खानेकुराको गुणस्तर जाँच्ने मेसिन नेपालमा

Abhiyanpost Abhiyanpost
|
सोमबार, श्रावण १४, २०७५
|
|
५२ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौँ – हामीले खाने पानी, दूधलगायतको गुणस्तर कस्तो छ भन्ने कुनै जानकारीबिना नै प्रयोग गरिरहेका छौँ ।
  • विक्रेताले भनेको वा ती सामानको बारेमा गरिएको विज्ञापनको आधारमा हामीले ती खाद्यवस्तु किनेर खाने गर्छौँ ।
  • अब हामीले उपभोग गर्ने ती खाद्य पदार्थको गुणस्तर कस्तो छ भनेर केही सेकेण्डमै पत्ता लगाउने प्रविधिको विकास भएको छ ।

काठमाडौँ – हामीले खाने पानी, दूधलगायतको गुणस्तर कस्तो छ भन्ने कुनै जानकारीबिना नै प्रयोग गरिरहेका छौँ । विक्रेताले भनेको वा ती सामानको बारेमा गरिएको विज्ञापनको आधारमा हामीले ती खाद्यवस्तु किनेर खाने गर्छौँ ।

अब हामीले उपभोग गर्ने ती खाद्य पदार्थको गुणस्तर कस्तो छ भनेर केही सेकेण्डमै पत्ता लगाउने प्रविधिको विकास भएको छ । यस प्रविधि नेपाल भित्र्याएको छ । बेलायतस्थित हाइजिना अन्तर्राष्ट्रिय कम्पनीले बनाएको ‘हाइजिना’ नाम दिइएको उक्त प्रविधिमार्फत जनसुकै सतह र पानीमा भएको किटाणु पत्ता लगाउन सकिने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पद्मा अर्यालले नेपालमा खाद्य पदार्थको गुणस्तर मापन गर्ने अत्याधुनिक प्रविधि नहुँदा जनताले गुणस्तर नभएका खाद्य पदार्थ प्रयोग गर्नुपरेको बताइन् । “पछिल्लो समय जति अस्पताल निर्माण भएका छन्, बिरामीको भीड पनि उस्तै छ । यसको कारण हामीले कस्तो खानपान गरिरहेका छौँ भन्ने पनि पुष्टी गर्छ ।”

उक्त कम्पनीका युरोप, मध्यपूर्व र एसिया क्षेत्रका क्षेत्रीय व्यवस्थापक ह्युगो गोन्जालेजले यो प्रविधिले खानेपानी, दूधलगायतका पेय पदार्थको शुद्धीकरणबारे थाहा पाउन सकिने भएकाले होटल, रेष्टुरेण्ट, अस्पताल, औषधि पसलजस्ता संवेदनशील क्षेत्रमा प्रयोग गर्न सकिने बताइन् ।

मेशिनले गुणस्तरका लागि हुनुपर्ने शुद्धता छ कि छैन भनेर पत्ता लगाई त्यसलाई सुधार गर्न सहयोग पुग्ने विश्वास गरिएको छ ।

(https://theshabazzcenter.org/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?