दूध बेचेर मासिक असी हजार आम्दानी

Abhiyanpost Abhiyanpost
|
बिहिबार, आषाढ १, २०७४
|
|
६१ पटक हेरिएको
Shares
दूध बेचेर मासिक असी हजार आम्दानी

सारांश

  • रामपुर (पाल्पा), १ असार ।
  • रामपुर नगरपालिका–५ सानीअमराईका वासुदेव ढुङ्गाना शिक्षण पेसा छाडेर गाईपालन व्यवसायमा संलग्न हुनुहुन्छ ।
  • जागिरे जीवनले दैनिक गुजारा चलाउन समस्या परेपछि उहाँ शिक्षण पेसा छाडेर व्यावसायिक गाईपालनमा लाग्नुभएको हो ।

रामपुर (पाल्पा), १ असार । रामपुर नगरपालिका–५ सानीअमराईका वासुदेव ढुङ्गाना शिक्षण पेसा छाडेर गाईपालन व्यवसायमा संलग्न हुनुहुन्छ ।

जागिरे जीवनले दैनिक गुजारा चलाउन समस्या परेपछि उहाँ शिक्षण पेसा छाडेर व्यावसायिक गाईपालनमा लाग्नुभएको हो । गाईपालन सुरु गरेपछि उहाँको दैनिकी नै बदलिएको छ । जागिरमा मात्र आबद्ध रहँदा घरव्यवहार चलाउन निकै समस्या झेल्नुभएका ढुङ्गानाले अहिले गाईपालनबाट मनग्य आम्दानी गर्न थाल्नुभएको छ ।

पाँच वर्षसम्म शिक्षण पेसाको अनुभव लिनुभएका ढुङ्गानाले जागिर छाडेपछि एउटा स्थानीय जातको गाईबाट व्यवसाय थाल्नुुभएको हो । उहाँको फार्ममा हाल उन्नत जातका १० वटा गाई र दुई वटा बाच्छा छन् । दैनिक ५० लिटर दूध उत्पादन हुन्छ ।

“जागिरले दैनिक गुजारा चलाउन निकै धौ धौ परेको थियो, छोरा छोरीको पढाइ खर्च जुटाउन समस्या भएपछि जागिर छोडेर गाईपालन सुरु गरेको हुँ,” उहाँले भन्नुभयो । अहिले घरमै बसीबसी मासिक रु ७० हजारदेखि रु ८० हजारसम्म आम्दानी गर्दै आउनुभएको छ । उहाँले घरबाटै दूध बिक्री गरिरहनुभएको छ ।

“एउटा गाईबाट आठ लिटरसम्म दूध उत्पादन हुन्छ,” ढुङ्गानाले भन्नुभयो । गाईफार्म सँगसँगै दिनभरको फुर्सदको समयलाई उहाँले सदुपयोग गर्न तरकारीखेती समेत गर्दै आउनुभएको छ । उहाँ कृषि क्षेत्रमा मात्र नभई सामाजिक क्षेत्रका समेत उत्तिकै सक्रिय हुनुहुन्छ ।

ढुङ्गानाले मकै बालीमा राष्ट्रियस्तरको दोस्रो पुरस्कार समेत प्राप्त गर्नुभएको छ । व्यवसायलाई निरन्तरता दिने उहाँको अठोट छ । उन्नत जातका गाई पाल्ने उहाँले सोच बनाउनुभएको छ । उहाँको व्यवसाय देखेपछि गाउँका अन्यले समेत गाईपालन थालेका छन् । जागिरे जीवन बन्धन र परिवारको गुजारा चलाउन नपुग्ने तलबमा भुलेर समय बिताउनुभन्दा कृषि व्यवसाय गरेर आफ्नै मेहनत र पाखुरीमा रमाउन सबैलाई उहाँ सुझाव दिनुहुन्छ ।

स्नातक तहसम्मको अध्ययन पूरा गर्नुभएका ढुङ्गानाले शिक्षित युवालाई जागिरमा सीमित रहनुभन्दा व्यवसाय गरेर नमुना उद्यमी बन्न हौसला प्रदान गर्दै आउनुभएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सरकारलाई थाहै नदिइ कसले बनाउँदै छ मुस्ताङ दरबार!
सरकारलाई थाहै नदिइ कसले बनाउँदै छ मुस्ताङ दरबार!
शेर्पा समुदायको ‘२१४६ औं ग्याल्पो लोसार’
शेर्पा समुदायको ‘२१४६ औं ग्याल्पो लोसार’
इनकाउन्टर र पक्राउको रणनीति पछि गुण्डा नाइकेको भागाभाग, कोही लुके कोही भागे
इनकाउन्टर र पक्राउको रणनीति पछि गुण्डा नाइकेको भागाभाग, कोही लुके कोही भागे
निवर्तमान सभामुख कृष्णबहादुरले फिर्ता गरे सरकारी सुविधा
निवर्तमान सभामुख कृष्णबहादुरले फिर्ता गरे सरकारी सुविधा
विदेशमा सिकेको सीपले स्वदेशमा स्वरोजगार
विदेशमा सिकेको सीपले स्वदेशमा स्वरोजगार
पहिलो संयुक्त चुनावीसभामै दाहाल अनुपस्थित ?
पहिलो संयुक्त चुनावीसभामै दाहाल अनुपस्थित ?
मन्त्री बास्कोटाकाे संचारकर्मीलाई प्रश्न – ‘सरकारले जे गर्छ, त्यो चाँही सबै नक्कली हो ? सक्कली को हो देखाइदिनुपर्‍यो नि ?’-
मन्त्री बास्कोटाकाे संचारकर्मीलाई प्रश्न – ‘सरकारले जे गर्छ, त्यो चाँही सबै नक्कली हो ? सक्कली को हो देखाइदिनुपर्‍यो नि ?’-
हाइहाई नेपाल बाइबाई कोरोना
हाइहाई नेपाल बाइबाई कोरोना
‘कसरी गठबन्धन तोड्ने त ?’  प्रचण्डले सोधे , ‘लौ, उपाय बताउनुस्’ भन्दा अमरेश भए अक्क न बक्क।
‘कसरी गठबन्धन तोड्ने त ?’ प्रचण्डले सोधे , ‘लौ, उपाय बताउनुस्’ भन्दा अमरेश भए अक्क न बक्क।
अमेरिकाले मेक्सिकोसँगको सीमामा हजारौँ फौज तैनाथ गर्दै
अमेरिकाले मेक्सिकोसँगको सीमामा हजारौँ फौज तैनाथ गर्दै

तपाईंले छुटाउनुभयो कि?