होन्डुरसमा ७.८ म्याग्निच्युडको भूकम्प

Abhiyanpost Abhiyanpost
|
बिहिबार, पौष २७, २०७४
|
|
६० पटक हेरिएको
Shares
होन्डुरसमा ७.८ म्याग्निच्युडको भूकम्प

सारांश

  • टेगुसिगाल्पा,२७, पुस होन्डुरसको क्यारिवियन समुद्रको तटीय क्षेत्रमा मङ्गलबार राति ७.
  • ८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको समाचार छ ।
  • यस भूकम्पबाट भएको क्षतिको विस्तृत विवरण भने केही पनि प्राप्त भएको छैन ।

टेगुसिगाल्पा,२७, पुस

होन्डुरसको क्यारिवियन समुद्रको तटीय क्षेत्रमा मङ्गलबार राति ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको समाचार छ ।

यस भूकम्पबाट भएको क्षतिको विस्तृत विवरण भने केही पनि प्राप्त भएको छैन । मानवीय तथा भौतिक क्षति भएको अनुमान गरिएको भए पनि विवरण प्राप्त नभएको अधिकारीहरुले जनाएका छन् ।

यस भूकम्पको केन्द्रविन्दु ग्रेट स्वान द्वीपबाट करिव ४४ किलोमटिर पूर्वमा रहेको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस) ले जानकारी दिएको छ ।

हन्डुरसको सङ्कटकालीन व्यवस्थापन निकाय (सिओसिइसिओ) ले तीन वटा विभिन्न तटीय जिल्लालाई लक्ष्य गरी सुनामीको चेतावनी दिइएको पनि युएसजिएसले जानकारी दिएको छ ।

युएसजिएसका अनुसार स्थानीय समय अनुसार मङ्गलबार राति १०ः५१ मा सो भूकम्प गएको थियो । रातिको समयमा गएको यस भूकम्पबाट नागरिकमा ठूलो त्रास छाएको बताइएको छ ।

मेक्सिको, जमाइका, हन्डुरस क्युबा, कोस्टारिका र यसको वरिपरिका क्षेत्रमा पनि उक्त भूकम्पपछि सुनामीको चेतावनी दिइएको बताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ज्योति लाइफले ६६ लाख कित्ता आईपीओ निष्कासन गर्ने
ज्योति लाइफले ६६ लाख कित्ता आईपीओ निष्कासन गर्ने
प्रचण्ड वलीले गरे यस्तो घिनलाग्दो काम
प्रचण्ड वलीले गरे यस्तो घिनलाग्दो काम
बाबुराम भट्टराईलाई छोडेकी करिष्मा मानन्धर अर्को हप्ता नेकपा प्रवेश गर्दै
पाँचखालको तरकारीमा विषादी अवशेष घट्यो : प्रतिवेदन
पाँचखालको तरकारीमा विषादी अवशेष घट्यो : प्रतिवेदन
करोडौँ लगानीमा ‘वनवास’
विर्तामोड नगरपालिककाको वडा कार्यालयमा बम विस्फोट
अन्तर्वार्ताः समृद्ध भरतपुर नै मेरो सपना : महानगरपालिका प्रमुख रेनु दाहाल
अन्तर्वार्ताः समृद्ध भरतपुर नै मेरो सपना : महानगरपालिका प्रमुख रेनु दाहाल
दुर्गा प्रसाईले प्रेस विज्ञप्ति निकाल्दै मागे माफि
दुर्गा प्रसाईले प्रेस विज्ञप्ति निकाल्दै मागे माफि
माध्यमिक बिद्यालय शिक्षक युनियन नेपाल (हिस्टुन) ले सरकारसामू अघि सार्यो १२ बुँदे माग, पूरै तलब नदिए अख्तियार जाने चेतावनी
माध्यमिक बिद्यालय शिक्षक युनियन नेपाल (हिस्टुन) ले सरकारसामू अघि सार्यो १२ बुँदे माग, पूरै तलब नदिए अख्तियार जाने चेतावनी
नेपाल कम्युनिस्ट पार्टी स्थापनाकाे ७३ वर्ष पूरा
नेपाल कम्युनिस्ट पार्टी स्थापनाकाे ७३ वर्ष पूरा

तपाईंले छुटाउनुभयो कि?