फिल्म समिक्षा: ‘पञ्चेबाजा’
सारांश
- काठमाडौं ।
- प्रेम कथामा आधारित फिल्म ‘पञ्जेबाजा’ शुक्रबार (आज)बाट प्रदर्शनमा आएको छ ।
- राजेश शाहीको निर्माण र घनश्याम लामिछानेको निर्देशन रहेको फिल्ममा सौगात मल्ल, जस्मिन श्रेष्ठ, कर्मा, बुद्धि तामाङ, सिर्जना सुब्बालगायतका कलाकारको अभिनय छ ।
काठमाडौं । प्रेम कथामा आधारित फिल्म ‘पञ्जेबाजा’ शुक्रबार (आज)बाट प्रदर्शनमा आएको छ । राजेश शाहीको निर्माण र घनश्याम लामिछानेको निर्देशन रहेको फिल्ममा सौगात मल्ल, जस्मिन श्रेष्ठ, कर्मा, बुद्धि तामाङ, सिर्जना सुब्बालगायतका कलाकारको अभिनय छ ।
सारा गुरुङ सह–निर्माता रहेको यो फिल्ममा प्रकाश घिमिरे, बिमला गिरी, देशभक्त खनाल, सविन बास्तोला, प्रमिला तुलाचन, राजेश शाही, युवराज भण्डारी, तेज गिरीसहितको पनि अभिनय छ ।
पञ्जेबाजामा कालीप्रसाद बास्कोटा र विकास चौधरीको संगीत, प्रदीप भारद्धाजको लेखन, हरि घले लामाको छायाँकन रहेको छ । ‘पञ्चेबाजा’ फिल्मले देशव्यापी रुपमा रिलिजको थालनी गरेको छ ।
पहिलो शोमा काठमाडौं बसेर रंगपत्रकारिता गरिरहेका पत्रकारहरुलाई शुक्रबार पुतलिसडकस्थित कुमारी हलमा देखाइएको थियो । चलचित्र हेरेर निस्केका सबै पत्रकारहरुले ‘पन्चेबाजा’को तारिफ गरेका छन् ।
पछिल्लो समयमा पब्लिसिटी मात्र हुने चलचित्र भने राम्रो नहुने गरेको बेला ‘पन्चेबाजा’ नपत्याउँदो चलचित्र बनेको प्रतिक्रिया आएको छ ।
दर्शकलाई राम्रै प्रभाव पार्न सक्ने
फिल्मले सौगात, जस्मिन र कर्माबीचको त्रिकोणात्मक प्रेमलाई देखाएको छ । सामाजिक कथावस्तुमा आधारित यस चलचित्रलाई पर्दामा हेरिसकेपछि सञ्चारकर्मीहरुले सकारात्मक प्रतिक्रिया दिएका हुन् ।
चलचित्र अग्निदहन निर्देशन गरेर दर्शकको मनमा बसेका घनश्यामलाई यो चलचित्रले पनि राम्रो जस दिनेछ । त्यस्तै ‘कृ’ चलचित्रबाट केही अपजस भोगेका कथाकार प्रदिप भारद्वाजको कथा पनि निकै राम्रो छ । पन्चेबाजाले प्रदिपलाई पनि राम्रो जस दिनेछ ।
सौगात मल्लको एकै किसिमको अभिनयबाट वाक्क भएकाहरुलाई पनि यो चलचित्र केही फरक लाग्न सक्छ त्यस्तै कर्माको फ्यानहरुलाई पनि न्याय हुनेछ । जस्मिन श्रेष्ठले पनि जस पाउने काम गरेकी छिन् ।
राजेश शाहिको लगानीमा निर्माण भएको पन्चेबाजा समग्रमा राम्रो चलचित्र बनेको छ ।
फिल्म चलोस् वा नचलोस् सौगात (भूपी), कर्मा र जस्मिन (रुपा)को अभिनयले भने दर्शकलाई राम्रै प्रभाव पार्छ । क्यामेरा र लाईटिङ निकै राम्रो छ । फिल्म हेर्दा हरेक दृष्य स्टाइलिस लाग्छ ।
यो एउटा समयको फिल्म हो । यस फिल्ममा हिन्दु परम्पराअनुसार गरिने विवाहको प्रसंगलाई देखाउने प्रयास गरिएको छ । पुरानो समयलाई पर्दामा प्रस्तुत गर्न खोज्दा फिल्म खर्चिलो भएको अनुमान गर्न सकिन्छ ।
अर्को कुरा यो विषयमा फिल्म बनाउन हुन्थ्यो कि हुन्न थियो भन्नेमा पनि बहस होला । किनकी यस फिल्मका मुख्य भिलेन सौगात हुन् । सौगात जस्मिनलाई आफूतिर इम्प्रेस पार्न जे गर्न पनि पछि हट्दैनन् ।
किन हेर्ने फिल्म ?
