विश्वकप फुटबल २०१८ : ब्राजिल र कोस्टारिकाबीच घाइते नेइमारकाे जादु चल्ला त ?

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, आषाढ ८, २०७५
|
३
|
५० पटक हेरिएको
Shares
विश्वकप फुटबल २०१८ : ब्राजिल र कोस्टारिकाबीच घाइते नेइमारकाे जादु चल्ला त ?

सारांश

  • विश्वकप फुटबल २०१८ अन्तर्गत समूह ‘ई’ को खेलमा आज ब्राजिल र कोस्टारिकाबीच प्रतिस्पर्धा हुँदैछ।
  • पहिलो खेलमा आशा अनुसारको प्रदर्शन गर्न  नसकेको ब्राजिल दोस्रो खेलमा आफ्नो स्वभाविक खेल देखाउन चाहान्छ।
  •   चार वर्षअघि उत्कृष्ट खेलेको कोस्टारिकाले पनि पहिलो खेलमा राम्रो सुरुवात गर्न सकेन।

विश्वकप फुटबल २०१८ अन्तर्गत समूह ‘ई’ को खेलमा आज ब्राजिल र कोस्टारिकाबीच प्रतिस्पर्धा हुँदैछ।

पहिलो खेलमा आशा अनुसारको प्रदर्शन गर्न  नसकेको ब्राजिल दोस्रो खेलमा आफ्नो स्वभाविक खेल देखाउन चाहान्छ।  चार वर्षअघि उत्कृष्ट खेलेको कोस्टारिकाले पनि पहिलो खेलमा राम्रो सुरुवात गर्न सकेन। त्यसलै कोस्टारिकाको लक्ष्य बलियो ब्राजिलबिरुद्ध सवै शक्ति खर्च गर्ने हुनेछ। पहिलो खेलमा ब्राजिललाई स्विट्जरल्यान्डले बराबरीमा रोकेको थियो। कोस्टारिकालाई भने सर्वियाले पराजित गरेको थियो।

स्विट्जरल्यान्ड विरुद्धको खेलमा ब्रजिलको फिनिसिङ चुस्त थिएन। त्यहि खेलमा स्टार फरवार्ड नेइमार घाइते हुँदा ब्राजिल टिममा निराशा छाएको थियो।  तर नेइमार अहिले प्रशिक्षणमा फर्किएका छन्। गोलिगाँठोमा समस्या भएका उनी शतप्रतिशत भने फिट छैनन्। जसले ब्राजिलको टिममा प्रभाव पर्नेछ।

यस अघि  कोस्टारिकाले सर्विया विरुद्ध एकनासको खेल पस्केको थियो। सर्वियाका कोलारोभले फ्रिकिङमा उत्कृष्ट गोल गरेपछि कोस्टारिकाको पक्षमा नजिता भने आउन सकेन।

ब्राजिल दोस्रो खेलमा कोस्टारिकालाई हराएर ३ अंक लिने लक्ष्यमा छ। प्रशिक्षक टिटेले टिमबाट अझै रफ्तारको प्रदर्शन चाहेका छन। धैर्यपूर्वक खेलेर पाएका अवसर सदुपयोग गर्न सके ब्राजिलले आफ्नो लक्ष्य प्राप्त गर्न सक्छ।

जित हात पर्नु पर्ने अवस्थामा रहेको ब्राजिल दबाबमा छ। त्यसको फाइदा कोस्टारिकाले उठाउन सक्छ। कोस्टारिकाले यसअघिका विश्वकपमा बलिया मानिएका टिमलाई हराइसकेको छ। त्यसैले ब्राजिल पछिल्लो सिकार नबन्ला भन्न सकिन्न। ब्राजिलले विश्वकपमा पछिल्लो ६ खेलमा लगातार गोल खाइरहेको छ। यो प्रदर्शन ब्राजिलको सन् १९९८ पछि सबैभन्दा खराब हो।

सम्भावित टिम
ब्राजिलः एलिन्सन, डानिलो, थियागो सिल्भा, मिरान्डा, मार्सेलो, कासिमेरो, पाउलिन्हो, फिलिप काउटिन्हो, विलियम, ग्राबियल जेसस र नेइमार
कोस्टारिका: केलर नाभास, गिएनकार्लो गोन्जालेज, ‌ओस्कार डुआर्टे, जोनी अकोस्टा, क्रिस्टियन गाम्बोआ, ब्रायन ओलभिइडो, डेभिड गुजम्यान, सेल्सो बोर्गेस, ब्रयान रुइज, क्रिस्टियन बोलानोस, मार्को उरेना

समूह ई
ब्राजिल भर्सेस कोस्टारिका
समय – असार ८ गते, साँझ ५.४५ बजे

प्रतिक्रिया

3 कमेन्ट

    Comment Author

    Surya Senchury

    Kina nachalnu ..

