वैशाखअगावै पार्टी एकता–प्रधानमन्त्री

Abhiyanpost Abhiyanpost
|
बुधबार, फाल्गुन ३०, २०७४
|
|
५३ पटक हेरिएको
Shares
वैशाखअगावै पार्टी एकता–प्रधानमन्त्री

सारांश

  • काठमाडौँ, ३० फागुन, प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वैशाखअगावै नेकपा ९एमाले० र नेकपा ९माओवादी केन्द्र० बीच पार्टी एकता हुनसक्ने बताउनुभएको छ ।
  • सरकारलाई समर्थन गर्ने संघीय संसद् र प्रदेशसभाका सदस्यका लागि आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित जलपान कार्यक्रममा ९एमाले० का अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले समयको माग र जनताको चाहानाबमोजिम चाँडै पार्टी एकता हुन लागेको बताउनुभयो ।
  • आगामी वैशाख ९ गते नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसका दिन दुबै पार्टीबीचको एकता घोषणा गर्न सुझाव दिए पनि त्यसअघि नै गृहकार्य पूरा भएमा एकता हुनसक्ने बताउँदै उहाँले भन्नुभयो—“वर्तमान सरकार मुलुकमा शान्ति, स्थायित्व, विकास, समृद्धि र राष्ट्रिय एकताको प्रवद्र्धनका लागि प्रभावकारी रुपमा अघि बढ्न सक्षम छ ।

काठमाडौँ, ३० फागुन, प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वैशाखअगावै नेकपा ९एमाले० र नेकपा ९माओवादी केन्द्र० बीच पार्टी एकता हुनसक्ने बताउनुभएको छ ।

सरकारलाई समर्थन गर्ने संघीय संसद् र प्रदेशसभाका सदस्यका लागि आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित जलपान कार्यक्रममा ९एमाले० का अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले समयको माग र जनताको चाहानाबमोजिम चाँडै पार्टी एकता हुन लागेको बताउनुभयो ।

आगामी वैशाख ९ गते नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसका दिन दुबै पार्टीबीचको एकता घोषणा गर्न सुझाव दिए पनि त्यसअघि नै गृहकार्य पूरा भएमा एकता हुनसक्ने बताउँदै उहाँले भन्नुभयो—“वर्तमान सरकार मुलुकमा शान्ति, स्थायित्व, विकास, समृद्धि र राष्ट्रिय एकताको प्रवद्र्धनका लागि प्रभावकारी रुपमा अघि बढ्न सक्षम छ ।”

प्रधानमन्त्री ओलीले राष्ट्रपतिको निर्वाचन र प्रधानमन्त्रीको विश्वासको मतमा साथ दिएकोमा सदस्यहरुलाई धन्यवाद दिँदै न्यायालयमा देखिएको विवादबारे चिन्ता व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो– “अहिले न्यायालय भकभक उम्ली रहेको छ, न्याय पाउँ भन्ने मान्छे तमासा हरेर पुर्पुरोमा हात लाएर बसिरहेका छन्, जिम्मेवार पदका बारेमा जन्म मिति र शैक्षिक प्रमाणपत्रबारे विवाद हुनु दुःखद् अवस्था हो ।”

अर्को प्रसंगमा प्रधानमन्त्री ओलीले समयको माग, जनताको चाहाना र देशको हितका पक्षमा संविधान संशोधन गर्न आफूहरु सधँै तत्पर रहेको प्रष्ट पार्नुभयो ।

सो अवसरमा नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सिंगो राष्ट्रलाई एक ढिक्का बनाएर जनताले दिएको अभिभाराबमोजिम परिवर्तनलाई संस्थागत गर्दै विकास र समृद्धिको लडाइँमा आफूहरुले विजय हासिल गर्ने दृढता व्यक्त गर्नुभयो ।

उहाँले परिवर्तनकारी मिलेको देख्न नचाहने प्रतिक्रियावादीले विगतका कटुतालाई प्रचार गरेर आफूहरुको एकता भाँड्न खोजे पनि त्यो सफल हुन नसक्ने दाबी गर्नुभयो ।

कार्यक्रममा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनता पार्टी नेपाल अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर र सरकारलाई समर्थन गर्ने संघीय संसद् र प्रदेशसभाका सदस्यको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्रीसहित शीर्ष नेताहरूले कहाँबाट गर्दैछन् मतदान ?
प्रधानमन्त्रीसहित शीर्ष नेताहरूले कहाँबाट गर्दैछन् मतदान ?
यौन दुर्व्यवहारको कसूरमा ट्रम्पलाई ८ करोड ३३ लाख डलर जरिवाना तिर्न आदेश
यौन दुर्व्यवहारको कसूरमा ट्रम्पलाई ८ करोड ३३ लाख डलर जरिवाना तिर्न आदेश
बोलेरो र बस दुर्घटना हुँदा चारको मृत्यु
बोलेरो र बस दुर्घटना हुँदा चारको मृत्यु
एमाले अध्यक्ष ‌ओली आज पाेखरा जाँदै
एमाले अध्यक्ष ‌ओली आज पाेखरा जाँदै
वैदेशिक रोजगारीको प्रलोभनमा ३२ लाख बढी ठगी: बेलायत र फ्रान्स पठाइदिने बहानामा चार जना पक्राउ
वैदेशिक रोजगारीको प्रलोभनमा ३२ लाख बढी ठगी: बेलायत र फ्रान्स पठाइदिने बहानामा चार जना पक्राउ
मिस वर्ल्ड २०१८,नेपाललाइ धाेका!
मिस वर्ल्ड २०१८,नेपाललाइ धाेका!
मलेसियाबाट एक नेपाली चेलिको उद्वार, म्यनपावरले माग्याे हवाइभाडा
मलेसियाबाट एक नेपाली चेलिको उद्वार, म्यनपावरले माग्याे हवाइभाडा
बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा ८ जनालाई पक्राउ
देवराज घिमिरे सभामुख पदको सुयोग्य पात्र : राजेन्द्र लिङ्देन
देवराज घिमिरे सभामुख पदको सुयोग्य पात्र : राजेन्द्र लिङ्देन
सहकारी प्रकरणमा रवि लामिछाने भन्छन्-मेरो खातामा पैसा जम्मा भएको छैन
सहकारी प्रकरणमा रवि लामिछाने भन्छन्-मेरो खातामा पैसा जम्मा भएको छैन

तपाईंले छुटाउनुभयो कि?