आइसिसि लिग डिभिजिन २ का लागि को को परे टिममा ?
सारांश
- नामिबियामा हुने आईसिसि वल्ड क्रिकेट लिगकोलागि नेपाली राष्ट्रिय क्रिकेट टिमको घोषणा भएको छ ।
- कप्तान पारस खडकाको कप्तानीमा रहने नेपाली टोलीमा युवा खेलाडी रोहित कुमार पौडेलले डेब्यू गर्दैछन।
- अन्य खेलाडीमा उपकप्तान ज्ञानेन्द्र मल्ल, वसन्त रेग्मी, शरद भेषावकर, सोमपाल कामी,करण केसी,आरिफ शेख,सन्दीप लामिछाने,दीपेन्द्र सिंह एेरी,दिलीप नाथ,ललित भण्डारी र अनिल कुमार शाह रहेका छन ।
नामिबियामा हुने आईसिसि वल्ड क्रिकेट लिगकोलागि नेपाली राष्ट्रिय क्रिकेट टिमको घोषणा भएको छ । कप्तान पारस खडकाको कप्तानीमा रहने नेपाली टोलीमा युवा खेलाडी रोहित कुमार पौडेलले डेब्यू गर्दैछन।
अन्य खेलाडीमा उपकप्तान ज्ञानेन्द्र मल्ल, वसन्त रेग्मी, शरद भेषावकर, सोमपाल कामी,करण केसी,आरिफ शेख,सन्दीप लामिछाने,दीपेन्द्र सिंह एेरी,दिलीप नाथ,ललित भण्डारी र अनिल कुमार शाह रहेका छन ।
अधिकांश पुरानै अनुहार टिममा रहँदा ईपिएलमा फिनिसरको उपाधि पाएका रोहितले पहिलो पटक टिममा स्थान पाएका छन । १४ सदस्यीय टिममा अर्का युवा खेलाडी अनिल कुमार शाह यस अगाडी टिममा परेपनि खेल्ने अवसर भने पाएका थिएनन। यो पटक अनिल र रोहितले पहिलो पटक राष्ट्रिय टिमबाट खेल्न सक्छन ।
डिभिजन टु माघ २५ देखी नामिबियामा सुरू हुदैछ । प्रतियोगितामा नेपाल सहित युएई,क्यानडा,नामिबिया,केन्या र ओमानले प्रतिस्पर्धा गर्नेछन । यो प्रतियोगिता जीम्बाबेमा हुने एकदिवसिय विश्व कप क्रिकेटको छनौट पनि हो ।
दुई शीर्ष टोली छनौटमा पर्नेछन । तयारीकोलागि नेपाली टोली शनिवार तयारीकोलागि दुबई जानेछ ।
प्रतिक्रिया