आरके गोल्छा ग्रुपले भित्र्यायो क्रिष्टल ब्राण्डका विद्युतीय उत्पादन

Abhiyanpost Abhiyanpost
|
बिहिबार, पौष २०, २०७४
|
|
५४ पटक हेरिएको
Shares
आरके गोल्छा ग्रुपले भित्र्यायो क्रिष्टल ब्राण्डका विद्युतीय उत्पादन

सारांश

  • काठमाडौं, पुस २० ।
  • ।
  • गोल्छा ग्रुप अन्तरगतको आरके गोल्छा ग्रुपले भारतीय कम्पनी क्रिष्टल इलेक्ट्रीकका विद्युतीय उत्पादनहरुको नेपाली बजारमा बिक्री बितरण सुरु गरेको छ ।

काठमाडौं, पुस २० ।। गोल्छा ग्रुप अन्तरगतको आरके गोल्छा ग्रुपले भारतीय कम्पनी क्रिष्टल इलेक्ट्रीकका विद्युतीय उत्पादनहरुको नेपाली बजारमा बिक्री बितरण सुरु गरेको छ । बुधबार एक कार्यक्रमका बिच आरके गोल्छा ग्रुपलको आरिहान्त कमर्शियलले क्रिष्टल इलेक्ट्रीकको क्रिष्टल स्वीच गियर्सको बिक्री बितरण सुरु गरेको हो ।

गोल्छा अर्गनाइजेशन अन्तरगतको आरिहान्त कमर्शियल प्रालिले आधिकारिक रुपमा क्रिष्टलका उत्पादनहरुको बिक्री बितरण गर्नेछ । आरिहान्त कमर्शियलले नेपाली बजारमा विद्युतीय उपकरण अन्तरगतका एमसीसीबी, डिष्कनेक्टर फ्यूज, चेञ्जओभर सिरिज भित्र्याएको हो ।

त्यसै गरी क्रिष्टलका उत्पादनहरु गिजर, स्वीच फ्यूज युनिट, एमसीबी, अफलोड चेञ्जओभर, एमसीबी डिष्ट्रीव्यूसन बोर्ड लगायतका उत्पादन नेपाली बजारमा भित्रिएका छन् । आरिहान्त कमर्शियलका महाप्रबन्धक विजय कुमारका अनुसार अहिले बजारमा पाइने उत्पादनहरुको तुलनामा क्रिष्टलका उत्पादनहरु गुणस्तरीय रहेको छ ।

साथै छोटो समयमा नै आफ्ना उत्पादनहरु उच्च गुणस्तरका कारण नै लोकप्रिय बन्ने विश्वास उनको छ । यसैबीच कम्पनीले क्रिष्टल ब्राण्डको नयाँ प्रविधिको ट्रान्सफरमर पनि नेपाली बजारमा ल्याएको छ । सिएसपि (कम्लिट सेल्फ प्रोटेक्सन) प्रविधिका यी साधानले विद्युत महशुल न्युनिकरण सहयोग गर्छ र ट्रान्सफरमरको आयु समेत बढाउछ ।

यो प्रविधि नेपालमा विद्युत खपत कम गर्नका लागि उपयोगी हुने कम्पनीको भनाई छ । बजारमा आफ्नो उपस्थिती बलियो बनाउनका लागि उपभोक्तालाई सुपथ मूल्यमा आफ्ना उत्पादन बिक्री बितरण गर्ने लक्ष्य गोल्छा समुहले लिएको छ । भारतिय बजारमा रुचाइएजस्तै नेपाली बजारमा पनि पनि हाम्रा उत्पादनको भरपुर सदुपयोग गर्नेछन भन्ने विश्वास महाप्रबन्धक रायले गरे ।

उक्त कम्पनिका उत्पादनहरुले आईएसओ ९००ः२०१५ मान्यता प्राप्त गर्दै भारतका विभिन्न ल्याब परीक्षणमा उत्कृट नतिजा प्राप्त गरेका छन् । सन् १९६० देखि विद्युतीय उत्पादन सुरु गरेको क्रिष्टलले उपभोक्ताको मन जित्न सकेका कारण नै विभिन्न अवार्डहरु समेत प्राप्त गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

समानुपातिकमा एमालेकै अग्रता, कठिन संघर्षमा राजपा
समानुपातिकमा एमालेकै अग्रता, कठिन संघर्षमा राजपा
बजेट अभावमा कुटमेश्वरी पुल अलपत्र: हुलाकी राजमार्गका यात्रु जोखिमपूर्ण यात्रा गर्न बाध्य
बजेट अभावमा कुटमेश्वरी पुल अलपत्र: हुलाकी राजमार्गका यात्रु जोखिमपूर्ण यात्रा गर्न बाध्य
गृह प्रशासन र सुरक्षा निकायमा योगको नियमित प्रशिक्षण गराइने
गृह प्रशासन र सुरक्षा निकायमा योगको नियमित प्रशिक्षण गराइने
सुन्दर र तन्दुरुस्त हुन चाहनुहुन्छ ? खानुहाेस यी ५ फल
सुन्दर र तन्दुरुस्त हुन चाहनुहुन्छ ? खानुहाेस यी ५ फल
काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा १३५७ कोरोना संक्रमित थपिए
काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा १३५७ कोरोना संक्रमित थपिए
अंग्रेजी भाषामा निर्माण भएको नेपाली चलचित्र ‘कैदीको पत्र’को ट्रेलर विश्वव्यापी सार्वजनिक
अंग्रेजी भाषामा निर्माण भएको नेपाली चलचित्र ‘कैदीको पत्र’को ट्रेलर विश्वव्यापी सार्वजनिक
नागरिक अस्पतालमा मृत्यु भएकी महिलालाई कोरोना पुष्टि भएपछि नागरिक अस्पताल बन्द
नागरिक अस्पतालमा मृत्यु भएकी महिलालाई कोरोना पुष्टि भएपछि नागरिक अस्पताल बन्द
यस्तो आयो पाँच नम्बर प्रदेशको चालु आर्थिक वर्षको नीति कार्यक्रम (पूर्णपाठसहित)
यस्तो आयो पाँच नम्बर प्रदेशको चालु आर्थिक वर्षको नीति कार्यक्रम (पूर्णपाठसहित)
यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर
यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर
चितवनमा प्रचण्डको अग्रता
चितवनमा प्रचण्डको अग्रता

तपाईंले छुटाउनुभयो कि?