पर्सामा बाढीबाट नौ हजारभन्दा बढी प्रभावित

Abhiyanpost Abhiyanpost
|
बिहिबार, भाद्र १, २०७४
|
|
५० पटक हेरिएको
Shares
पर्सामा बाढीबाट नौ हजारभन्दा बढी प्रभावित

सारांश

  • पर्सा, १ भदौ ।
  • पर्सामा आएको बाढीबाट नौ हजारभन्दा बढी व्यक्ति प्रभावित भएको प्रहरीले जनाएको छ ।
  • साउन २६ गतेदेखि २९ गतेसम्म लगातार चार दिन परेको अविरल वर्षाको कारण जिल्लामा रहेका खोलाको पानी मानवबस्तीमा प्रवेश गर्दा दुई हजारभन्दा बढी घर डुबान हुँदा त्यसबाट नौ हजारभन्दा बढी व्यक्ति प्रभावित भएका हुन् ।

पर्सा, १ भदौ । पर्सामा आएको बाढीबाट नौ हजारभन्दा बढी व्यक्ति प्रभावित भएको प्रहरीले जनाएको छ ।

साउन २६ गतेदेखि २९ गतेसम्म लगातार चार दिन परेको अविरल वर्षाको कारण जिल्लामा रहेका खोलाको पानी मानवबस्तीमा प्रवेश गर्दा दुई हजारभन्दा बढी घर डुबान हुँदा त्यसबाट नौ हजारभन्दा बढी व्यक्ति प्रभावित भएका हुन् ।

चार दिन लगातार परेको वर्षा र खोला तथा गण्डक नहरको पानी मानव बस्तीमा प्रवेश गर्दा भएको डुबानमा परी ८५० घर पूर्णरुपमा क्षति र ९५० वटा घरमा आंशिक क्षति पुगेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले जानकारी दिनुभयो ।

उहाँले बाढीका कारण घरबारविहीन भएकालाई नजिकैको सामुदायिक विद्यालय तथा उच्च स्थानमा जिल्ला दैविप्रकोप उद्धार समितिबाट उपलब्ध गराएको त्रिपालमा बासको व्यवस्था गरिएको बताउनुभयो ।

विगत तीन दिनदेखि वर्षा नभएपछि बस्तीमा पसेको पानी कम हुँदै गएपछि डुबानमा रहेका बस्तीमा सर्वसाधारण फिर्ता हुने क्रम शुरु भएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी दुर्गादत्त पौडेलले बुधबार जानकारी दिनुभयो ।

उहाँले घरबारविहीन भएका र खाना पकाउन नसक्ने अवस्था भएका स्थानका बाढीपीडितका लागि दैविप्रकोप उद्धार समितिले खानाको प्रबन्ध मिलाएको बताउनुभयो ।

वीरगन्जका विभिन्न संघ संस्था तथा उद्योगपतिले दिएको पाँच हजार किलो राहत सामग्री बुधबार डुबान प्रभावित क्षेत्रमा पठाएको सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिनुभयो ।

उहाँले वीरगञ्ज महानगरपालिकाले उपलब्ध गराएका चारवटा टिपर र सुरक्षा निकायसँग रहेका बाहनको सहयोगमा एक हजार ५०० किलो चामल, एक हजार ५०० किलो चिउरा, एक हजार १०० किलो भुजा, तीन हजार प्याकेट चाउचाउ, दाल, आलु, नुन, मसला र खानेपानी डुबान प्रभावित क्षेत्रमा पु-याएको बताउनुभयो ।

बाढीबाट बढी प्रभावित भएका पर्साको जानकीटोला, दशौता, भिष्वा, बुडगाई, सम्भौता, जयमङ्गलापुर, टिहुकी, मिर्जापुर, असवारी, धोवनीलगायतका स्थानमा राहत सामग्री पु¥याउन नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी दिनरात खटिरहेको सहायक प्रजिअ पौडेलको भनाइ रहेको छ ।

पर्सामा हाल उद्धार र राहत वितरण कार्य नै भइरहेकाले डुबानबाट भएको क्षतिको यकिन विवरण संकलन हुन नसकेको स्थानीय प्रशासनले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सलमान ५४ औँ वर्षमा प्रवेश, भव्यका साथ जन्मदिन मनाए
सलमान ५४ औँ वर्षमा प्रवेश, भव्यका साथ जन्मदिन मनाए
कान्तिपुर दैनिक, नागरिक दैनिक र अन्नपूर्ण पोष्ट पत्रिकामा अागाे दन्कियाे !
कान्तिपुर दैनिक, नागरिक दैनिक र अन्नपूर्ण पोष्ट पत्रिकामा अागाे दन्कियाे !
मन्त्रिपरिषद बस्नुअघि प्रधानमन्त्री ओलीद्वारा राष्ट्रपति भण्डारीसँग भेट, के कदम चाल्लान् ?
मन्त्रिपरिषद बस्नुअघि प्रधानमन्त्री ओलीद्वारा राष्ट्रपति भण्डारीसँग भेट, के कदम चाल्लान् ?
व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मीलाई तत्काल फिर्ता बोलाउनुः गृह मन्त्रालय
व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मीलाई तत्काल फिर्ता बोलाउनुः गृह मन्त्रालय
प्रदेश २ मा पर्यटकजस्ता कर्मचारी
प्रदेश २ मा पर्यटकजस्ता कर्मचारी
सप्तरीको भारदहमा ट्र्याक्टर दुर्घटना १ को मृत्यु अन्य १९ जना घाइते
सप्तरीको भारदहमा ट्र्याक्टर दुर्घटना १ को मृत्यु अन्य १९ जना घाइते
अवरुद्ध राजमार्ग तत्काल सञ्चालन गर्ने व्यवस्था मिलाउन कार्यबाहक प्रधानमन्त्री खड्काको निर्देशन
अवरुद्ध राजमार्ग तत्काल सञ्चालन गर्ने व्यवस्था मिलाउन कार्यबाहक प्रधानमन्त्री खड्काको निर्देशन
पिताको लाससँग १२ वर्ष बिताएकी यी महिला
पिताको लाससँग १२ वर्ष बिताएकी यी महिला
११ महिने छोराको मिर्गौला दान गर्ने नेपाली दम्पत्ति
११ महिने छोराको मिर्गौला दान गर्ने नेपाली दम्पत्ति
कम्युटर अपरेटरले ७ हजार घुस लिएपछि भ्रष्टाचार मुद्दा
कम्युटर अपरेटरले ७ हजार घुस लिएपछि भ्रष्टाचार मुद्दा

तपाईंले छुटाउनुभयो कि?