भ्रमण सफल भएको भारतले गर्यो दाबी

Abhiyanpost Abhiyanpost
|
शनिबार, माघ २०, २०७४
|
|
४६ पटक हेरिएको
Shares
भ्रमण सफल भएको भारतले गर्यो दाबी

सारांश

  • काठमाडौं, २० माघ- भारत सरकारले आफ्ना विदेशमन्त्री सुष्मा स्वराजको दुईदिने नेपाल भ्रमणलाई ‘सफल’ भएको दाबी गरेको छ ।
  • प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनपछि तर नयाँ सरकार गठन नहुँदै भएको स्वराजको आगमनलाई नेपालभित्र ‘कुबेलाको भ्रमण’ भन्दै आलोचना गरिए पनि भारतले भने सफल भएको दाबी गरेको हो ।
  • ‘सफल भ्रमणको अन्त्य गर्दै विदेशमन्त्री सुष्मा स्वराज स्वदेश (भारत) प्रस्थान गर्नुभएको छ,’ काठमाडौंस्थित भारतीय दूतावासले दुईदिने नेपाल भ्रमण सम्पन्न गरी शुक्रबार स्वराज स्वदेश फर्केपछि ट्विट गरेको छ ।

काठमाडौं, २० माघ- भारत सरकारले आफ्ना विदेशमन्त्री सुष्मा स्वराजको दुईदिने नेपाल भ्रमणलाई ‘सफल’ भएको दाबी गरेको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनपछि तर नयाँ सरकार गठन नहुँदै भएको स्वराजको आगमनलाई नेपालभित्र ‘कुबेलाको भ्रमण’ भन्दै आलोचना गरिए पनि भारतले भने सफल भएको दाबी गरेको हो ।

‘सफल भ्रमणको अन्त्य गर्दै विदेशमन्त्री सुष्मा स्वराज स्वदेश (भारत) प्रस्थान गर्नुभएको छ,’ काठमाडौंस्थित भारतीय दूतावासले दुईदिने नेपाल भ्रमण सम्पन्न गरी शुक्रबार स्वराज स्वदेश फर्केपछि ट्विट गरेको छ ।

स्वराजको आकस्मिम नेपाल भ्रमणलाई नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले ‘राजनीति र कूटनीतिको सामान्य अभ्यास अनुरुप अहिलेको भ्रमण भएको छैन’ भन्दै आलोचना गरेका छन् । नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले पनि ‘अनुपयुक्त समयको भ्रमण’ बताएका छन् ।

नेपालभित्र आलोचना भए पनि करिब २४ घन्टा नेपाल बसाइँमा स्वराजले विभिन्न पार्टीका डेढ दर्जनभन्दा बढी नेतासँग भेट गरिन् । उनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग स्वदेश फर्किनु केही घन्टाअघि शिष्टाचार भेट गरेकी थिइन् ।राष्ट्रपति र प्रधानमन्त्रीसँगको भेटमा स्वराजले नयाँ संविधानअनुसार सफलतापूर्वक निर्वाचन सम्पन्न गरी नेपाल राजनीतिक स्थिरता, विकास र समृद्धिको मार्गमा अघि बढेकोमा बधाई तथा शुभकामना दिएकी थिइन् ।

‘नयाँ संविधानअन्तर्गत निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा भारतीय विदेशमन्त्रीले बधाई दिँदै खुसी व्यक्त गर्नुभयो,’ भेटबारे जानकारी दिँदै प्रधानमन्त्री देउवाका विदेश मामिला सल्लाहकार दिनेश भट्टराईले भने, ‘नेपालको स्थिरता र विकासमा भारतीय सहयोग निरन्तर रहने प्रतिबद्धता उहाँले जनाउनुभयो ।’

