ब्राजिलका स्टार नेयमार भन्छन् ‘पेले, रोनाल्डो मेरो आइडल हुन्’

Abhiyanpost Abhiyanpost
|
मंगलबार, जेठ २२, २०७५
|
१
|
५४ पटक हेरिएको
Shares
ब्राजिलका स्टार नेयमार भन्छन् ‘पेले, रोनाल्डो मेरो आइडल हुन्’

सारांश

  • ब्राजिलका स्टार स्ट्राइकर नेयमार लमो समयपछि आरामपछि मैदान छिर्दा उनी पूर्ण रुपमा फर्ममा नै भएको देखिएका छन् ।
  • आइतबार क्रोसिया विरुद्धको खेलमा गज्जबको प्रदृशन गरेका उनले लिजेन्ड पेले, रोनाल्डो, रोमारियो, जिको जस्तो उत्कृष्ट आफु नभएको बताएका छन् ।
  • ब्राजिलका लागि ८४ क्याप खेल्दै ५४ गोल गरेका नेयमारले लिजेन्डहरुसँग आफ्नो तुलना नगर्न आग्रह गरेका थिए ।

ब्राजिलका स्टार स्ट्राइकर नेयमार लमो समयपछि आरामपछि मैदान छिर्दा उनी पूर्ण रुपमा फर्ममा नै भएको देखिएका छन् । आइतबार क्रोसिया विरुद्धको खेलमा गज्जबको प्रदृशन गरेका उनले लिजेन्ड पेले, रोनाल्डो, रोमारियो, जिको जस्तो उत्कृष्ट आफु नभएको बताएका छन् ।

ब्राजिलका लागि ८४ क्याप खेल्दै ५४ गोल गरेका नेयमारले लिजेन्डहरुसँग आफ्नो तुलना नगर्न आग्रह गरेका थिए । उनले सर्वाधिक गोलकर्ताको सूचीका बारेमा भनेका छन्, ‘म लिजेन्डहरु भन्दा राम्रो बन्ने कोशिसमा छैन र सर्वाधिक गोलकर्ता बन्ने दौडमा पनि छैन ।

यो एक संख्या मात्रै हो ।’ उनले पेले, रोनाल्डो लगायत आफ्नो आइडल भएको बताए । ब्राजिलका लागि तेस्रो नम्बरमा ५५ गोल गरेका रोमारियो छन् । दोस्रो नम्बरमा रहेका रोनाल्डोले ६२ गोल गरेका छन् भने सर्वाधिक गोलकर्ता पेलेले ७७ गोल गरेका छन् ।(एजेन्सी)

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Tej Narayan Khatiwada

    जसरी भए पनि विश्व कप जित्नु पर्छ

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?