अझै आगो दन्किदै चीनिया सागरमा

Abhiyanpost Abhiyanpost
|
मंगलबार, पौष २५, २०७४
|
|
५७ पटक हेरिएको
Shares
अझै आगो दन्किदै चीनिया सागरमा

सारांश

  • चीनका यातायातमन्त्रीले पूर्वी चीन सागरमा एउटा इरानी पानीजहाज अझै जलिरहेको बताएका छन् ।
  • सो पानीजहाजले झण्डै १० लाख ब्यारल ‘कण्डेन्सेट’ इन्धन बोकेको थियो ।
  • ‘कण्डेन्सेट’ इन्धनको विषालु र विस्फोटक स्वरूप हो ।

चीनका यातायातमन्त्रीले पूर्वी चीन सागरमा एउटा इरानी पानीजहाज अझै जलिरहेको बताएका छन् । सो पानीजहाजले झण्डै १० लाख ब्यारल ‘कण्डेन्सेट’ इन्धन बोकेको थियो । ‘कण्डेन्सेट’ इन्धनको विषालु र विस्फोटक स्वरूप हो । थप विपद् रोक्ने भन्दै चीनले समुन्द्र सफाइ गर्नका लागि घटनास्थलमा पानीजहाजहरू पठाएको छ । एउटा मालवाहक पानीजहाजसँग ठोक्किएपछि तीन दिनयता उक्त पानीजहाज जलिरहेको छ । चिनियाँ अधिकारीहरूले हराएका चालक दलका ३१ जनाको खोजी कार्यलाई व्यापक बनाएका छन् ।

तर खराब मौसमका कारण खोजी कार्य प्रभावित भएको बताइएको छ । शनिबार सांघाईबाट १ सय ६० नौटिकल माइल पूर्वमा उक्त दुर्घटना भएको थियो । अहिलेसम्म पानीजहाजबाट चुहिएको तेलको मात्रा र त्यसले वातावरणमा पारिरहेको असरबारे स्पष्ट भई नसकेको बताइएको छ । यो सन् १९९१ यताकै सबैभन्दा खराब यस्तो प्रकृतिको दुर्घटना भएको हुन सक्ने ठानिएको छ ।

इन्धन बोकेको सो पानीजहाजसँग ठोक्किएको अर्को पानीजहाजका चालक दलका २१ सदस्यको उद्धार गरिएको छ । चीनले उद्धार कार्यका लागि कैयौँ पानीजहाजहरू परिचालन गरेको छ भने दक्षिण कोरियाले तटरक्षकसहित एउटा पानीजहाज र एउटा हेलिकप्टर परिचालन गरेको छ । अमेरिकी जलसेनाले उद्धार कार्यमा मद्दत गर्न एउटा सैनिक हेलिकप्टर पठाएको थियो ।

(https://picklelicious.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विवाह भएको लुकाउन खोज्ने यी कलाकारलाई के भन्नुहुन्छ !
विवाह भएको लुकाउन खोज्ने यी कलाकारलाई के भन्नुहुन्छ !
प्रचण्ड-माधवलाई प्रधानमन्त्रीको ‘अफर’, प्रतिनिधिसभा चुनावका लागि ‘बार्गेनिङ’
प्रचण्ड-माधवलाई प्रधानमन्त्रीको ‘अफर’, प्रतिनिधिसभा चुनावका लागि ‘बार्गेनिङ’
सगरमाथा आधार शिविरमा इन्टरनेट
सगरमाथा आधार शिविरमा इन्टरनेट
बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
‘पात्रोमा उल्लेख गरिने ग्रहगतिका विषय फरक हुन थाल्यो’
‘पात्रोमा उल्लेख गरिने ग्रहगतिका विषय फरक हुन थाल्यो’
नर्भिक इन्स्टिच्युट अफ नर्सिङ एजुकेशन र थाइल्याण्डको माहिडोल विश्वविद्यालयबीच सम्झौता
नर्भिक इन्स्टिच्युट अफ नर्सिङ एजुकेशन र थाइल्याण्डको माहिडोल विश्वविद्यालयबीच सम्झौता
पशुपति आर्यघाटमा जिउँदो मानिसलाई मृत भन्दै भाइरल बनाइएको भिडियो झुटो
पशुपति आर्यघाटमा जिउँदो मानिसलाई मृत भन्दै भाइरल बनाइएको भिडियो झुटो
साहुको रिसले छोरा मारेर प्रहरीसँगै आफैले बालक खोजेजस्तो गर्दै सघाएपछि…
साहुको रिसले छोरा मारेर प्रहरीसँगै आफैले बालक खोजेजस्तो गर्दै सघाएपछि…
केपी ओलीको पत्रकार सम्मेलनको पूर्णपाठ
केपी ओलीको पत्रकार सम्मेलनको पूर्णपाठ
कम्युनिष्ट नेता माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको यो देवघाट भ्रमण (फोटो फिचर)
कम्युनिष्ट नेता माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको यो देवघाट भ्रमण (फोटो फिचर)

तपाईंले छुटाउनुभयो कि?