सौगात मल्ल यस चलचित्रमा भिन्न अभिनयमा खेलिरहेको देख्न सकिन्छ र उनको यो अवतार तपाईंले सायद नै देख्नुभएको होला । उनलाई तपाईंले पहिलो पटक फ्रेश अवतारमा देख्न सक्नुहुन्छ ।
फिल्मको कहानी पहिले नै ट्रेलरमा बताइसकिएको छ तर त्यसको छायांकनको तरिका हरि घले लामाले भिन्न तरिकाले पेश गर्ने कोशिश गरेका छन् जसमा धेरैजसो तपाईंले रोमान्टिक पल नै पाउनुहुनेछ ।
फिल्मको इन्टरभलपूर्व र पछिको कहानी भिन्न–भिन्न दिशामा जान्छन् जहाँ एकतर्फ सौगातको सोच केही नबुझेको जस्तो देखिन्छ भने कहानीको दोस्रो भागमा उनको सोचमा परिवर्तन आउँछ ।
फिल्ममा सौगात र कर्माले निकै राम्रो काम गरेका छन् भने जस्मिन श्रेष्ठको काम पनि तारिफयोग्य छ । उनीहरुले सहज अभिनय गरेका छन् । यता बुद्वि तामाङको पनि महत्वपूर्ण भूमिका रहेको छ ।
फिल्मको संगीत रिलिजपूर्व नै निकै रुचाइएको छ ।
कमजोर पक्षः
फिल्मको कमजोर पक्ष यसको कहानी हो । फिल्मको स्क्रिन प्ले पनि निकै बिग्रिएको देखिन्छ जसलाई यदि राम्रो तरिकाले पेश गरिएको भए कहानीको स्तर बढ्ने सम्भावना हुन्थ्यो ।
फिल्मको सोच राम्रो छ तर त्यसलाई पूर्ण तरिकाले दर्साउन निर्माता असक्षम देखिन्छन् ।
फिल्म निकै भावुक छ तर थुप्रै पटक यस्ता दृश्य आउँछन् जसमा भावुक दृश्य त हुन्छन् नै तर दर्शकको रुपमा भावुक महसुस हुँदैन जसमा काम गर्न निकै आवश्यक थियो ।
फिल्म यसरी सुरुवात हुन्छ… (कहानी)
सौगातले आफूले मन पराएको मान्छेलाई इम्प्रेस पार्नको लागि जे गर्न पनि पछि हट्दैनन् । त्यो फिल्म हेरिसकेपछि मात्र थाहा हुन्छ ।
यो माथिको हरफ पढिरहँदा तपाईंलाई लाग्ला सौगातले त्यस्तो काम गरेर आफूतिर कसरी इम्प्रेस पार्न सक्छन् ? यहाँ कुरा अर्कै छ, सौगात आफैँ काम बिगार्ने र मन पराएको मान्छेको अगाडि राम्रो बन्न खोज्ने पात्रको रुपमा देखिएका छन् ।
सौगातले आफूले मन पराएको मान्छेलाई इम्प्रेस पार्नको लागि जे गर्न पनि पछि हट्दैनन् । त्यो फिल्म हेरिसकेपछि मात्र थाहा हुन्छ ।
चलचित्रमा मुख्य रोल ४ जनाको छ । कर्मा र जस्मिन जोडी हुन् भने सौगात अविवाहित र बुद्वि तामाङ विवाहित हुन् । सौगातले फिल्ममा जस्मिनलाई कुन ठाउँमा मन पराउँछन् त्यो पनि फिल्म हेर्नैपर्ने हुन्छ ।
सौगात फिल्मको अन्त्यमा कसरी देखापर्छन त्यो बाँकी फिल्ममा हेर्न जरुरी छ ।
६५ वटा हलमा एकसाथ प्रदर्शनमा
चलचित्र ‘पञ्चेबाजा’ काठमाडौं उपत्यकाका २० र मोफसलका ४५ गरी ६५ ओटा हलमा एकसाथ प्रदर्शन भएको निर्देशक लामिछानेले जानकारी दिए ।
निर्देशक लामिछानेले आफूहरुले एक वर्षसम्म स्क्रिप्टमा बसेर फिल्मको छायाँकन गरेको बताए । उनले आफूले पनि विगतका फिल्म भन्दा बिल्कुलै फरक काम गरेको जनाए ।
प्रतिक्रिया