    Comment Author

    Anita Patel

    Chalax ni kin nchalanu best of luck neymar

    Comment Author

    Bir Singh Dhami

    Garo xa

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 3
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

विश्वकप फुटबल २०१८ : ब्राजिल जितका लागि सामना गर्दै ,दर्शकको नजर नेयमार माथि

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, आषाढ ८, २०७५
|
|
० पटक हेरिएको
Shares

सारांश

  • रसियाको सोचिमा भईरहेको बिश्वकपमा शुक्रवार ब्राजिलले कोस्टारिकाको सामना गर्दैछ ।
  • ब्राजिलका लागि जित आवश्यक छ ।
  • यो खेलमा सबै दर्शकको नजर टिममाथि मात्र हुने छैन् ।

रसियाको सोचिमा भईरहेको बिश्वकपमा शुक्रवार ब्राजिलले कोस्टारिकाको सामना गर्दैछ ।

ब्राजिलका लागि जित आवश्यक छ । यो खेलमा सबै दर्शकको नजर टिममाथि मात्र हुने छैन् ।नेयमारमाथि हुनेछ ।

सेन्ट जर्मेन (पिएसजि) खेलाडि नेयमार चर्चामा आउन रुचाउने खेलाडि हुन् ।खेलाडि २ कारणले चर्चामा रहने छन् । खराव खेल र उत्कृष्ट प्रदशनि ।

तर नेयमार यतिबेला उनी खराब कारणले चर्चामा छन् । स्विजरल्यान्डसँगको बराबरी खेलका कारण उनको विभिन्न कोणवाट आलोचना भइरहेकाे छ।

यता अर्जेन्टिनाले भरोसा गरेका स्टार खेलाडि (चर्चित खेलाडी ) मेस्सिको भने चौतर्फि आलोचना भएको छ । आईसल्यान्ड सँग बराबरि खेलेको अर्जेन्टिना ले क्रोयसियासंग नमिठो अनुभव बटुल्यो।यसले मेस्सि र अर्जेन्टिनाका समर्थक निकै निराश भए ।

यता स्विजरल्यान्डका डिफेन्सले नेयमारलाई पछ्याईरहे ब्राजिलेबिरुद्द स्विजरल्यान्डले गरेको १९ फल मा १० फल त नेयमारबिरुद्द थिए । तर स्वयम् उनको खेल भने स्तर अनुसार हुन सकेको थिएन् ।बार्सिलोना छाेडेर पिएसजि जाँदा उनले सर्वाधिक महंगा खेलाडिको किर्तिमान राखे ,तर त्यसअनुसारको खेल उनको हुन सकेन ।

फन्सका पुर्ब खेलाडि मार्सेल डेसाईले भन्छन् ‘मंगलवार अभ्यासमा उनी चोटका कारण लामो समय मैदानमा टिक्न सकेनन् तर उनी कोस्टारिकाबिरुद्द मैदानमा उत्रने छन् ।

कोस्टारिकाबिरुद्द जित निकाल्न नसकेमा ब्राजिलले बिश्वकपमा लगातार चार खेलमा जित निकाल्न नसकेको अर्को किर्तिमान बन्नेछ ।यसो त ब्राजिलको प्रतिष्पर्धिलाई पनि जित त चाहिएकै छ ।कोस्टारिकाले सर्बियाबिरुद्द पहिलो खेल गुममएको हुदाँ यस्तो आवश्यकता भएको हो ।कोस्टारिका चार बर्ष पहिले क्वाटरफाईनल सम्म पुगेको टिम हो ।फिलिपे कोउटिन्होले भनेका छन् कोस्टारिका बलियो टिम हो सर्बियाबिरुद्दको खेल कमजोर थिएन्

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बांग्लादेशमा आगालागी : १५ हजार झुपडी ध्वस्त , ५० हजार मानिस घरबारविहीन
बांग्लादेशमा आगालागी : १५ हजार झुपडी ध्वस्त , ५० हजार मानिस घरबारविहीन
महानगरपालिकामा विषयगत कार्यालयबाट आएका कर्मचारी जिम्मेवारीविहीन
महानगरपालिकामा विषयगत कार्यालयबाट आएका कर्मचारी जिम्मेवारीविहीन
इथियोपिया विमान दुर्घटनापछि बोइङका उही मोडलका जेटहरू ग्राउन्डेड
इथियोपिया विमान दुर्घटनापछि बोइङका उही मोडलका जेटहरू ग्राउन्डेड
राप्रपा प्रजातान्त्रिकबाट को–को बन्दै मन्त्री ?  भोलि साढे ११ बजे सपथ
राप्रपा प्रजातान्त्रिकबाट को–को बन्दै मन्त्री ? भोलि साढे ११ बजे सपथ
वडाध्यक्षकाे घर भत्काइयाे
वडाध्यक्षकाे घर भत्काइयाे
आज बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
आज बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
Best Russian Mail Order Brides Sites, Prime Relationship Websites To Search Out European & Russian Girls In 2022
वायुसेवा निगमद्वारा दुई कोषलाई ८३ करोड बढी भुक्तानी
वायुसेवा निगमद्वारा दुई कोषलाई ८३ करोड बढी भुक्तानी
कर्णाली प्रदेशका मुख्यमन्त्री शर्माले आज विश्वासको मत लिनुहुने
कर्णाली प्रदेशका मुख्यमन्त्री शर्माले आज विश्वासको मत लिनुहुने
हामी फूल रोपेर राजनीतिको सुगन्ध झार्न चाहन्छौँः रञ्जु दर्शना
हामी फूल रोपेर राजनीतिको सुगन्ध झार्न चाहन्छौँः रञ्जु दर्शना

तपाईंले छुटाउनुभयो कि?