को होला टुहुरी अपहरण गर्ने ?

Abhiyanpost Abhiyanpost
|
आइतबार, कार्तिक २५, २०७५
|
|
५२ पटक हेरिएको
Shares
को होला टुहुरी अपहरण गर्ने ?

सारांश

  • दार्चुला, २५ कात्तिक ।
  • महाकाली नगरपालिका–७ धापकी १२ वर्षीया ममता खत्री अज्ञात समूहको अपहरण प्रयासमा परिन् ।
  • कात्तिक २१ गते साँझ भान्छामा चिया पकाउन लागेकी खत्रीलाइ भान्साबाटै अपहरणकारीले उठाएर लगे ।

दार्चुला, २५ कात्तिक ।महाकाली नगरपालिका–७ धापकी १२ वर्षीया ममता खत्री अज्ञात समूहको अपहरण प्रयासमा परिन् । कात्तिक २१ गते साँझ भान्छामा चिया पकाउन लागेकी खत्रीलाइ भान्साबाटै अपहरणकारीले उठाएर लगे । बेलुकीको साढे छ बजे ७५ वर्षीया धरणी विष्ट (आमा) दूध दुहुन गोठमा पसेको मौका छोपेर घरभित्र एक्लै रहेकी बालिकाको मुख छोपेर अपहरणकारीले उठाए । गोठमा छिरेका आमा चिच्याइन् । तर अपहरणकारीले छाडेनन् । नजिकै प्रहरीमा खबर भयो । प्रहरी तत्काल घरमा आए । जिल्लाबाट प्रहरी नायव उपरीक्षक नवराज अधिकारी स्वयम् घटनास्थल पुगे । स्थानीयको सहयोगमा खोजी थालियो ।

अपहरण शैलीमा हराएकी खत्री घरनजिकै बेहोस भेटिइन् । बालिका बोल्ने अवस्था थिएन, एकातिर चप्पल अर्कोतिर मोबाइल फालिएको थियो । स्थानीयको सहयोगमा बालिकालाई जिल्ला अस्पतालमा उपचार भयो । अहिले बालिका बोल्न सक्छिन् । अपहरणमा परेकी खत्रीका अनुसार आफू चिया पकाउन गएका बेला एक जना अपरिचित मानिस भित्र आएर सिधै कपडाले पुरै टाउकोसहित मुख बन्द गरे । दुई जना ढोकामा उभिएका थिए । को हुन् भनेर चिन्न सकिनन् । कालो पोशाक थियो । चिच्याउन सकिनन् । डिएसपी नवराज अधिकारी बालिका बेहोस् भएपछि अपहरणकारीले छाडेको हुन सक्ने बताउनु हुन्छ । अपहरणमा को थिए भन्ने प्रहरीले पत्ता लगाउन सकेको छैन ।

जिल्ला सदरमुकाम खलंगामै छ महिनाअघि घटना भएको थियो । त्यो बेला बालक आफैँ अपहरणकारीबाट छुटेका थिए । जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार हालसम्म २१ बालबालिका हराएकोमा १५ फेला परेका छन् । छ जना अझै बेपत्ता छन् । इन्सेक दार्चुलाले महाकाली नगरपालिका ७ धापका १२ वर्षीया ममता खत्रीलाई सहयोग हस्तान्तरण गरेको छ । बुवाको मृत्युपछि अर्काको घरमा धर्मपुत्री बसेकी खत्रीलाई इन्सेक जिल्ला प्रतिनिधि नरेन्द्रसिह कार्कीले घरमै पुगेर आर्थिक सहयोग हस्तान्तरण गरे ।

दुःखैदुःखको कथा

मालिकार्जुन मावि धापमा कक्षा ६ मा अध्ययनरत खत्रीका बुवा गजी खत्रीको ११ वर्षअघि गाडी दुर्घटनामा मृत्यु भएको थियो । आमा देवकी खत्री मानसिक रुपमा अस्वस्थ छन् । बुवाको मृत्युपछि वेसहारा बनेकी खत्रीलाई ७५ वर्षीया धरणी विष्टले धर्मपुत्रीका रुपमा पालनपोषण गर्दै आएकी छन् । ‘आमा मानसिक रुपमा ठीक छैनन् । बुवाको मृत्यु भयो, तीन छोराछोरी सडकमै बेसहारा भएपछि दुई छोरी मैले घरमा राखेको छु,’ विष्टले भन्नुभयो, ‘जेठी छोरी आनन्दी खत्रीको विवाह गराइदिएँ । कान्छी छोरीलाई विद्यालय पठाएको छु ।’ खत्रीका जेठा दाई जयराज खत्रीलाई धापका पूर्व शिक्षक जयराज विष्टले राखेका छन् । खत्री पनि मानसिक असन्तुलनमा छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कोरोना भाइरसका कारण विश्वभर एक सय ५८ नेपालीको मृत्यु
कोरोना भाइरसका कारण विश्वभर एक सय ५८ नेपालीको मृत्यु
रोनाल्डो र मेसीका कारण एक जोडीको १६ वर्ष लामो सम्बन्ध टुंगियो
रोनाल्डो र मेसीका कारण एक जोडीको १६ वर्ष लामो सम्बन्ध टुंगियो
आत्मदाहा गरेका प्रेम आचार्यकी श्रीमतीद्वारा बैंक खाताको विवरण सार्वजनिक भएको भन्दै आपत्ति
आत्मदाहा गरेका प्रेम आचार्यकी श्रीमतीद्वारा बैंक खाताको विवरण सार्वजनिक भएको भन्दै आपत्ति
अध्ययन कार्यदलले गृहमन्त्रीलाई बुझाएकाे सिमलताल दुर्घटनाको प्रतिवेदनमा के छ?
अध्ययन कार्यदलले गृहमन्त्रीलाई बुझाएकाे सिमलताल दुर्घटनाको प्रतिवेदनमा के छ?
टेन्डर विवादमा आफ्नै अफिसभित्र लेखापाल कुटिए
टेन्डर विवादमा आफ्नै अफिसभित्र लेखापाल कुटिए
भन्सार अधिकृतविरुद्ध २ करोड १० लाख बिगो दाबीसहित भ्रष्टाचार मुद्दा
भन्सार अधिकृतविरुद्ध २ करोड १० लाख बिगो दाबीसहित भ्रष्टाचार मुद्दा
राप्रपा प्रजातान्त्रिकले एक सिट पनि नजित्ने संभावना प्रबल, राष्ट्रिय पार्टी बन्नबाट ‘रिङ् आउट’ !
राप्रपा प्रजातान्त्रिकले एक सिट पनि नजित्ने संभावना प्रबल, राष्ट्रिय पार्टी बन्नबाट ‘रिङ् आउट’ !
भारतीय प्रहरीको सहयोगमा १७ दिनपछि अपहरणमुक्त, दुई अपहरणकारी पक्राउ
भारतीय प्रहरीको सहयोगमा १७ दिनपछि अपहरणमुक्त, दुई अपहरणकारी पक्राउ
भारतबाट सामान आयात गर्दा अनिवार्य एलसी खोल्नु पर्ने
भारतबाट सामान आयात गर्दा अनिवार्य एलसी खोल्नु पर्ने
आजदेखि भोजपुरबाट उडान शुरु
आजदेखि भोजपुरबाट उडान शुरु

तपाईंले छुटाउनुभयो कि?