खाद्य अधिकार तथा खाद्य सम्प्रभुतासम्बन्धी विधेयक पारित

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, भाद्र २९, २०७५
|
|
६१ पटक हेरिएको
Shares
खाद्य अधिकार तथा खाद्य सम्प्रभुतासम्बन्धी विधेयक पारित

सारांश

  • काठमाडौँ, २९ भदौ ।
  • प्रतिनिधिसभाको आजको बैठकमा ‘खाद्य अधिकार तथा खाद्य सम्प्रभुतासम्बन्धी विधेयक, २०७५’ सर्वसम्मतिले पारित भएको छ ।
  • कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनालले सोसम्बन्धी प्रस्ताव पेश गर्नुभएको थियो ।

काठमाडौँ, २९ भदौ ।प्रतिनिधिसभाको आजको बैठकमा ‘खाद्य अधिकार तथा खाद्य सम्प्रभुतासम्बन्धी विधेयक, २०७५’ सर्वसम्मतिले पारित भएको छ ।कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनालले सोसम्बन्धी प्रस्ताव पेश गर्नुभएको थियो । यसअघि मन्त्री खनालले ‘कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको प्रतिवेदनसहितको खाद्य अधिकारसम्बन्धी विधेयक, २०७५ माथि छलफल गरियोस्’ भनी प्रस्तुत गर्नुभएको थियो ।
छलफलमा सांसदद्वय प्रेम सुवाल र विमला विकले भाग लिनुभयो । सांसदले उठाएका विषयमा जवाफ दिँदै मन्त्री खनालले खाद्य सम्प्रभुता प्रत्याभूत गर्न विधेयक सफल हुने विश्वास गर्नुभयो । विधेयकको दफा १ देखि १९ सम्म समितिले गरेको संशोधनलाई बैठकको सर्वसम्मतिले स्वीकृत गरी अंग बनाउने प्रस्ताव पारित ग¥यो । यसैगरी विधेयकको दफा २ देखि ४६ सम्मका संशोधन पनि स्वीकृत गरी विधेयकको अंग बनाउने प्रस्ताव पारित भएको थियो ।

उपभोक्ता संरक्षण विधेयक पारित

प्रतिनिधिसभाले ‘उपभोक्ता संरक्षण विधेयक, २०७५’ सर्वसम्मतिले पारित गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले सोसम्बन्धी प्रस्ताव पेश गर्नुभएको थियो ।
यसअघि मन्त्री यादवले ‘उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको प्रतिवेदनसहितको उपभोक्ता संरक्षण विधेयक, २०७५ माथि छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । छलफलमा सांसद नरबहादुर थापा र प्रेम सुवालले खान नहुने चीजको विज्ञापन गर्न नपाउने व्यवस्था गरिनुपर्ने माग गर्नुभयो ।रोजगारीको हकसम्बन्धी विधेयक पारित
प्रतिनिधिसभको आजको बैठकले रोजगारीको हकसम्बन्धी विधेयक, २०७५’ सर्वसम्मतिले पारित गरेको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सोसम्बन्धी प्रस्ताव पेश गर्नुभएको थियो । यसअघि मन्त्री विष्टले ‘उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको प्रतिवेदनसहितको रोजगारीको हकसम्बन्धी विधेयक, २०७५ माथि छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।छलफलमा सांसदद्वय सुवाल र दुर्गा पौडेलले आफ्ना धारणा राख्नुभयो । सांसदको जिज्ञासाको जवाफ दिँदै मन्त्री विष्टले देशभित्रको श्रमशक्तिलाई मुलुकमै रोजगारी दिने आधार तय गरी विधेयक ल्याइएको स्पष्ट पार्नुभयो ।बैठकले समितिले विधेयकको दफा १ देखि १३ सम्म गरेको संशोधनलाई अंग बनाउने प्रस्ताव स्वीकृत गरेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुदूरपश्चिम प्रदेशमा छैनन्, लैङ्गिकमैत्री शौचालय
सुदूरपश्चिम प्रदेशमा छैनन्, लैङ्गिकमैत्री शौचालय
पत्नीपीडित पुरुषले दिए प्रहरीमा उजुरी
पत्नीपीडित पुरुषले दिए प्रहरीमा उजुरी
पार्टी एकता टुक्रिने विषयमा प्रम ओलीले भने ”दुई शेर एउटै जंगलमा मिलेर बसेका छौँ”
पार्टी एकता टुक्रिने विषयमा प्रम ओलीले भने ”दुई शेर एउटै जंगलमा मिलेर बसेका छौँ”
एक महिनापछि मात्र साञ्जेन र रसुवागढीको साधारण शेयर
एक महिनापछि मात्र साञ्जेन र रसुवागढीको साधारण शेयर
एमाले जनप्रतिनिधिको २ दिने भेला : २० बुँदे काठमाडौं संकल्पपत्र जारी
एमाले जनप्रतिनिधिको २ दिने भेला : २० बुँदे काठमाडौं संकल्पपत्र जारी
पृथ्वीबहादुर ठगी प्रकरण : अमेरिकी फोन नम्बर देखाउने ‘नेटवर्क कन्ट्रोल’ पश्चिम बङ्गालबाट गरिन्थ्यो
पृथ्वीबहादुर ठगी प्रकरण : अमेरिकी फोन नम्बर देखाउने ‘नेटवर्क कन्ट्रोल’ पश्चिम बङ्गालबाट गरिन्थ्यो
राप्रपा एकता प्रक्रिया अघि नबढ्नु जुँगाको लडाइँ !
राप्रपा एकता प्रक्रिया अघि नबढ्नु जुँगाको लडाइँ !
गाई काट्ने पक्राउ
गाई काट्ने पक्राउ
एक्कासी बाढी आउन सक्छ सतर्क हुनुहोला : मौसम पूर्वानुमान
एक्कासी बाढी आउन सक्छ सतर्क हुनुहोला : मौसम पूर्वानुमान
हुम्ला दुर्घटना (अपडेट): स्वास्थ्य परीक्षणपछि सबै डिस्चार्ज
हुम्ला दुर्घटना (अपडेट): स्वास्थ्य परीक्षणपछि सबै डिस्चार्ज

तपाईंले छुटाउनुभयो कि?