बिमस्टेक सम्मेलन : आज परराष्ट्रमन्त्रीस्तरीय बैठक

Abhiyanpost Abhiyanpost
|
बुधबार, भाद्र १३, २०७५
|
|
५२ पटक हेरिएको
Shares
बिमस्टेक सम्मेलन : आज परराष्ट्रमन्त्रीस्तरीय बैठक

सारांश

  •   काठमाडौं ।
  • बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मेलन अगाडि आज परराष्ट्रमन्त्रीस्तरीय बैठक हुँदैछ।
  • बिमस्टेक चौथो शिखर सम्मेलन बिहीवार र शुक्रवार काठमाडौंमा हुँदै छ।

काठमाडौं । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मेलन अगाडि आज परराष्ट्रमन्त्रीस्तरीय बैठक हुँदैछ। बिमस्टेक चौथो शिखर सम्मेलन बिहीवार र शुक्रवार काठमाडौंमा हुँदै छ। आज बस्ने मन्त्रीस्तरीय बैठकमा सम्मेलनका एजेण्डामाथि छलफल हुने जनाएको छ ।

बैठकमा सबै सदस्य देशका परराष्ट्ररविदेशमन्त्रीको सहभागिता रहेको छ। बैठकको सुरुमा बैठकको अध्यक्षता चयन र बैठकका एजेण्डाहरुलाई अंगिकार गर्दै सुरु हुने छ। बैठकको सुरुमा परराष्ट्रमन्त्री ज्ञवालीले स्वागत मन्तव्य राख्ने र त्यसपछि नेपालसहित सबै सदस्य राष्ट्रका सहभागि डेलिगेट्सहरु (मन्त्री)हरुले आफ्नो धारणा राख्ने कार्यक्रम रहेको छ।

त्यस्तै बैठकमा विम्स्टेकका महासचिवले आफ्नो प्रतिवेदन पेश गर्ने छन्। बैठकमा नेपालको तर्फबाट विम्स्टेकको चौथो शिखर सम्मेलनको तयारीका विषयमा परराष्ट्रमन्त्री ज्ञवालीले व्रिफिङ गर्ने छन्।

लगत्तै मंगलबार सम्पन्न उच्च अधिकारीको १९ औँ बैठकको प्रतिवेदनलाई राखिने छ।बैठकले विम्स्टेक महासभा र समझदारीपत्रलाई हस्ताक्षरका लागि अन्तिम रुप दिने छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निर्वाचनलाई महाउत्सवका रुपमा सम्पन्न गर्नुपर्छ : उपराष्ट्रपति पुन
निर्वाचनलाई महाउत्सवका रुपमा सम्पन्न गर्नुपर्छ : उपराष्ट्रपति पुन
पाँच सय वर्ष पुरानो सुनको बिस्कुट
पाँच सय वर्ष पुरानो सुनको बिस्कुट
एकतालाई सार्थकता दिन प्रचण्डलाई यूवासंघ र वाइसियलको आग्रह
एकतालाई सार्थकता दिन प्रचण्डलाई यूवासंघ र वाइसियलको आग्रह
कोरोना भाइरसबाट विश्वभरि २४ हजार ९० जना भन्दा बढीको मृत्यु
कोरोना भाइरसबाट विश्वभरि २४ हजार ९० जना भन्दा बढीको मृत्यु
पोर्नस्टार मिया खलिफाले गरिन् इंगेजमेन्ट
पोर्नस्टार मिया खलिफाले गरिन् इंगेजमेन्ट
भारोत्तोलन एकेडमी निर्माणको काम दु्रत गतिमा हुँदै
भारोत्तोलन एकेडमी निर्माणको काम दु्रत गतिमा हुँदै
अजय सुमार्गीले कान्तिपुरका मालिक सिरोहियामाथि यस्तो लगाए आरोप
अजय सुमार्गीले कान्तिपुरका मालिक सिरोहियामाथि यस्तो लगाए आरोप
मनाेरञ्जन समाचार : बलिउड अभिनेत्री करीना अब राजनीतिमा, कांग्रेले उम्मेद्वार बनाउने तयारी
मनाेरञ्जन समाचार : बलिउड अभिनेत्री करीना अब राजनीतिमा, कांग्रेले उम्मेद्वार बनाउने तयारी
प्राचीन काली मन्दिर रङ्गेलीको पहिचान
प्राचीन काली मन्दिर रङ्गेलीको पहिचान
विदेशी टेलिभिजन च्यानलको अनुमति शुल्क बढ्याे, ५० हजार तिरिरहेका च्यानलले ७ लाख तिर्नुपर्ने !
विदेशी टेलिभिजन च्यानलको अनुमति शुल्क बढ्याे, ५० हजार तिरिरहेका च्यानलले ७ लाख तिर्नुपर्ने !

तपाईंले छुटाउनुभयो कि?