माधव नेपालको वडामा राजपाले जित्यो

Abhiyanpost Abhiyanpost
|
बुधबार, आश्विन ४, २०७४
|
|
४१ पटक हेरिएको
Shares
माधव नेपालको वडामा राजपाले  जित्यो

सारांश

  • ४ असोज, रौतहट ।
  • गौर नगरपालिकाको वडा नम्बर २ मा राजपाको प्यानल नै विजयी भएको छ ।
  • वडाध्यक्षमा राकेशकुमार झा विजयी भएका हुन् ।

४ असोज, रौतहट । गौर नगरपालिकाको वडा नम्बर २ मा राजपाको प्यानल नै विजयी भएको छ । वडाध्यक्षमा राकेशकुमार झा विजयी भएका हुन् ।

यो वडा एमाले वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको घर भएको वडा हो ।

गौरको वडा नम्बर १ मा भने फोरम लोकतान्त्रिकका भरत सहको प्यानल नै विजयी भएको छ ।

मेयरमा भने एमालेको अग्रता कायमै छ । एमालेले १२१४ मत पाउँदा राजपा उम्मेदवारले १०४२ र संघीय फोरमका उम्मेदवारले १२२ मत पाएका छन् ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?