प्रदेश राजधानी केन्द्रित सरसफाइ अभियान

Abhiyanpost Abhiyanpost
|
शनिबार, फाल्गुन १२, २०७४
|
|
५२ पटक हेरिएको
Shares
प्रदेश राजधानी केन्द्रित सरसफाइ अभियान

सारांश

  • सुर्खेत, १२ फागुन, सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले आजबाट राजधानी केन्द्रित विशेष सरसफाइ अभियान सञ्चालन गरेको छ ।
  • प्रदेश नं ६ को राजधानीका रुपमा रहेको वीरेन्द्रनगर क्षेत्रलाई सफा र सुन्दर शहर बनाउनका लागि विशेष सरसफाइ अभियान सञ्चालन गरिएको हो ।
  • प्रदेश नं ६ का मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज वीरेन्द्रनगरको मंगलगढी चोकबाट राजधानी केन्द्रित विशेष सरसफाइ अभियानको औपचारिक उद्घाटन गर्दै प्रदेशको राजधानी भएकाले यसलाई नमूना शहरका रुपमा विकास गर्नुपर्ने बताउनुभयो ।

सुर्खेत, १२ फागुन, सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले आजबाट राजधानी केन्द्रित विशेष सरसफाइ अभियान सञ्चालन गरेको छ ।

प्रदेश नं ६ को राजधानीका रुपमा रहेको वीरेन्द्रनगर क्षेत्रलाई सफा र सुन्दर शहर बनाउनका लागि विशेष सरसफाइ अभियान सञ्चालन गरिएको हो ।

प्रदेश नं ६ का मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज वीरेन्द्रनगरको मंगलगढी चोकबाट राजधानी केन्द्रित विशेष सरसफाइ अभियानको औपचारिक उद्घाटन गर्दै प्रदेशको राजधानी भएकाले यसलाई नमूना शहरका रुपमा विकास गर्नुपर्ने बताउनुभयो ।

“यो शहर प्रदेशको राजधानी भएकाले यसलाई बनाउन सबैको ध्यान केन्द्रित हुन जरुरी छ, नागरिकको स्वास्थ्य ठीक भए, अन्य सबै ठीक हुन्छ, त्यसैले सरसफाइमा विशेष ध्यान दिनुपर्छ” उहाँले भन्नुभयो ।

राजधानी सरसफाइ गरेर नमूना शहर निर्माण गरे प्रदेशको पर्यटन विकासमा समेत वृद्धि हुने भएकाले सबै क्षेत्रबाट यो अभियानलाई सफल बनाउनुपर्ने मुख्यमन्त्री शाहीको भनाइ छ ।

सरसफाइ नागरिकको पहिलो प्रतिष्ठा भएकाले नगरपालिकाभित्रका सबै वडा, चोक, सार्वजनिकस्थानमा रहेका फोहर उठाएर अभियानको थालनी गरेको वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले जानकारी दिनुभयो ।

यो अभियानले वीरेन्द्रनगरलाई देशकै नमूना शहर बनाउने र प्रदेशको पर्यटन विकास वृद्धि हुने पनि उहाँले बताउनुभयो ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको नेतृत्वमा शुरु भएका सोे अभियानमा प्रदेश नं ६ का मन्त्रीहरु, प्रदेशसभा सदस्य, नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, प्रहरी, नेपाली सेनालगायतको सहभागिता थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

झापाका दुई स्थानमा आगलागी : साढे एघार लाखको क्षति
झापाका दुई स्थानमा आगलागी : साढे एघार लाखको क्षति
अण्डाको घट्यो मूल्य
अण्डाको घट्यो मूल्य
आँबुखैरेनीतर्फ सात किमि सडक कालोपत्रको तयारी
आँबुखैरेनीतर्फ सात किमि सडक कालोपत्रको तयारी
धादिङमा पहिरो जाँदा ७ घर पुरिए, ३ जनाको मृत्यु, २ बेपत्ता
धादिङमा पहिरो जाँदा ७ घर पुरिए, ३ जनाको मृत्यु, २ बेपत्ता
नाट्टालाई व्यवसायीक र सानदार संस्था बनाउनको लागि मेरो उम्मेदवारी : शर्मा
नाट्टालाई व्यवसायीक र सानदार संस्था बनाउनको लागि मेरो उम्मेदवारी : शर्मा
मुख्यमन्त्रीहरु बालुवाटारमा, प्रदेशहरूलाई अधिकार सम्पन्न बनाउन प्रधानमन्त्रीको ध्यानाकर्षण
मुख्यमन्त्रीहरु बालुवाटारमा, प्रदेशहरूलाई अधिकार सम्पन्न बनाउन प्रधानमन्त्रीको ध्यानाकर्षण
ऋषि परियारः हातले टेकेर तीन किलोमिटर हिँड्छन्,विश्व रेकर्ड तोड्ने चाहाना
ऋषि परियारः हातले टेकेर तीन किलोमिटर हिँड्छन्,विश्व रेकर्ड तोड्ने चाहाना
इलाम नगरपालिकामा गुफा फेला परेपछ हेर्न जानेको भीड
इलाम नगरपालिकामा गुफा फेला परेपछ हेर्न जानेको भीड
आज पुष २ गते , हर्नुहोस कहाँ कहाँ, के के घाटनाहरु भए- प्रहरी बुलेटिन
आज पुष २ गते , हर्नुहोस कहाँ कहाँ, के के घाटनाहरु भए- प्रहरी बुलेटिन
महिला हिंसा र बलात्कारका घटना बढेपछि गृहको यस्तो योजना
महिला हिंसा र बलात्कारका घटना बढेपछि गृहको यस्तो योजना

तपाईंले छुटाउनुभयो कि?