तलब, भत्ता नदिएको भन्दै स्वास्थ्यकर्मी आन्दोलनमा

Abhiyanpost Abhiyanpost
|
बुधबार, भाद्र २०, २०७५
|
|
४८ पटक हेरिएको
Shares

सारांश

  • महोत्तरी ।
  • महोत्तरीको सम्सी गाउँपालिकाका स्वास्थ्यकर्मी आन्दोलनमा उत्रिएका छन् ।
  • गाउँपालिकाले गत वैशाखदेखिको तलब, भत्ता र अन्य सुविधा नदिएको विरोधमा स्वाथ्यकर्मीले मङ्गलबारदेखि तालाबन्दी गरेका छन् ।

महोत्तरी । महोत्तरीको सम्सी गाउँपालिकाका स्वास्थ्यकर्मी आन्दोलनमा उत्रिएका छन् ।
गाउँपालिकाले गत वैशाखदेखिको तलब, भत्ता र अन्य सुविधा नदिएको विरोधमा स्वाथ्यकर्मीले मङ्गलबारदेखि तालाबन्दी गरेका छन् ।

पटक–पटक गाउँपालिका, स्वास्थ्यकर्मी तथा जिल्ला प्रशासन कार्यालयबीच तलब, भत्ता र अन्य सुविधा उपलब्ध गराउने सम्झौता हुँदै आएको थियो । सम्झौता कार्यान्वयन नगरेपछि स्वास्थ्यकर्मीले आन्दोलन थालेका हुन् ।

स्वास्थ्यकर्मीले आ–आफ्ना स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सबै सेवा बन्द गरेका छन् । तलब, भत्तालगायत सुविधा उपलब्ध गराउने सहमति गरेको थियो । सहमति कार्यान्वयन नभएपछि तालाबन्दीसँगै धर्ना दिँदै आएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?