डा सोमलाल सुवेदीको एसियाली विकास बैंकको जागिर चट् !
सारांश
- काठमाडौँ, १ असार ।
- मुख्य सचिव पद नै छाडेर एसियाली विकास बैंक (एडिबी)मा जागिर खान गएका डा सोमलाल सुवेदीलाइ फिर्ता बोलाइने भएकाे छ।
- नेपाल सरकार मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले सुवेदीलाई फिर्ता बोलाउँदै अर्थमन्त्रालयका सहसचिव रामशरण पुडासैनीलाई पठाउने निर्णय गरेको सरकारका प्रवक्ता गोकुल बस्कोटाले जानकारी दिए ।
काठमाडौँ, १ असार । मुख्य सचिव पद नै छाडेर एसियाली विकास बैंक (एडिबी)मा जागिर खान गएका डा सोमलाल सुवेदीलाइ फिर्ता बोलाइने भएकाे छ।
नेपाल सरकार मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले सुवेदीलाई फिर्ता बोलाउँदै अर्थमन्त्रालयका सहसचिव रामशरण पुडासैनीलाई पठाउने निर्णय गरेको सरकारका प्रवक्ता गोकुल बस्कोटाले जानकारी दिए ।
उपकार्यकारी निर्देशकमा जागिर खान उनले व्यापक आलोचनापछि मुख्यसचिवबाट राजिनामा दिएका थिए । सुवेदीले मुख्यसचिवको जागिर छाडेर फिलिपिन्सको मनिलामा एडिबीको जागिर खान गएको भन्दै तत्कालीन विपक्षी दल नेकपा एमालेका सांसद रेवतीरमण भण्डारी र नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल लगायतले सुवेदीको संसदमै चर्को बिरोध गरेका थिए ।
Khyam Bhattarai
Oli ko kamal hola