सरकारले रोक्यो मुख्यमन्त्री लालबाबु राउतको अमेरिका भ्रमण

Abhiyanpost Abhiyanpost
|
सोमबार, जेठ ७, २०७५
|
६
|
६४ पटक हेरिएको
Shares
सरकारले रोक्यो मुख्यमन्त्री लालबाबु राउतको अमेरिका भ्रमण

सारांश

  • काठमाडौं ७ जेठ – सरकारले प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतलाई अमेरिका भ्रमणमा जान रोकेको छ ।
  • आइतबार बसेको मन्त्रिपरिद् बैठकले मुख्यमन्त्री राउतको अमेरिका भ्रमणका लागि आएको प्रस्तावलाई रोकेको हो ।
  • सरकारले बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गर्नुपर्ने महत्वपूर्ण समयमा भ्रमणमा जान नहुने भन्दै रोकेको सरकारका प्रवक्ता सञ्चार राज्यमन्त्री गोकुल बास्कोटाले बताए ।

काठमाडौं ७ जेठ – सरकारले प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतलाई अमेरिका भ्रमणमा जान रोकेको छ । आइतबार बसेको मन्त्रिपरिद् बैठकले मुख्यमन्त्री राउतको अमेरिका भ्रमणका लागि आएको प्रस्तावलाई रोकेको हो ।

सरकारले बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गर्नुपर्ने महत्वपूर्ण समयमा भ्रमणमा जान नहुने भन्दै रोकेको सरकारका प्रवक्ता सञ्चार राज्यमन्त्री गोकुल बास्कोटाले बताए ।

प्रदेश २ बाट मुख्यमन्त्री राउतले अमेरिकामा रहेको एक गैरसरकारी संस्थाले बोलाएको कार्यक्रममा भाग लिन जान सरकारलाई अनुमति मागेका थिए।

जनरल कन्भेन्सन अफ मधेशी एसोशिएसन इन अमेरिका भन्ने गैरसरकारी संस्थाको निम्तामा प्रदेश नं २ का मुख्यमन्त्री राउतलाई भ्रमणमा पठाउने भनी प्रदेश मन्त्रिपरिषद्ले प्रस्ताव पठाएको हो ।

‘प्रदेशभित्रै आर्थिक वर्ष २०७४र७५ को नीति, बजेट निर्माण तथा कार्यक्रमलगायत संगठनात्मक संरचना निर्माणजस्ता महत्वपूर्ण कार्य गर्नुपर्ने भएकाले राउतको अमेरिका भ्रमण गर्ने प्रस्तावलाई मन्त्रिपरिषद्ले अस्वीकृत गरेको छ,’ बास्कोटाले भने।

प्रतिक्रिया

6 कमेन्ट

    Comment Author

    Khagendra Singh Dhami

    Good

    Comment Author

    Dola Nath

    GOOD

    Comment Author

    Ridam Rai

    Good

    Comment Author

    Dev Bdr Maharjan

    ठीक छ

    Comment Author

    Bdhan Basnet

    madhesi lai vedbhab kina gariyo andolan garnu paro

    Comment Author

    Bishwo Gauchan

    Kick him out. He deserves jail for anti-national actvities.

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 6
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?