चार सचिवको सरुवा, स्थानीय विकासमा दिनेश थपलिया

Abhiyanpost Abhiyanpost
|
बिहिबार, बैशाख १४, २०७४
|
|
२३७ पटक हेरिएको
Shares
चार सचिवको सरुवा, स्थानीय विकासमा दिनेश थपलिया

सारांश

  • सरकारले चारजना सचिवको सरुवा गरेको छ ।
  • निर्वाचन आयोगको सहमतिमा बुधबार बसेको मन्त्रिपरिषद बैठकले सचिवहरु दिनेश थपलिया, केदारबहादुर अधिकारी, सर्वजितप्रसाद महतो र सञ्जय शर्मालाई सरुवा गरेको हो ।
  • मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री कार्यालयका सचिव थपलियालाई स्थानीय विकास मन्त्रालयमा सरुवा गरेको छ ।

सरकारले चारजना सचिवको सरुवा गरेको छ । निर्वाचन आयोगको सहमतिमा बुधबार बसेको मन्त्रिपरिषद बैठकले सचिवहरु दिनेश थपलिया, केदारबहादुर अधिकारी, सर्वजितप्रसाद महतो र सञ्जय शर्मालाई सरुवा गरेको हो ।
मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री कार्यालयका सचिव थपलियालाई स्थानीय विकास मन्त्रालयमा सरुवा गरेको छ । थपलिया स्थानीय तहका अनुभवी प्रशासक हुन् ।

स्थानीय तहको व्यवस्थापनको कामलाई सहज र व्यवस्थित बनाउन थपलियालाई स्थानीय विकास पठाएको मन्त्रिपरिषद कार्यालयले जनाएको छ ।

यस्तै स्थानीय विकासका सचिव केदारबहादुर अधिकारीलाई प्रधानमन्त्री कार्यालयमा लगिएको छ । उनी पहिले पनि प्रधानमन्त्री कार्यालयका सचिव थिए । उनी अघिल्ला मन्त्री हितराज पाण्डेका पालामा स्थानीय विकासमा सरुवा भएका थिए ।

सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव सञ्जय शर्मालाई विज्ञान तथा प्रविधि मन्त्रालयमा सरुवा गरेको छ ।

उनीमाथि पुनर्निर्माणको काममा सीईओलाई असहयोग गरेको आरोप लाग्दै आएको थियो । राष्ट्रिय प्राधिकरणमा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव सर्वजीतप्रसाद महतोलाई लगिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एसिया कप क्रिकेट : नेपालद्वारा भारतलाई जितका लागि २३१ रनको चुनौती प्रस्तुत
एसिया कप क्रिकेट : नेपालद्वारा भारतलाई जितका लागि २३१ रनको चुनौती प्रस्तुत
भक्तपुर २ ख बाट नेपाली काँग्रेस प्रदेश सभाका लागि मदनकृष्ण श्रेष्ठ सर्बसम्मत सिफारिस,
भक्तपुर २ ख बाट नेपाली काँग्रेस प्रदेश सभाका लागि मदनकृष्ण श्रेष्ठ सर्बसम्मत सिफारिस,
ग्यास उद्योगको गाडी रोक्न खोज्ने १४ जना ग्यास विक्रेता पक्राउ….
ग्यास उद्योगको गाडी रोक्न खोज्ने १४ जना ग्यास विक्रेता पक्राउ….
कैदीबन्दी मृत्यु प्रकरण : सुरक्षा इञ्चार्जसहित १० प्रहरी र कैदीमाथि अनुसन्धान सुरु
कैदीबन्दी मृत्यु प्रकरण : सुरक्षा इञ्चार्जसहित १० प्रहरी र कैदीमाथि अनुसन्धान सुरु
नागरिकता विधेयक पुनः प्रतिनिधिसभामा
साढे चार लाख महिलाको राहदानी अस्पष्ट, कहाँ गए राहदानी लिएका महिला ?
साढे चार लाख महिलाको राहदानी अस्पष्ट, कहाँ गए राहदानी लिएका महिला ?
पेट्रोल भर्न घोडा पुगेपछि महिला कर्मचारी दंग
पेट्रोल भर्न घोडा पुगेपछि महिला कर्मचारी दंग
गत आर्थिक वर्ष राजस्व असुली २७ प्रतिशतले ब्रिद्धी
गत आर्थिक वर्ष राजस्व असुली २७ प्रतिशतले ब्रिद्धी
मुख्यमन्त्रीद्वारा हेटौडा अस्पतालको निरीक्षण
मुख्यमन्त्रीद्वारा हेटौडा अस्पतालको निरीक्षण
घुस सहित ३ जना कर्मचारी रंगेहात पक्राउ
घुस सहित ३ जना कर्मचारी रंगेहात पक्राउ

तपाईंले छुटाउनुभयो कि?