मुस्ताङ दुर्घटनापछि सभामुख महराले उठाए मजदूरहरुको जीवन बिमाको कुरा

Abhiyanpost Abhiyanpost
|
शनिबार, आषाढ २३, २०७५
|
१
|
५९ पटक हेरिएको
Shares
मुस्ताङ दुर्घटनापछि सभामुख महराले उठाए मजदूरहरुको जीवन बिमाको कुरा

सारांश

  • काठमाडौं, २३ असार ।
  • सभामुख कृष्णबहादुर महराले उपल्लो मुस्ताङको स्याङ्बोचेमा सडक निर्माणमा कार्यरत मजदूरहरु चढेको ट्रिपर दुर्घटनामा परी रोल्पाका ९ जना, दाङका ६ जना र स्याङ्जा, कैलाली, धादिङ, ओखलढुङ्गा, कपिलवस्तुका १÷१ जना गरी २० जना मजदूरहरूको दुःखद निधनको खबरले आफू अत्यन्त मर्माहत भएको बताएका छन् ।
  • शनिवार एक शोक विज्ञप्ति जारी गरी सभामुख महराले मृतकहरुप्रति हार्दिक श्रद्धाञ्जली तथा शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन् ।

काठमाडौं, २३ असार । सभामुख कृष्णबहादुर महराले उपल्लो मुस्ताङको स्याङ्बोचेमा सडक निर्माणमा कार्यरत मजदूरहरु चढेको ट्रिपर दुर्घटनामा परी रोल्पाका ९ जना, दाङका ६ जना र स्याङ्जा, कैलाली, धादिङ, ओखलढुङ्गा, कपिलवस्तुका १÷१ जना गरी २० जना मजदूरहरूको दुःखद निधनको खबरले आफू अत्यन्त मर्माहत भएको बताएका छन् । शनिवार एक शोक विज्ञप्ति जारी गरी सभामुख महराले मृतकहरुप्रति हार्दिक श्रद्धाञ्जली तथा शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन् ।

सभामुख महराले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उनीहरूको उपचारमा कुनै कमी हुन नदिन सरकारसँग अनुरोध गरेका छन् । दुर्घटनामा निधन भएका मजदूरहरूको शव घरसम्म पु¥याउन र उचित क्षतिपूर्ति उपलब्ध गराई पीडित परिवारलाई राहत प्रदान गर्नमा कत्ति पनि ढिलाई नगर्न सम्बन्धित सरोकारवाला पक्षसँग अनुरोध पनि गरेका छन् ।

“सवारी दुर्घटनामा ज्यान गुमाउने नेपालीहरुको संख्या निकै बढिरहेको छ”, सभामुख महराले भनेका छन्, “यस्ता दुर्घटनाहरुलाई सडक, चालक वा अरु कसैलाई दोष दिएर पन्छिनेभन्दा सवारी दुर्घटना रोक्न नीतिगत र व्यवहारिक रुपमै विशेष कार्यक्रम बनाउन जरुरी भइसकेको छ । यसतर्फ सरकारको समयमै ध्यान जान जरुरी छ ।” सभामुख महराले जोखिमपूर्ण निर्माणमा खटिने मजदूरहरूको सुरक्षाका लागि प्राविधिक तथा नीतिगत कार्य गर्नुका साथै उनीहरुको जीवन बिमासमेत गर्नेतर्फ आवश्यक कदम चाल्न सरकारलाई विशेष आग्रह पनि गरेका छन् ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Ram Kaji Gurung

    Good job.

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बाढीले बगाएको मोटरेबल पुलको टेण्डर प्रक्रिया रोकिएकोमा सांसदको आपत्ति
बाढीले बगाएको मोटरेबल पुलको टेण्डर प्रक्रिया रोकिएकोमा सांसदको आपत्ति
नेतृको बिहेमा अण्डा आक्रमण,सुरक्षाकर्मीको बंकरमा राखेर बाहिर पठायो.,,
नेतृको बिहेमा अण्डा आक्रमण,सुरक्षाकर्मीको बंकरमा राखेर बाहिर पठायो.,,
नेपालमा लिइने IELTS को प्रश्नपत्र आउट: बिक्री गर्ने पक्राउ
नेपालमा लिइने IELTS को प्रश्नपत्र आउट: बिक्री गर्ने पक्राउ
सत्ता गठबन्धनको बैठक निष्कर्षविहिन, फेरि साँझ बैठक बस्ने
सत्ता गठबन्धनको बैठक निष्कर्षविहिन, फेरि साँझ बैठक बस्ने
अर्थशास्त्री वाग्लेले गरे कांग्रेस पार्टी छाडेको घोषणा
अर्थशास्त्री वाग्लेले गरे कांग्रेस पार्टी छाडेको घोषणा
रत्ननगरमा एमाले विजयी
रत्ननगरमा एमाले विजयी
राष्ट्रियसभामा कोमल वली : सामाजिक सञ्जालमा कतै गाली, कतै ताली
राष्ट्रियसभामा कोमल वली : सामाजिक सञ्जालमा कतै गाली, कतै ताली
कोरोना भाइरसका कारण चीनबाट आउने विमानलाई छुट्टै पार्किङ
कोरोना भाइरसका कारण चीनबाट आउने विमानलाई छुट्टै पार्किङ
एकल महिला र उनीहरुका छोराछोरीलाई अर्बुद रोगको उपचारमा छुट दिइने
एकल महिला र उनीहरुका छोराछोरीलाई अर्बुद रोगको उपचारमा छुट दिइने
ललितपुर मेयर कप : एपीएफ क्लब लिग चरणका खेलमा अपराजित
ललितपुर मेयर कप : एपीएफ क्लब लिग चरणका खेलमा अपराजित

तपाईंले छुटाउनुभयो कि?