आजै मुख्यमन्त्रीको भागबन्डा गर्ने तयारीका साथ कार्यदल बैठक सुरु
सारांश
- काठमाडौं, १४ माघ ।
- बाम गठवन्धनको कार्यदल बैठक सिंहदरवारस्थित एमाले संसदीय दलको कार्यलयमा सुरु भएको छ ।
- बैठकमा प्रदेश सरकार गठनका विषयमा छलफल हुने बताइएको छ ।
काठमाडौं, १४ माघ । बाम गठवन्धनको कार्यदल बैठक सिंहदरवारस्थित एमाले संसदीय दलको कार्यलयमा सुरु भएको छ । बैठकमा प्रदेश सरकार गठनका विषयमा छलफल हुने बताइएको छ ।
बैठकले ६ वटा प्रदेशको मुख्यमन्त्री र सभामुख टुङगोे लगाउने बताइउको छ । प्रदेश सरकार गठन र पार्टी एकता प्रक्रियाबारे छलफल हुने कार्यदलका सदस्य तथा एमाले नेता सुरेन्द्र पाण्डेले बताए ।
कार्यदलभित्र मुख्यमन्त्री पहिला टुङग्याउने गरी छलफल सुरु भएकाले सम्भवत आज उक्त विषयको टुङगो लाग्नेछ ।
बैठकमा एमालेका सुवास नेम्वाङ, शंकर पोखरेल, सुरेन्द्र पाण्डे तथा माओवादीका रामबहादुर थापा बादल र मात्रिका यादव सहभागि छन् ।
प्रतिक्रिया