प्रशासकीय अधिकृतले कीर्ते नागरिकता बनाएपछि…

Abhiyanpost Abhiyanpost
|
मंगलबार, बैशाख १८, २०७५
|
|
३६ पटक हेरिएको
Shares

सारांश

  • सुनसरी, १८ वैशाख ।
  • कीर्ते नागरिकता बनाउन संलग्न भएको आरोपमा राजविराज नगरपालिकाका एक कर्मचारी पक्राउ परेका छन्।
  • प्रहरीले नगरपालिकाका असिस्टेन्ट सव–इञ्जिनियर राजकुमार देवलाई आइतबार पक्राउ गरेको हो।

सुनसरी, १८ वैशाख ।कीर्ते नागरिकता बनाउन संलग्न भएको आरोपमा राजविराज नगरपालिकाका एक कर्मचारी पक्राउ परेका छन्।

प्रहरीले नगरपालिकाका असिस्टेन्ट सव–इञ्जिनियर राजकुमार देवलाई आइतबार पक्राउ गरेको हो। उनलाई जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु गरिएको डिएसपी ध्रुवकुमार श्रेष्ठले बताए।सोही प्रकरणमा संलग्न भएको आशंकामा प्रहरीले पक्राउ सूचीमा राखेका जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रशासकीय अधिकृत जनक कोइराला सहितका केही कर्मचारी फरार रहेको जनाइएको छ।

नगरपालिका र प्रशासन कार्यालयका कर्मचारीको संलग्नतामा सुनसरीको दुहवीमा का सतिश अग्रवाललाई राजविराज ७ बाट कीर्ते नागरिकता दिइएको प्रहरीले जनाएको छ।

२०५२ सालमा नागरिकता लिएको देखाई २०६४ र २०७३ मा प्रतिलिपि निकालेका अग्रवालको सक्कल नागरिकताको रेकर्ड नै फेला नपरेपछि प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको थियो। प्रतिलिपि सिफारिसमा नगरपालिका कार्यालयका कर्मचारी देवको हस्ताक्षर भेटिएको छ।

नगरपालिकाका प्रशासकीय अधिकृत चन्द्रबहादुर कार्कीले भने अग्रवालको नागरिकता प्रतिलिपिका लागि सिफारिस दिएको रेकर्ड नै कार्यालयमा नरहेको जानकारी दिएका छन्। प्रहरीले नागरिकताको विषयमा जानकारी मागेपछि रेकर्ड जाँच गर्दा फेला नपरेको उनले बताए।

सप्तरीका प्रमुख जिल्ला अधिकारी भागीरथ पाण्डेयले कीर्ते नागरिकता प्रकरणमा प्रशासन कार्यालय समेतका कर्मचारी अनुसन्धानको दायरामा पर्नु स्वाभाविक भए पनि कर्मचारी फरार भएको विषय भने अस्वीकार गरेका छन्। फरार भनिएका कर्मचारी बिदामा गएको र बिदा सकिएपछि कार्यालयमा हाजिर हुने उनले बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?