हिमानी ट्रष्टको नाममा ठगि गरेको आरोपमा एक व्यक्ति पक्राउ

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, बैशाख १, २०७४
|
|
७५२ पटक हेरिएको
Shares
हिमानी ट्रष्टको नाममा ठगि गरेको आरोपमा एक व्यक्ति पक्राउ

सारांश

  • हिमानी ट्रष्टमा जागिर लगाइदिने भन्दै १५४ जना सर्वसाधारणलाई ठगी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् ।
  • पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–२० निवासी ६६ वर्षीय नित्यरत्न शाक्य रहेका छन् ।
  • उनले १५४ सर्वसाधारणबाट करिब रु १४ लाख ठगी गरेको इप्रका, बिर्तामोडले जनाएको छ ।

हिमानी ट्रष्टमा जागिर लगाइदिने भन्दै १५४ जना सर्वसाधारणलाई ठगी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–२० निवासी ६६ वर्षीय नित्यरत्न शाक्य रहेका छन् । उनले १५४ सर्वसाधारणबाट करिब रु १४ लाख ठगी गरेको इप्रका, बिर्तामोडले जनाएको छ ।

आफू हिमानी ट्रष्टको प्रत्यक्ष निगरानीमा सञ्चालन हुने हु वल्र्डवाइड एसोसिएसन, झापाको निर्देशक भएको बताउँदै संस्थाको विभिन्न पदमा जागिर लगाउने प्रलोभन देखाएर सर्वसाधारणबाट सो रकम ठगी गरेको बुझिएको छ ।

पक्राउ परेका शाक्यले स्वीडेनको दातृ संस्थाबाट सञ्चालित हिमानी ट्रष्टका नाममा झापामा कार्यालय सञ्चालन गर्दैआएको र झापा, मोरङ, इलाम, पाँचथर र ताप्लेजुङका सर्वसाधारणबाट रकम ठगी गरेको बुझिएको छ  ।

हिमानी ट्रष्टद्वारा सञ्चालित हु वल्र्डवाइड एसोसिएसन संस्था झापाको बिर्तामोडमा हिमानीले उद्घाटन गर्ने र सोही संस्थामा विभिन्न पदमा जागिर लगाइदिने आश्वासन बाँडेर उनले सर्वसाधारणलाई ठगी गरेको हो  ।

इप्रकामा आफूहरु ठगिएको भन्दै सर्वसाधारणले उजुरी गरेपछि प्रहरी निरीक्षक ज्ञानबहादुर विष्टले ठगीमा संलग्न शाक्यलाई काठमाडौँस्थित उनकै घरबाट पक्राउ गरेको बताइएको छ ।

ठगी मुद्दामा जिल्ला अदालत, झापामा बिहीबार म्याद थप गरी शाक्यमाथि थप अनुसन्धान थालिएको प्रहरी जनाएको छ ।

(https://valorhealthcare.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वाचा पूरा गरेरै छाड्छौँ : नेम्वाङ
वाचा पूरा गरेरै छाड्छौँ : नेम्वाङ
जनवादी कलाकारले जुटाए’दिलबहादुर बचाउन’सवा लाख
जनवादी कलाकारले जुटाए’दिलबहादुर बचाउन’सवा लाख
चिया बेचेर रु ६० हजार बचत गर्दै विपना
चिया बेचेर रु ६० हजार बचत गर्दै विपना
ओलीद्वारा प्रचण्डलाई दौडाएको दौडायै
फेवा–लुम्बिनी–रारा पर्यटन एक्सप्रेसवे : प्रदेश ४, ५ र ६ को समृद्धिको गेमचेन्जर परियोजना
फेवा–लुम्बिनी–रारा पर्यटन एक्सप्रेसवे : प्रदेश ४, ५ र ६ को समृद्धिको गेमचेन्जर परियोजना
धुलिखेल अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मी एकान्तबासमा,अत्यावश्यक सेवाबाहेक अन्य बन्द
धुलिखेल अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मी एकान्तबासमा,अत्यावश्यक सेवाबाहेक अन्य बन्द
लुम्बिनी प्रदेशमा प्रतिपक्ष दल एमाले र सरकारबीच सहमति
लुम्बिनी प्रदेशमा प्रतिपक्ष दल एमाले र सरकारबीच सहमति
अन्तर्राष्ट्रिय उडानमा भारी कटौती
अन्तर्राष्ट्रिय उडानमा भारी कटौती
बलिया टिमलाई पाखा लगाउँदै फाइनलसम्म पुगेकाे क्रोएसियाबारे जान्नै पर्ने कुराहरु
बलिया टिमलाई पाखा लगाउँदै फाइनलसम्म पुगेकाे क्रोएसियाबारे जान्नै पर्ने कुराहरु
बिद्यार्थीले बोलेको क्याम्पसले सुन्नु छ मौका अायो साथि हो अनेरास्ववियु चुन्नु छ
बिद्यार्थीले बोलेको क्याम्पसले सुन्नु छ मौका अायो साथि हो अनेरास्ववियु चुन्नु छ

तपाईंले छुटाउनुभयो कि?