सरकारको पूर्णतासँगै विकास र समृद्धिको अभियान अघि बढ्छ: महासचिव गुरुङ

Abhiyanpost Abhiyanpost
|
बुधबार, चैत्र १५, २०७९
|
|
५६ पटक हेरिएको
Shares
सरकारको पूर्णतासँगै विकास र समृद्धिको अभियान अघि बढ्छ: महासचिव गुरुङ

सारांश

  • कास्की ।
  • सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङले वर्तमान सरकारले पूर्णता पाएसँगै देशमा तीव्र विकास र समृद्धिको अभियान अघि बढ्ने बताएका छन् ।
  • प्रगतिशिल चिकित्सक सङ्घ नेपाल गण्डकी प्रदेश समितिको प्रथम अधिवेशनको आज पोखरामा उद्घाटन गर्दै उनले एक÷दुई दिनमै सरकार विस्तार भएर पूर्णता पाएसँगै विकासलाई अघि बढाइने बताए ।

कास्की । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङले वर्तमान सरकारले पूर्णता पाएसँगै देशमा तीव्र विकास र समृद्धिको अभियान अघि बढ्ने बताएका छन् ।

प्रगतिशिल चिकित्सक सङ्घ नेपाल गण्डकी प्रदेश समितिको प्रथम अधिवेशनको आज पोखरामा उद्घाटन गर्दै उनले एक÷दुई दिनमै सरकार विस्तार भएर पूर्णता पाएसँगै विकासलाई अघि बढाइने बताए । महासचिव गुरुङले स्वास्थ्य, शिक्षा, रोजगार, आवासजस्ता जनताका मौलिक हक अधिकार पूरा गर्नुपर्ने दायित्व राज्यको भएको स्पष्ट पारे ।

उनले भने, “मौलिक हकको कार्यान्वयनका लागि मुद्दामा समानता हुने दलहरुसँग सहमति र सहकार्यका साथ अघि बढ्ने गरी मोर्चाबन्दी गरेका छौँ । वर्तमान सरकारले पूर्णता पाएसँगै जनताको विकासको चाहना पूरा गर्ने गरी सरकारले काम गर्छ ।” महासचिव गुरुङले सहमति र सहकार्यको मोडलमा जानुपर्दछ भन्ने देशभक्त र राष्ट्रवादी शक्तिहरुको कार्यनीति रहेपनि साम्राज्यवादीले राष्ट्रिय सहमति हुन नदिने गरेको बताए ।

“देशभक्त र राष्ट्रवादीको कार्यनीति सहमति र सहकार्य रहेको छ तर साम्राज्यवादी राष्ट्रिय सहमति हुन नदिने र एक दलले अर्को दललाई विस्थापित गर्ने नीतिका साथ अघि बढेका छन्, सत्ता पक्ष र विपक्षमा लैजान खोजिएको छ”, गुरुङले भने ।

माओवादी केन्द्रले राष्ट्रिय राजनीतिमा सहकार्यको नीति लिएको र मतभेद भए पनि सहमति भएको कुरा लागू गर्ने र मतभेद भएको थाति राख्ने गरी अघि बढेको उनले उल्लेख गरे । महासचिव गुरुङले स्वास्थ्यको हक जनताको मौलिक हक रहेकाले निःशुल्क स्वास्थ्य उपचार सेवाको विस्तारका लागि सङ्घ, प्रदेश र स्थानीय सरकारले काम गर्नुपर्ने बताए ।

नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य यशोशदा सुवेदी, पार्टी केन्द्रीय सदस्य एवं स्वास्थ्य विभागका फ्याक्सन इन्चार्ज कल्पना धमला, माओवादी केन्द्र गण्डकी प्रदेश अध्यक्ष गायत्री गुरुङ, प्रगतिशील जनस्वास्थ्यकर्मी महासङ्घका केन्द्रीय अध्यक्ष वामदेव अर्याल, प्रगतिशील चिकित्सक सङ्घका केन्द्रीय अध्यक्ष डा कृष्णसागर शर्मा, केन्द्रीय सदस्य एवं स्वास्थ्य तथा जनसङ्ख्या विभागका सदस्य डा गुणराज लोहनी, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति प्राडा वुद्धिबहादुर थापा लगायतले चिकित्सकको हक अधिकारसहित गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्नुपर्नेमा जोड दिए ।

(hippainhelp.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज आइतबार, यस्तो छ तपाईंको राशिफल
आज आइतबार, यस्तो छ तपाईंको राशिफल
भारतबाट आउने विजुलीमा कटौती, हिउँदमा लोडसेडिङको संभावना
भारतबाट आउने विजुलीमा कटौती, हिउँदमा लोडसेडिङको संभावना
ज्याकलिनले नेपाललगायत अन्य देशमा यात्राका लागि अदालतसँग मागिन् अनुमति
ज्याकलिनले नेपाललगायत अन्य देशमा यात्राका लागि अदालतसँग मागिन् अनुमति
बाहिर जति हल्ला छ त्यस्तो बिवाद युवासंघमा छैन ,अमित लामा  केन्द्रीय सचिवालय सदस्य …
बाहिर जति हल्ला छ त्यस्तो बिवाद युवासंघमा छैन ,अमित लामा केन्द्रीय सचिवालय सदस्य …
प्रधानमन्त्रीसँग प्रश्नोत्तर- १० सांसदको प्रश्नमा प्रधानमन्त्रीको जवाफ (पूर्णपाठ)
प्रधानमन्त्रीसँग प्रश्नोत्तर- १० सांसदको प्रश्नमा प्रधानमन्त्रीको जवाफ (पूर्णपाठ)
हिलिहाङमा ट्याक्टर दुर्घटनामा एकको मृत्यु, तीन घाइते
हिलिहाङमा ट्याक्टर दुर्घटनामा एकको मृत्यु, तीन घाइते
तीन उपप्रधानमन्त्रीसहित नवनियुक्त मन्त्रीहरुले लिए सपथ
तीन उपप्रधानमन्त्रीसहित नवनियुक्त मन्त्रीहरुले लिए सपथ
एडिबीसँग २१ अर्ब बराबरकाे ऋण र ७० करोडकाे अनुदान सम्झौता
एडिबीसँग २१ अर्ब बराबरकाे ऋण र ७० करोडकाे अनुदान सम्झौता
मन्त्रीको सपथ लिन दौरा सुरुवाल लगाएर पुगेका रामेश्वर फर्कनुपर्दा‘
मन्त्रीको सपथ लिन दौरा सुरुवाल लगाएर पुगेका रामेश्वर फर्कनुपर्दा‘
सन्दर्भ हरिशयनी एकादशीः कालीगण्डकीमा स्नान गर्नेको भीड
सन्दर्भ हरिशयनी एकादशीः कालीगण्डकीमा स्नान गर्नेको भीड

तपाईंले छुटाउनुभयो कि?