अब पनि तुइनमा झुन्डिएर नदी तर्नु पर्दैन : प्रधानमन्त्री ओली

Abhiyanpost Abhiyanpost
|
बुधबार, फाल्गुन ८, २०७५
|
|
५० पटक हेरिएको
Shares
अब पनि तुइनमा झुन्डिएर नदी तर्नु पर्दैन : प्रधानमन्त्री ओली

सारांश

  • डडेल्धुरा ।
  • डडेल्धुरा पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले विकासको जिम्मा आफूले लिने बताएका छन् ।
  • डडेलधुराको स्याउलेमा नेपाल विद्युत प्राधिकरणको स्याउले १२३-३३-११ केभीको सबस्टेसनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले अघिल्लोपटक आफू प्रधानमन्त्री भएका बेला निर्माण सुरु भएको केन्द्रले विद्युत वितरण र व्यवस्थापन गर्ने बताए ।

डडेल्धुरा । डडेल्धुरा पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले विकासको जिम्मा आफूले लिने बताएका छन् । डडेलधुराको स्याउलेमा नेपाल विद्युत प्राधिकरणको स्याउले १२३-३३-११ केभीको सबस्टेसनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले अघिल्लोपटक आफू प्रधानमन्त्री भएका बेला निर्माण सुरु भएको केन्द्रले विद्युत वितरण र व्यवस्थापन गर्ने बताए ।

“अब डडेल्धुराबासीले चिन्ता लिनु पर्दैन, विकासको जिम्मा मेरो भयो” प्रधानमन्त्री ओलीले भने, “तपाईहरुको आवश्यकता के के छन् सांसदहरु मार्फत पठाउनुहोस् । पुरा गर्ने जिम्मा मेरो भयो ।”
प्रधानमन्त्री ओलीले पश्चिम सेती परियोजना जसरी निर्माण हुने दाबी गर्दै भने, “म प्रधानमन्त्री हुँदाहुँदै पश्चिम सेती निर्माण हुन्छ ।”

प्रधानमन्त्री ओलीले मंगलबार डडेल्धुरा पुगी अब पछि नपर्ने बताउँदै विकासमा पछि पर्नु लाजमर्दो भएको स्पष्ट गरे । प्रधानमन्त्री ओलीले महाकाली नदीमा रहेका तुइन विस्थापन गर्न एकतर्फी रुपमा समस्या भएकाले भारतको उत्तराखण्डका मुख्यमन्त्री र प्रदेश प्रमुखसँग छलफल गरेको जानकारी गराए । “अब पनि तुइनमा झुन्डिएर, टायरमा चढेर नदी तर्ने कुरा हुँदैन । तुइनलाई झोलुंगे पुल, पक्की पुल र केवलकारले विस्थापन गरिनेछ ” प्रधानमन्त्रीले भने ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?