उपराष्ट्रपति ,राष्ट्रपति तथा प्रधानमन्त्रीद्वारा माघे संक्रान्तिको शुभकामना

Abhiyanpost Abhiyanpost
|
सोमबार, माघ १, २०७४
|
१
|
६० पटक हेरिएको
Shares
उपराष्ट्रपति ,राष्ट्रपति तथा प्रधानमन्त्रीद्वारा माघे संक्रान्तिको शुभकामना

सारांश

  • राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनले आज मकर संक्रान्ति तथा माघी पर्वको अवसरमा छुट्टाछुट्टै शुभकामना सन्देश जारी गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गरेका छन् ।
  • सन्देशमा राष्ट्रपति भण्डारीले नेपालमा हरेक जातजाति र क्षेत्रमा मनाइने चाडपर्वको आ-आफ्नै राष्ट्रिय महत्व रहेको भन्दै यसले नेपाललाई विश्व सामु चिनाउन महत्वपूर्ण भूमिका खेलेको बताएकी छिन् ।
  • यस्ता पर्वले नेपालका विभिन्न जातजाति बीच एकआपसमा भाइचाराको सम्बन्ध बढाई राष्ट्रिय एकता सुदृढ बनाउन मद्दत गर्ने राष्ट्रपतिले विश्वास व्यक्त गरेकी छिन् ।

राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनले आज मकर संक्रान्ति तथा माघी पर्वको अवसरमा छुट्टाछुट्टै शुभकामना सन्देश जारी गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गरेका छन् ।

सन्देशमा राष्ट्रपति भण्डारीले नेपालमा हरेक जातजाति र क्षेत्रमा मनाइने चाडपर्वको आ-आफ्नै राष्ट्रिय महत्व रहेको भन्दै यसले नेपाललाई विश्व सामु चिनाउन महत्वपूर्ण भूमिका खेलेको बताएकी छिन् ।

यस्ता पर्वले नेपालका विभिन्न जातजाति बीच एकआपसमा भाइचाराको सम्बन्ध बढाई राष्ट्रिय एकता सुदृढ बनाउन मद्दत गर्ने राष्ट्रपतिले विश्वास व्यक्त गरेकी छिन् ।

राष्ट्रपतिको सन्देशमा भनिएको छ, “हाम्रा चाडपर्वले हाम्रो भौगोलिक, धार्मिक, सांस्कृतिक, जातीय र भाषिक विविधतालाई आपसमा गाँसेर सामाजिक सद्भाव, राष्ट्रिय एकता र साझा नेपाली पहिचान, अनेकतामा एकता कायम गर्नमा महत्वपूर्ण योगदान गरेका छन् ।”

यसैगरी उपराष्ट्रपति पुनले ‘नेपालका मगर, थारु र छन्त्याल समुदायको महान् सांस्कृतिक पर्व एवं नेपालीहरुको महत्वपूर्ण चाड माघे संक्रान्ति/माघी पर्व–२०७४ को अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

यता प्रधानमन्त्री शेरबहादुर देउवाले पनि थारु समुदायको महान चाड माघी पर्व तथा नेपालका विभिन्न समुदायले मनाउने माघे संक्रान्ति चाडको अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन् ।

प्रधानमन्त्री देउवाले आज एक शुभकामना सन्देश मार्फत यस पर्वले सम्पूर्ण नेपालीबीचमा कायम रहेको सद्भाव, सहिष्णुता र एकतालाई अझ प्रगाढ बनाउँदै जाने विश्वास व्यक्त गरेका छन् । साथै उनले थारू समुदायको समग्र हितका लागि संविधानमा थारू आयोगको व्यवस्था गरिएको र यो व्यवस्थाको कार्यान्वयन मार्फत थारू समुदायको विकास र उत्थान हुने उल्लेख गरे ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Mahendra Raj Malla

    मात्र औपचारिकता।

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री दाहालकाे जवाफ : एक महिनाभित्र नागरिकता समस्या समाधान गर्छाैं :
प्रधानमन्त्री दाहालकाे जवाफ : एक महिनाभित्र नागरिकता समस्या समाधान गर्छाैं :
कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशन माघ २४ गते हुने
कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशन माघ २४ गते हुने
प्रधानाध्यापकको सरुवा गरेपछि वीरगञ्जको घण्टाघर तनावग्रस्त
प्रधानाध्यापकको सरुवा गरेपछि वीरगञ्जको घण्टाघर तनावग्रस्त
कांग्रेस उम्मेदवारको गाडीमा बम पड्कियो
कांग्रेस उम्मेदवारको गाडीमा बम पड्कियो
सहकारी ठगी प्रकरणः पूर्वडीआईजी छविलाल जोशी पक्राउ
सहकारी ठगी प्रकरणः पूर्वडीआईजी छविलाल जोशी पक्राउ
४८२ जना कोरोना संक्रमित थपिए, कुल संक्रमित १४ हजार ४६
४८२ जना कोरोना संक्रमित थपिए, कुल संक्रमित १४ हजार ४६
जाँदाजाँदै जर्मनी राजदूतले भने–“बिदा मिलाएर घुम्न आउँछु”
जाँदाजाँदै जर्मनी राजदूतले भने–“बिदा मिलाएर घुम्न आउँछु”
अलराउन्डर वरियतामा सन्दिपको २२ स्थान सुधार, दीपेन्द्र र कुशलकाे वरियता खस्कियो
अलराउन्डर वरियतामा सन्दिपको २२ स्थान सुधार, दीपेन्द्र र कुशलकाे वरियता खस्कियो
मुख्यमन्त्री चयनको जिम्मा प्रदेश कमिटीलाई दिने एमालेको निर्णय
मुख्यमन्त्री चयनको जिम्मा प्रदेश कमिटीलाई दिने एमालेको निर्णय
श्रीया सुनार हत्याका अनुसन्धानकर्ता प्रमुख प्रहरी नायव उपरिक्षक नविन कार्की सम्मानित
श्रीया सुनार हत्याका अनुसन्धानकर्ता प्रमुख प्रहरी नायव उपरिक्षक नविन कार्की सम्मानित

तपाईंले छुटाउनुभयो कि?