चाडबाड आउन थालेपछि व्यापारीले सुन लुकाउन थाले
सारांश
- काठमाडौं – बजारमा सुन तोकिएको मूल्यभन्दा प्रतितोला तीन हजारदेखि तीन हजार दुई सय रुपैयाँसम्म बढीमा किनबेच भइरहेको पाइएको छ ।
- बजारमा सुनको कृत्रिम अभाव सिर्जना गरी कालोबजारी गरिएको हो ।
- व्यापारीले सस्तिएका बेला सुन किनेर चाडपर्व सुरु भएपछि महँगोमा बेच्ने उद्देश्यले लुकाएका कारण कृत्रिम अभाव भएको जानकार बताउँछन् ।
काठमाडौं – बजारमा सुन तोकिएको मूल्यभन्दा प्रतितोला तीन हजारदेखि तीन हजार दुई सय रुपैयाँसम्म बढीमा किनबेच भइरहेको पाइएको छ । बजारमा सुनको कृत्रिम अभाव सिर्जना गरी कालोबजारी गरिएको हो । व्यापारीले सस्तिएका बेला सुन किनेर चाडपर्व सुरु भएपछि महँगोमा बेच्ने उद्देश्यले लुकाएका कारण कृत्रिम अभाव भएको जानकार बताउँछन् । सुन अभाव देखाएर व्यापारीले महँगोमा बेचिरहेका छन्।
बैंकहरुले अहिले पनि नियमित रुपमा उही अनुपातमा सुन आयात गरिरहेको सेन्चुरी कमर्सियल बैंकका टे«जरी विभाग प्रमुख झविन्द्र खत्रीले बताए । ‘बैंकले सदा झैं दैनिक २० किलो सुन आयात गरिरहेका छन्,’ उनले मंगलबार भने, ‘अभाव हुनु नपर्ने हो तर भइरहेको छ।’
बजारमा सुनको मूल्यमा अत्यधिक गिरावट आएकाले किनेर राख्ने प्रवृत्ति बढ्दा अभाव देखिएको उनको भनाइ छ ।
आजको नागरिक दैनिकमा खबर छ ।
प्रतिक्रिया