खेलबाटै देशलाई विश्वमाझ चिनाउन सकिन्छ : उपाध्यक्ष ढकाल

Abhiyanpost Abhiyanpost
|
मंगलबार, जेठ २९, २०७५
|
|
५५ पटक हेरिएको
Shares
खेलबाटै देशलाई विश्वमाझ चिनाउन सकिन्छ : उपाध्यक्ष ढकाल

सारांश

  • काठमाडौँ, २९ जेठ ।
  • राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष टंक ढकालले मुलुकमा दक्ष खेलाडी उत्पादनका लागि सरकारले खेलकुद क्षेत्रको विकासमा लगानी वृद्धि गर्नुपर्ने बताएका छन् ।
  • पार्टी निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनको आयोजनामा सोमबार भएको “नेता÷कार्यकर्ता मैत्रीपूर्ण फुटसल प्रतियोगिता” मा बोल्दै ढकालले खेलाडीको कडा परिश्रम र कौशलताका कारण उनीहरुले जित्ने खेलबाट देशलाई विश्वमा चिनाउन सकिने बताए ।

काठमाडौँ, २९ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष टंक ढकालले मुलुकमा दक्ष खेलाडी उत्पादनका लागि सरकारले खेलकुद क्षेत्रको विकासमा लगानी वृद्धि गर्नुपर्ने बताएका छन् ।

पार्टी निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनको आयोजनामा सोमबार भएको “नेता÷कार्यकर्ता मैत्रीपूर्ण फुटसल प्रतियोगिता” मा बोल्दै ढकालले खेलाडीको कडा परिश्रम र कौशलताका कारण उनीहरुले जित्ने खेलबाट देशलाई विश्वमा चिनाउन सकिने बताए ।

पार्टी प्रशिक्षण विभाग प्रमुख भुवन पाठकले मानिसको क्रुरतालाई शान्त पार्न खेलकुदको विकास गरिएको उल्लेख गर्दै यस क्षेत्रलाई समयसापेक्ष नयाँ खेलको विधा विकास गरिँदै गएकामा फुटसल त्यसैको नमूना भएको बताए ।

संगठनका अध्यक्ष महेशबहादुर सिंहले देश र जनताको विकास तथा प्रगतिका लागि नेता तथा कार्यकर्ताका बीच समन्वय र सहकार्यको खाँचो औंल्याउँदै उनीहरुको मैत्रीपूर्ण सम्बन्ध कायम राख्न सो प्रतियोगिता गरिएको जानकारी दिए ।

उक्त प्रतियोगितामा पुरुषतर्फ राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन तथा महिलातर्फ राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनले विजय प्राप्त गरेका छन् ।

(https://uniforumtz.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?