घरघरमै ज्येष्ठ नागरिकको स्वास्थ्य जाँच

Abhiyanpost Abhiyanpost
|
बुधबार, आश्विन १, २०७६
|
|
५२ पटक हेरिएको
Shares
घरघरमै ज्येष्ठ नागरिकको स्वास्थ्य जाँच

सारांश

  • गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले पालिकाभित्रका ज्येष्ठ नागरिकहरुका लागि घरमा गएर उपचार सेवा दिन शुरु गरेको छ ।
  • गाउँपालिकाले चालु आर्थिक वर्षदेखि ‘ ज्येष्ठ नागरिक स्वास्थ्य परीक्षण कार्यक्रम’ सञ्चालन गरी ८० वर्ष माथिका ज्येष्ठ नागरिकलाई घरमै पुगेर उपचार सेवा दिन शुरु गरेको गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख मोदराज भट्टले जानकारी दिनुभयो ।
  • कार्यक्रमबाट पालिकाभित्रका सबै ज्येष्ठ नागरिकमा स्वास्थ्य सुविधाको पहुँच पुग्ने उहाँले बताउनुभयो ।

गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले पालिकाभित्रका ज्येष्ठ नागरिकहरुका लागि घरमा गएर उपचार सेवा दिन शुरु गरेको छ । गाउँपालिकाले चालु आर्थिक वर्षदेखि ‘ ज्येष्ठ नागरिक स्वास्थ्य परीक्षण कार्यक्रम’ सञ्चालन गरी ८० वर्ष माथिका ज्येष्ठ नागरिकलाई घरमै पुगेर उपचार सेवा दिन शुरु गरेको गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख मोदराज भट्टले जानकारी दिनुभयो ।कार्यक्रमबाट पालिकाभित्रका सबै ज्येष्ठ नागरिकमा स्वास्थ्य सुविधाको पहुँच पुग्ने उहाँले बताउनुभयो । गाउँपालिकाभित्रका आठ वटै वडामा घरमै पुगेर स्वास्थ्य उपचार सेवा सञ्चालन गरिएको उहाँको भनाइ छ ।

‘ धेरै ज्येष्ठ नागरिकहरु उपचारका लागि स्वास्थ्य संस्था आउन नसक्ने अवस्था धेरै छ उहाँले भन्नुभयो, “कम्तीमा महीनाको पाँच दिन मात्र स्वास्थ्यकर्मी घर–घरमा पुगेर उहाँहरुको स्वास्थ्य जाँच गर्दा पनि सबै ज्येष्ठ नागरिकमा स्वास्थ्यसेवा पु¥याउनका लागि कार्यक्रमको थालनी गरिएको हो ।” यही भदौ ४ गते सबै स्वास्थ्यकर्मीका लागि अभिमुखीकरण तालीम प्रदान गरी कार्यक्रम शुरु गरेको उहाँले बताउनुभयो ।

गाउँपालिकाले ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकको घरमै पुगेर उपचार दिने योजना बनाएको भए पनि स्वास्थ्यकर्मीको सङ्ख्या थोरै भएकाले त्यो सम्भव नभएपछि पहिलो चरणमा ८० वर्ष माथिका ज्येष्ठ नागरिकका लागि सेवा दिने शुरु गरेको उहाँको भनाइ छ । “हरेक वडामा ८० वर्ष माथिका कम्तीमा १५० जना ज्येष्ठ नागरिक छन्, उहाँले भन्नुभयो, । “ती मध्येपनि आधाजति मात्र गाउँमा बसोवास गर्दा रहेछन्, उहाँहरुमा सबैमा उपचार सेवा पु¥याउन सकिने पालिकाले अपेक्षा गरेको छ ।”

नेपाल सरकारको तय गरेका विभिन्न राष्ट्रिय कार्यक्रमलाई असर नपर्ने गरी गाउँपालिकाले ज्येष्ठ नागरिक स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गरेको उहाँको भनाइ छ ।‘गाउँघर क्लिनिक, खोप कार्यक्रम, पोषण कार्यक्रमलगायतका कार्यक्रमलाई प्रभाव नपर्ने गरी स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गरेका छौ ।’ शाखा प्रमुख भट्टले भन्नुभयो,“घरघरमा गएर उपचार सेवा दिने स्वास्थ्यकर्मीलाई प्रोत्साहन भत्तास्वरुप केही रकम गाउँपालिकाले उपलब्ध गराउछ ।”एकजना स्वास्थकर्मीले एक दिनमा कम्तीमा २० जना ज्येष्ठ नागरिकको स्वास्थ्यपरीक्षण गर्न सक्ने उहाँले बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वैदेशिक रोजगारीमा जाने महिला कामदारले जान्नैपर्ने विषय !
वैदेशिक रोजगारीमा जाने महिला कामदारले जान्नैपर्ने विषय !
‘मुलुकमा ठूलो फेरबदल ल्याउन राप्रपा एकता’
‘मुलुकमा ठूलो फेरबदल ल्याउन राप्रपा एकता’
विद्युतीय रेलदेखि पानीजहाज चलाउनेसम्मका भारतसँग सम्झौता
एकैदिन काठमाडौंमा १४१६ जनामा कोरोना संक्रमण पुष्टि
सेवाबाट अवकाश पाइसकेका डा. केसीले भने ‘माग पूरा नभए अनशन बस्छु’
सेवाबाट अवकाश पाइसकेका डा. केसीले भने ‘माग पूरा नभए अनशन बस्छु’
आजबाट नेपाल-भारत संयुक्त आयोगको पाँचौँ बैठक बस्दै
आजबाट नेपाल-भारत संयुक्त आयोगको पाँचौँ बैठक बस्दै
सांसद पद खारेजपछि बादल गृहमन्त्री रहेनन्, उपप्रधानसहित गृहमन्त्रीका रुपमा सपथको तयारी
सांसद पद खारेजपछि बादल गृहमन्त्री रहेनन्, उपप्रधानसहित गृहमन्त्रीका रुपमा सपथको तयारी
वैदेशिक रोजगारमा गएका ८६ महिला गर्भवती अबस्तामा फर्कीए
वैदेशिक रोजगारमा गएका ८६ महिला गर्भवती अबस्तामा फर्कीए
२५ हजारभाथिको खर्च देखाउनुपर्ने सुशील कोइरालाले ल्याएको नियम ओलीले हटाएपछि‘
२५ हजारभाथिको खर्च देखाउनुपर्ने सुशील कोइरालाले ल्याएको नियम ओलीले हटाएपछि‘
अमेरिकालार्इ उत्तर कोरियाकाे चेतावनी
अमेरिकालार्इ उत्तर कोरियाकाे चेतावनी

तपाईंले छुटाउनुभयो कि?