नयाँ संविधानअनुसार निर्वाचन सफलतापूर्वक सम्पन्न गरेकोमा प्रधानमन्त्री देउवालाई उनले बधाई दिएकी थिइन् । सो भेटमा नेपाल–भारत द्विपक्षीय सम्बन्धका सबै आयममा सामान्य छलफल भएको थियो । प्रधानमन्त्रीसँग स्वराजको भेटमा अर्थमन्त्री ज्ञानेन्द्र कार्की, उद्योगमन्त्री सुनील थापा, अर्थ राज्यमन्त्री उदयशमशेर राणा, प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार भट्टराई, प्रधानमन्त्रीका आर्थिक सल्लाहकार ज्ञानचन्द्र आचार्य, परराष्ट्र सचिव शंकरदास बैरागीलगायत उपस्थित थिए ।

देउवासँग भेट गर्नुअघि शुक्रबार बिहान स्वराजले माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल र संघीय समाजवादी फोरम नेपालका अध्यक्ष तथा पूर्वपरराष्ट्र मन्त्री उपेन्द्र यादवसँग भेट गरेकी थिइन् । भेटवार्ताका लागि दाहाल र यादव स्वराज बसेको सोल्टी होटल पुगेका थिए । स्वराजले दाहाल र यादवसँग ‘वान अन वान’ वार्ता गरेकी थिइन् ।

‘सुष्माजीको सद्भाव भ्रमण हो जस्तो मैले बुझें,’ भेटपछि पत्रकारसँग दाहालले भने, ‘अहिले नेपालको चुनावपछिको परिस्थिति र सरकार गठनतयारीबारे सकारात्मक एवं रचनात्मक कुरा भए ।’
भेटमा स्वराजले आउँदा दिनमा नेपालको राजनीति कसरी अघि बढ्छ भन्ने जिज्ञासा राखेको दाहालले बताए । ‘मुख्यतया मैले राजनीतिक स्थिरता र विकास नेपाललाई चाहिन्छ, छिमेकीहरुसँग राम्रो सम्बन्ध बनाएर त्यसमा सहयोग जुटाउँछौं भन्ने धारणा राखें,’ उनले भने । स्वराजले नेपालको स्थिरता र विकासमा भारतको पूरै सहयोग रहने बताएकी थिइन् ।/नागरिक दैनिक

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कुनै पनि कसर बाँकी नराखेर सुरक्षा प्रबन्ध मिलाइएको छ : गृहसचिव सापकोटा
कुनै पनि कसर बाँकी नराखेर सुरक्षा प्रबन्ध मिलाइएको छ : गृहसचिव सापकोटा
हस्ताक्षर किर्ते गरिएको भन्दै माओवादी केन्द्रका ३५ सांसदद्धारा नेतृत्वमाथि विद्रोहको चेतावनी, प्रचण्ड ट्वाँ !
हस्ताक्षर किर्ते गरिएको भन्दै माओवादी केन्द्रका ३५ सांसदद्धारा नेतृत्वमाथि विद्रोहको चेतावनी, प्रचण्ड ट्वाँ !
ओली-प्रचण्ड गोप्य वार्ता
ओली-प्रचण्ड गोप्य वार्ता
तारागाउँ रिजेन्सीमा अनियमितता भएको संसदीय उपसमितिको निष्कर्ष
तारागाउँ रिजेन्सीमा अनियमितता भएको संसदीय उपसमितिको निष्कर्ष
राष्ट्रपति भण्डारी चीन प्रस्थान
राष्ट्रपति भण्डारी चीन प्रस्थान
गठबन्धनका नाममा चरम स्वार्थी समूह राज्यशक्तिको दुरुपयोगमा सक्रिय छ : ओली
गठबन्धनका नाममा चरम स्वार्थी समूह राज्यशक्तिको दुरुपयोगमा सक्रिय छ : ओली
महानगरीय प्रहरी वृत्त र ट्राफिक प्रहरी प्रभागका २० जनामा कोरोना संक्रमण
चार प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
धरानमा थप एक सङ्क्रमितको मृत्यु
सागको चौंथो दिन १६ खेल, कुन खेल कहाँ ?
सागको चौंथो दिन १६ खेल, कुन खेल कहाँ ?