सिद्धबाबाको पहिरोले अवरुद्ध सिद्धार्थ राजमार्ग खुल्यो तर एकतर्फी

Abhiyanpost Abhiyanpost
|
सोमबार, आषाढ १८, २०७५
|
|
५९ पटक हेरिएको
Shares
सिद्धबाबाको पहिरोले अवरुद्ध सिद्धार्थ राजमार्ग खुल्यो तर एकतर्फी

सारांश

  • काठमाडौं, १८ असार ।
  • सिद्धबाबानजिक खसेको पहिरोले अवरूद्ध भएको सिद्धार्थ राजमार्ग एकतर्फीरुपमा भए पनि सञ्चालनमा आएको छ ।
  • दुईतर्फी सञ्चालन हुन भने अझै केही समय लाग्ने प्रहरीले जनाएको छ ।

काठमाडौं, १८ असार । सिद्धबाबानजिक खसेको पहिरोले अवरूद्ध भएको सिद्धार्थ राजमार्ग एकतर्फीरुपमा भए पनि सञ्चालनमा आएको छ । दुईतर्फी सञ्चालन हुन भने अझै केही समय लाग्ने प्रहरीले जनाएको छ ।

पाल्पाको तिनाउ गाउँपालिका– ३, हेडबक्समा पहिरो खसेपछि राति ११ बजेदेखि नै सडक अवरुद्ध बनेको थियो । डोजरले पहिरो पन्छाएपछि सडक एकतर्फी खुलेको हो ।

पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय, बुटवलले पहिरो हटाएर अवरुद्ध राजमार्ग एकतर्फी सञ्चालनमा ल्याइएको जनाएको छ । प्रहरीले पहिरो हटाउन डोजर प्रयोग भइरहेको जानकारी दिँदै दुईतर्फी सञ्चालन हुन अझै समय लाग्ने जनाएको छ । हेडबक्समा पटक–पटक पहिरो खस्दा सडक अवरुद्ध हुँदै आएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?