छ ।

उनी सांसद बन्न पाउँदा नपाउँदै सर्वोच्चले फैसलाको पूर्ण पाठ सार्वजनिक र्गयो, जसमा सिलवालले बुझाएको र लोकसेवाबाट प्राप्त कार्यसम्पादन मूल्यांकनमा फरक फरक अंक देखिएको भन्दै यसमा संलग्नमाथि छानविन गरी कारबाही गर्न आदेश दिइएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गणतान्त्रिक शक्तिलाई एक हुन प्रधानमन्त्रीको आह्वान
गणतान्त्रिक शक्तिलाई एक हुन प्रधानमन्त्रीको आह्वान
अब अधिकारका लागि शहीद हुनु पर्दैन: प्रधानमन्त्री
अब अधिकारका लागि शहीद हुनु पर्दैन: प्रधानमन्त्री
मुख्यमन्त्री दाबी गरेका पृथ्वीसुब्बा गुरुङ भारी मतले विजयी
मुख्यमन्त्री दाबी गरेका पृथ्वीसुब्बा गुरुङ भारी मतले विजयी
काठमाडौँ भ्यू टावर बनाउन समय थपिँदै !
काठमाडौँ भ्यू टावर बनाउन समय थपिँदै !
’सासुको जन्मदिनमा प्रियंका चोपडाको खास उपहार, लेखिन इमोशनल पोष्ट
’सासुको जन्मदिनमा प्रियंका चोपडाको खास उपहार, लेखिन इमोशनल पोष्ट
‘Cooperates should be developed as means of benefiting poor’
‘Cooperates should be developed as means of benefiting poor’
एमाले अध्यक्ष ओली भन्छन् : घेराबन्दी तोडेर एमाले अगाडि बढिरहेको छ
एमाले अध्यक्ष ओली भन्छन् : घेराबन्दी तोडेर एमाले अगाडि बढिरहेको छ
माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु…
माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु…
प्रहरीले गोली हानेर पक्राउ गरेका अशोक लामासँग पेस्तोल र गोली बरामद
प्रहरीले गोली हानेर पक्राउ गरेका अशोक लामासँग पेस्तोल र गोली बरामद
प्रक्रिया नै पूरा नगरी पिउने पानी बिक्री वितरण, पानीसँगै दूध र तेलको पनि अनुगमन गर्ने महानगरपालिकाको तयारी
प्रक्रिया नै पूरा नगरी पिउने पानी बिक्री वितरण, पानीसँगै दूध र तेलको पनि अनुगमन गर्ने महानगरपालिकाको तयारी

तपाईंले छुटाउनुभयो कि?