अग्नी सापकोटाले खोले ओली र प्रचण्डबीचको कुरा, यस्तो रहेछ सहमति ?
सारांश
- काठमाण्डौ, पुस १५ ।
- नेकपा माओवादीका नेता अग्नी सापकोटाले एमाले र माओवादीबिचको पार्टी एकताका लागि तयारी भइरहेको बताएका छन् ।
- नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा कुरा गर्दै नेता सापकोटाले एकताका लागि मोडालिटी बनिरहेको बताए ।
काठमाण्डौ, पुस १५ । नेकपा माओवादीका नेता अग्नी सापकोटाले एमाले र माओवादीबिचको पार्टी एकताका लागि तयारी भइरहेको बताएका छन् ।
नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा कुरा गर्दै नेता सापकोटाले एकताका लागि मोडालिटी बनिरहेको बताए ।
नेता सापकोटाले दुवै दलका अध्यक्षहरु केपी ओली र प्रचण्डमध्ये एक जना प्रधानमन्त्री एकजना पार्टी अध्यक्ष हुने गरी पार्टी एकता गर्न लागिएको जानकारी दिए ।
मुख्य दुई नेताहरुबाहेक अरुको पनि पदीय व्यवस्थापनका बारेमा मोडालिटी बनाएर एकता गर्ने उनको भनाई छ ।
नयाँ सरकार निर्माण र पार्टी एकता प्रक्रिया सँगसँगै लैजानुपर्नेमा नेता सापकोटाले जोड दिएका छन् ।
अध्यादेश जारी गर्ने राष्ट्रपतिको कदम ठीक भएको उनले बताए ।
Shyam Shubham Giri
बालकृष्ण ढूंगेल पछी पालो अग्नि सापकोटा को हो हात खूट्टा धोयर मोज़ा जूत्ता लगाएर जैल जान रेडी हूदा हून्छ
Mohan Kayasta
Anuman matra ? .