सेयर बजार २७४५ अंकमा, बढ्यो कारोबार

Abhiyanpost Abhiyanpost
|
बिहिबार, कार्तिक १, २०८१
|
|
३८ पटक हेरिएको
Shares
सेयर बजार २७४५ अंकमा, बढ्यो कारोबार

सारांश

  • काठमाडौं।
  • बिहीबार नेप्से परिसूचकमा सामान्य वृद्धि भएको छ।
  • आज नेप्से २.

काठमाडौं। बिहीबार नेप्से परिसूचकमा सामान्य वृद्धि भएको छ। आज नेप्से २.४७ अंकले बढेर २७४५. ३६ विन्दुमा बन्द भएको छ।

आज कुल ३१६ कम्पनीका एक करोड ८८ लाख ७ हजार ४९२ कित्ता शेयर किनबेच हुदा ७ अर्ब १९ करोड २७ लाख ९२ हजार बराबरको कारोबार भएको थियो। आज सबैभन्दा बढी गुडविल फाइनान्सको शेयर मूल्यमा ७.६३ प्रतिशतले बढेको छ भने अपार श्यांगे हाइड्रोको मुल्य सबैभन्दा बढी ५.१९ प्रतिशतले घटेको छ।

त्यस्तै आज सबैभन्दा बढी कुमारी बैंकको ३३ करोड १३ लाख ९० हजार बराबरको कारोबार भएको छ भने हाइड्रोइलेक्ट्रीसिटी इन्भेस्टमेन्ट कम्पनिको १४ लाख ८ हजार ६२८ कित्ता शेयर कारोबार भएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?