सुन तस्करीबारे अनुसन्धान हुँदै गर्दा थप सुन तस्करीका दुई घटना

Abhiyanpost Abhiyanpost
|
मंगलबार, आषाढ १९, २०७५
|
|
३८ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं, १९ असार ।
  • संगठित सुन तस्करीबारे विशेष समितिले गम्भीर अनुसन्धान गरिरहेका बेला सुन तस्करीका पछिल्ला दुई घटना सार्वजनिक गरिएका छन् ।
  • यी घटनाले प्रहरीलाई झस्काएको छ ।

काठमाडौं, १९ असार । संगठित सुन तस्करीबारे विशेष समितिले गम्भीर अनुसन्धान गरिरहेका बेला सुन तस्करीका पछिल्ला दुई घटना सार्वजनिक गरिएका छन् । यी घटनाले प्रहरीलाई झस्काएको छ ।

महानगरीय प्रहरी वृत्त नागढुंगाले काठमाडौंबाट सुन लिएर महेन्द्रनगर हुँदै भारत जान लागेको भारतीय नम्बरको कारबाट १६ गते ३ किलो सुन बरामद गरेको थियो । अर्को दिन आइतबार रसुवाको केरुङ नाकाबाट मोटरसाइकलमा काठमाडौं छिर्दै गरेका तेन्जिङ तामाङलाई नागढुंगाबाटै प्रहरीले ६ किलो सुनसहित पक्राउ गरेको थियो ।

एक दिनको अन्तरमा भएका यी दुई घटनाले संगठित सुन तस्करीमाथि गम्भीर अनुसन्धान चलिरहे पनि तस्करी नरोकिएको पुष्टि गरेको छ । यी दुबै घटनामा तस्कर समूहले फरक शैली प्रयोग गरेको देखिन्छ ।

भारतीय चालक दीपककुमार मौर्यले चलाएको यूके ०२४६८४ नम्बरको कारको इन्जिनमाथि एअर फिल्टर बक्सभित्र लुकाएर राखेको ३ किलो सुनमा इमिरेटस गोल्ड लेखिएको छ । अर्थात यसअघिका ठूला तस्करीमा जस्तै उक्त सुन पनि दुबईबाट भित्रिएको थियो ।

त्यस्तै, १७ गते नागढुंगाबाट पक्राउ परेको ३ केजी सुन भने स्विट्जरल्यान्डको मेटालोर नामक कम्पनीमा बनेको देखिन्छ । कम्पनीको वेबसाइटका अनुसार सन् २००१ मा मेटालोर टेक्नोलोजिज नामक कम्पनीको नाम परिवर्तन गरेर मेटलोर ग्रुप कम्पनी बनाइएको हो भनेर आजको कान्तिपुर दैनिकले यो समाचार छापेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गृहमन्त्री थापाले संसदमा पाँच वटा वार्षिक प्रतिवेदन पेस
गृहमन्त्री थापाले संसदमा पाँच वटा वार्षिक प्रतिवेदन पेस
हिजो सर्वदलीय बैठकमा कसले के भने ?
हिजो सर्वदलीय बैठकमा कसले के भने ?
सिरहामा ६ वटा मतदान केन्द्र थप
सिरहामा ६ वटा मतदान केन्द्र थप
बालकृष्ण ढुंगेललाई कैद मिनाहा गरी छाड्ने तयारी
तपाईको फेसबुक प्रोफाइल कसले हेर्यो ? अब यसरी पत्ता लगाउनुहोस्
तपाईको फेसबुक प्रोफाइल कसले हेर्यो ? अब यसरी पत्ता लगाउनुहोस्
‘हाम्रो चाहिँ वामपन्थी लोकतान्त्रिक गठबन्धन हो ,कांग्रेसको दक्षिणपन्थी लोकतान्त्रिक गठबन्धन सही हो’ –  पुष्पकमल दाहाल ‘प्रचण्ड’ ।
‘हाम्रो चाहिँ वामपन्थी लोकतान्त्रिक गठबन्धन हो ,कांग्रेसको दक्षिणपन्थी लोकतान्त्रिक गठबन्धन सही हो’ – पुष्पकमल दाहाल ‘प्रचण्ड’ ।
एमसिसी र इन्डोप्यासिफिक रणनिती (MCC&IPS):
एमसिसी र इन्डोप्यासिफिक रणनिती (MCC&IPS):
पाकिस्तानी प्रधानमन्त्री नेपाल आउने सुनेर रणबहादुरले प्रधानमन्त्री ओलीलाई चिठी लेखे: मेरो भाइलाई नेपाल फर्काइदेउ
पाकिस्तानी प्रधानमन्त्री नेपाल आउने सुनेर रणबहादुरले प्रधानमन्त्री ओलीलाई चिठी लेखे: मेरो भाइलाई नेपाल फर्काइदेउ
बिकिनी किलरको नामबाट परिचित कुख्यात अपराधी चार्ल्स सोभराजको ओपन हर्ट सर्जरी !
बिकिनी किलरको नामबाट परिचित कुख्यात अपराधी चार्ल्स सोभराजको ओपन हर्ट सर्जरी !
अर्घाखाँची जिल्लाको पछिलो मतगणना परिणाम
अर्घाखाँची जिल्लाको पछिलो मतगणना परिणाम

तपाईंले छुटाउनुभयो कि?