सरकार डा. केसी वार्ता भंग

Abhiyanpost Abhiyanpost
|
शनिबार, आश्विन २४, २०७७
|
|
४० पटक हेरिएको
Shares
सरकार डा. केसी वार्ता भंग

सारांश

  • सरकार र डा गोविन्द केसी पक्षबीचको वार्ता भंग भएको छ ।
  • दोस्रो दिन शुक्रबार भएको वार्तामा सहमति नभएपछि डा केसीतर्फको वार्ता टोलीले आन्दोलनका थप कार्यक्रम गर्ने चेतावनी दिएको छ ।
  • वार्ता टोली संयोजक डा जीवन क्षत्रीले वार्ताबाट सरकार पछि हटेकाले शनिबारबाट आन्दोलन सुरु हुने जानकारी दिए ।

सरकार र डा गोविन्द केसी पक्षबीचको वार्ता भंग भएको छ । दोस्रो दिन शुक्रबार भएको वार्तामा सहमति नभएपछि डा केसीतर्फको वार्ता टोलीले आन्दोलनका थप कार्यक्रम गर्ने चेतावनी दिएको छ । वार्ता टोली संयोजक डा जीवन क्षत्रीले वार्ताबाट सरकार पछि हटेकाले शनिबारबाट आन्दोलन सुरु हुने जानकारी दिए ।

संयोजक डा क्षत्रीले शुक्रबार दिनभर सरकारी टोलीले वार्तामा बस्नै आलटाल गरेको सुनाए । ‘डा केसीको स्वास्थ्य जोखिममा परिराखेको हुनाले गम्भीर भएर अल्टिमेटम दियौं । वार्ता नगर्ने भए प्रेस मिट गर्छौ भनेपछि वार्तामा बोलाइएको थियो’, उनले भने, ‘हिजो (बिहीबार) जुन खालको समझदारी एवं सम्झौता भएको थियो, त्यसबाट सरकारी टोली पछाडि फर्कियो ।’ उनले तत्काल वार्ता हुनेमा आफू आशावादी नरहेको बताए । ‘हामी जुनसुकै बेला पनि वार्तामा बस्न तयार छौं’, उनले भने ।

डा केसीका मागका सम्बन्धमा बिहीबार भएको चरणबद्ध वार्तामा सामान्य समझदारी भएको थियो । त्यसलाई शुक्रबार अन्तिम रूप दिने मौखिक सहमति थियो । सरकारी वार्ता टोलीका संयोजक एवं शिक्षा मन्त्रालयका सचिव गोपीनाथ मैनालीले डा केसी पक्षले उठाएका केही माग पूरा गर्ने म्यान्डेट आफूसँग नरहेको बताएको आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खवर छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रभावकारी बन्दै सुनौलो हजार दिन
प्रभावकारी बन्दै सुनौलो हजार दिन
असोज ८ गते विहिवारको राशिफल यस्तो छ
असोज ८ गते विहिवारको राशिफल यस्तो छ
१४ पूर्वप्रधानन्यायाधीशले फिर्ता गरेनन् सरकारी गाडी ,कल्याण श्रेष्ठको सबैभन्दा महंगो
१४ पूर्वप्रधानन्यायाधीशले फिर्ता गरेनन् सरकारी गाडी ,कल्याण श्रेष्ठको सबैभन्दा महंगो
शुक्रबारको स्टोरीले प्रियंका–आयुष्मानको इन्गेजमेन्टमा धक्का !
शुक्रबारको स्टोरीले प्रियंका–आयुष्मानको इन्गेजमेन्टमा धक्का !
भ्रष्टाचारी आरोपित महानिर्देशक शर्माको घरमा विप्लव कार्यकर्ताको तोडफोड
भ्रष्टाचारी आरोपित महानिर्देशक शर्माको घरमा विप्लव कार्यकर्ताको तोडफोड
विश्वकप फुटबल २०१८:  रेखा थापाको रोजाइ कुन टिम र कुन खेलाडि ?
विश्वकप फुटबल २०१८: रेखा थापाको रोजाइ कुन टिम र कुन खेलाडि ?
किन डाउन गरियो राष्ट्रपति कार्यालय अगाडि क्यामेरा ?
किन डाउन गरियो राष्ट्रपति कार्यालय अगाडि क्यामेरा ?
एसिया प्यासेफिक सम्मेलनको विरोध गर्दै प्रदर्शन, ३० जनाभन्दा बढी पक्राउ
एसिया प्यासेफिक सम्मेलनको विरोध गर्दै प्रदर्शन, ३० जनाभन्दा बढी पक्राउ
संसदको हिउँदे अधिवेशन भोलि : सभामुख विहीन संसद
संसदको हिउँदे अधिवेशन भोलि : सभामुख विहीन संसद
नागरिकता नहुँदा सामाजिक सुरक्षा भत्ता पाउनबाट वञ्चित